Posts

Showing posts from September, 2018

कबिता

Image
आलु लेयज आलु चिप्स नाम सुनेरै मुख रसाउछ। आलुको समोसा आलु चप्स। वहाँ! जिब्रो भरि पानी आउँछ। देउराली आलु पराठा र चिया आलु चनाको तरकारि आहा! कती मीठो आलु बहुउपयोगी छ। उलाइ पनि मन पर्छ। मलाइ पनि मन पर्छ। जता पनि फिट। जता पनि हिट। आलु सवलाइ मन पर्छ। आलुमा कार्बोहाइड्रेड छ। शक्तिशाली। आलुले बलियो बनाउछ। आलुले हास्न सिकाउछ। आजकल सबैको फोनमा देख्छु। आलुको फोन आइरहन्छ। आलु हानिकारक पनि छ। आलुले मुटु दुखाउछ। आलुमा करिब ८०% पानी हुन्छ। आलुले आखामा आँसु बढाइदिन्छ।

कबिता

रहर सजिलो थिएन आउनलाइ केही थोपा आँसु, केही ओठ हासो केही पाना अक्षर साहुलाइ बुझाएर बदलामा मात्र एउटा सपना बोकेर आएको हु। केही भारी बा आमाका आशिर्वाद बोकेर सानी छोरिको केहि मुस्कान बोकेर सानिकि आमाका केही भारी आँखा बोकेर केही, साथी भाइका न्यास्रा अनुहार देखेर म मात्र एउटा झोला बोकेर आएको हु। यहाँ ठुला घरहरु छ्न। चिल्ला मोटरहरु छ्न। खाने मिठा परिकारहरु छ्न। ठुला अस्पताल पनि छ्न। सङै छ्न दुई पाउ पैतलाहरु केही आफ्ना अधुरा सपनाहरु कहिले नभरिने रित्ता गोजिहरु एउटा भोको पेट पनि छ क्यारे केही रित्ता हातहरु रहेछ्न। मलाइ रहर त पक्कै थिएन होला यो शहरको बरु थियो रहर आफ्नै घरको। एउटा हात आफुले समाएर भर्खर हिड्न थालेकि छोरिलाइ हिड्न सिकाउ। उ थाक्दा आफ्नै काधमा राखेर गाउँ डुलाउ। भर्खर उम्रदै गरेका उसका साना दातले जाउलो ख्वाउदै गर्दा उसलाइ आफ्ना बुढा औलाहरु पनि टोकाउ। रहर त मेरो पनि थियो होला? उसलाइ ताते ताते भन्दै बोल्न सिकाउ। उ लुकोस कतै म उसलाइ खोज्न जाउ। उ रोइदेओस अनि म फकाउन जाउ। सधै बजारबाट उसलाइ नया नया कपडा र खेलौना ल्याउ। सङै वसेर बुढि आमाको दुधको गुण

कबिता

Image
दुखाइ हेर न मन दुखाइदिने मान्छे यो मन नदुखेको त बर्षौ पुगेछ। मन नदुख्दा त मलाइ खोइ के के पो हुन्छ, मुटु नचलेको हो कि? ऐठन परेको होकि, सासै पो रोकियो कि? खोइ कस्तो न हुन्छ। बेला बेलामा तिमी औशी पुर्णे पारेर एकै छिन भए पनि समय निकालेर यसै गरि मन दुखाउन आइदिनु मेरोमा। दुखाइदिने मान्छेको अभावमा आजकल यो मन पनि कठोर बन्न थालेछ। पहिले त हामि नजिकै थियौ भेट्दा खेरी पनि मन दुखाइ दिन्थ्यौ छुट्टीएर जादा झन दुखाइ दिन्थ्यौ। मैले तिमिलाइ मिस गरेकी छु भन्दाको पल तिमिलाइ कती धेरै भेटन मन लागेको छ भन्दाको पल। तिमिले त मलाई सम्झिनौ आजकल भन्दाको पल कास तिमी ऐले म सङै हुन्थ्यौ भन्दाको पल। तिमिलाइ के थाहा ? मेरो मन कति धेरै दुख्थ्यो। ऐले त टाढा छौ नि तिमी भेट्न सम्भव न होला अब त इन्स्टामा आफ्नो श्रीमान सङको फोटो हालेर भए पनि। अथवा एक कल फोन, एउटा म्यासेज गरेर भए पनि! यो मन दुखाइ दिनु ल! मलाई तिमीले दुखाएको मन परिरहन्छ। मलाइ तिम्रो दुखाइको लत भैसक्यो अब।  23-Sept. 2018

एक्लो यात्रा

Image
#आज -ओहो! बाबु दारि सारी पालेर हँ ?( एक अन्कल) - भान्जा कति लामो दारी पालेको?(माइजू) - यसलाइ दारी पाल्न के ठिक लाग्ने रैछ खै?( बज्यै) - अ बे तेरो त कपाल भन्दा पनि लामो दारि छ त? हा हा(दाइ) - बाबू यस्तै दारी पाल्नु भयो भने कोहि केटिले हेर्दैनन है भन्ध्या छु।( भाउजू) गोरुसिङेमा खाना नखाने निधो गरे पछि एउटा डिउ मगाएर पिउन थाले। मलाइ अब भोकसङ जित्छु जस्तो लाग्न थाल्यो। तर मनमा कता कता अझै भय थियो। त्यसैले दुइटा डिउ खाइदिए। अब त मेरो जित पक्का थियो। -दिदी अम्लेट बनाइदिनुन? हेर्दै बहिनी जस्ति देखिने दिदिले कराइमा हात चलाउदै भनिन- एउटा अन्डाको त बन्दैन भाइ, २ वटाको भन बनाइदिन्छु। मैले हास्दै जवाफ दिए- दिदी आजकल मान्छेलाइ जोडि पाउन गार्हो छ तपाईं अन्डाको जोडि बनाउन लाग्नु भयो? मेरो कुरा सुनेर नजिकै बसेकी एउटि केटि म तिर हेर्दै मुसुक्क हासि। म गाडिमा चढे। मैले आँखा चिम्म गरे अँध्यारो देखे। मैले अँध्यारो देखेर आँखा चिम्म गरे। एउटा अँध्यारो जङ्गल आयो। एउटा जङ्गल पछि अध्यारो आयो। केही यात्रीहरु झरे। अघि देखि मेरो छेउको सिटमा पसिना गन्हाइ रहेको एउटा टिसर्ट पनि झर्यो। म झ्याल त

कबिता - कालो प्रेम

रुक अपृय, भातले ऐले हाम्रो मिलन हुन दिदैन। मैले केही लेख्न नपाउदैन। भान्साको कुकरमा सिटि लाग्छ। दौडेर जान नपाउदै त्यो आफै बन्द हुन्छ। पैले मलाइ भात पकाउन देउ। ऐले भात जल्यो भने कालो हुन्छ। प्राय मान्छेलाइ कालो मन पर्दैन। चाहे त्यो डढेको भात होस कि नडढेको काले अनुहार। मैले कैले काहीँ जिस्केर काली भनिदिदा तिमि कति! मुर्मुरिन्छौ। तर पनि नेलपोलिसले नङ कालै पारेर हिड्छौ। सायद त्यो कालो प्रतिको माया होला। रुक पृय! मलाइ तरकारी पकाउन देउ। ऐले तरकारी डढ्यो भने कालो हुन्छ। मान्छेलाइ कालो तरकारी मन पर्दैन। मान्छेलाइ कालो मान्छे मन पर्दौन। आज म मेरो कालो अनुहार बोकेर तिमिलाइ कालो प्रेम गर्न आएको छु। भन मेरि गोरि अपृय के तिमी मलाइ कालो प्रेम गर्न सक्छ्यौ? 21-dec-2017

उ सङको लुम्बिनी यात्रा।

Image
म अन्तिम सिट तिर छु। गुरुले गीत बजाउछ, एक चेहेरे से मुझे प्यार हो गया- त्यो तिम्रै चेहेरा थियो। सायद त्यो तिमी नै थियौ, जस्लाइ म हरेक रोम्यान्टिक गीतका रिलिक्सहरुमा खोज्थे। सायद तिमी नै थियौ त्यो जसलाइ मैले हरेक मुभी हेर्दै गर्दा मेरै छेउमा खोज्थे। सायद त्यो तिमी नै थियौ- जसलाइ नचाहेर पनि चाहिँ नै रहे। त्यो तिमी थियौ जसको एउटा हात समाएर मैले जिन्दगीका हरेक यात्रामा हिड्न खोजेको थिए। त्यो तिमी नै थियौ सायद जसको काधमा सुख दुख सबै भुलेर मैले निदाउन चाहेको थिए। सायद।। सायद ।।। त्यो तिमि नै थियौ। तर भनिन्छ नि चाहनु र पाउनु बिचमा केही माइल, केही इन्च , केही घन्टा , केही समयको फासला छ। हो त्यो दुरि त्यो फसाला कटेर न म नै अगाडि आउन सके। न त तिमी। दुरिले यती ठूलो हुरि ल्यायो कि - तिमीलाई र मलाइ यो पृथ्विका दुई बिपरित धुर्बमा पुर्याइदियो। ऐले म एकदमै चिसो भएको छु। त्यसपछी तिमि मेरो तिमी रहेनौ। म तिम्रो  म रहिन। हो केटि समय सार्है बलवान् छ। कम्जोर तिमी रहेछौ ।म रहेछु। हामि रहेछौ। हामिलाइ कैले बलवान् हुन आएन। हामिलाइ कैले खुसि हुन आएन। हामी सायद खोलाका किनार हौ। जो बर्खामा भर

चियाका कुरा

Image
उसले सन्केर फोन राखिदिइ। मलाइ नमज्जा लाग्यो। भित्रै देखि रुन मन लागेर आयो। म रोइदिए। आँसुहरु झरिदिए। बर्बर्बर। आशुहरु- परेला-गाला- दारी हुँदै टेवलको सेतो पानाभरी खसे। पाना भिज्यो। सङै म पनि। केटो सुटुक्क आएर हेर्यो। केही भन्नलाई मुख खोल्यो, भन्यो 'अलि उता गएर रोइ न यार। मेरो कापी भिज्यो।' मैले कापी अलि पर सारिदिए। उसले फेरि केहि भन्यो- जाम हिड देउराली च्या खान, म जुरुक्क उठे। देउरालिमा च्या खादै गर्दा त आइस। मैले खान लागेको च्या खोसेर पिउन थालिस। एकथोपा लिपिस्टिक च्याको कपमा खसेछ। च्या पुरै चक्लेटी भैदियो। मलाई चक्लेट मन पर्दैन। बरु तैले दुख फ्लेवरको लिपिस्टिक लाउने पर्ने नि। मलाइ दुख क्या मन पर्छ नि। टेवलमा चुरोट छ। मैले सलाइ कोरे। चुरोट सल्काए। सल्किदै गरेको चुरोट चियाको कप भित्र राखिदिए। त्यसै कपमा मेरो एक टुक्रा मन पनि थियो।          23-nov-2017

मनका कुरा

Image
अपृय केटि। तलाइ थाहा छ नि तेरो बारेमा। मलाइ पनि थाहा छ तलाइ कपडा बुन्न खुब्बै मज्जा लाग्थ्यो। त्यो दिन बजार कुनाको एउटा कपडा पसलबाट तैले र मैले २ डल्ला ऊनको धागो किनेर ल्याएका थियौ। थाहा छ त्यो पसले ले तलाइ र मलाई देखेर जिस्काए झै  मुसुक्कै हासेर सोधेको थियो- ' भाउजू, दाइलाइ के बुनिदिन लाग्नु भयो? त्यति बेला तैले केही बोलिनस। धेर महिना पछि, मेरो जन्मदिनमा झिलमिले कागज भित्र बेरेर तैले सुटुक्क केही दिइस। मलाइ थाहा थिएन त्यो झिलझिले भित्र के थियो- मैले झिलझिले खोलेर हेरे तैले भित्र पट्टि एउटा गुलाबी कलरको मफलर पठाएकि थिइस। एक बर्ष जाडोको दिनमा। घाम लागेको बेला म त्यही मफलर घाटिमा बेरेर एमालेको चुनाब चिन्ह तापिरहेको थिए। चौर हरियो थियो। घाम पारिलो थियो। मफलर गुलाबी थियो। तलाइ थाहा छ? त्यो दिन मलाइ तेरो लास्टै याद आएको थियो नि। त्यो दिन म खुब चकचके भएको रहेछु। मैले एक, अर्को, गर्दा गर्दै धागोको धर्को फुकाउन लागेछु। हेर्दा हेर्दै मफलरको एउटा छेउ उध्रीएर आधा भैसकेछ- सङै मेरो मन पनि। म झसङ भए। अनि थाहा छ केटि मैले मफलर बचाउन त्यो धागो आधाबाट काटेर गाठो पारिदिए। तेरो र

छोटा कुरा😉

तिमी आकाश हौ। त्यसैले त मैले कैले भन्न सकिन तिमी मात्र मेरि हुन पर्छ। किनकी मलाइ थाहा छ आकाश सबैको हो। म तिम्रो जिन्दगीको आकाशको पर अरबौ प्रकाश बर्षको दुरिमा चम्कदै निभ्दै/ चम्कदै निभ्दै गरेको एउटा तारा जो सायद तिम्रो बार्दलिबाट सजिलै देख्न समेत सक्दैन। मलाइ थाहा छ म जून होइन। भन्नेहरुले भनिरहे आकाश जूनको हो। यदि म जून हुदो हु त नेपाली फिल्मको डाइलग चोरेर सायद म भन्न सक्ने थिए- तिमी मेरि हौ! मात्र मेरि। आजकल आकाशमा पातलिदै छ अरे। थाहा छैन तिमि कता कता पातलियौ? कहाँ कहाँ प्वाल परेको छ तिम्रो ? कहाँ कहाँ पग्लियौ तिमी कहाँ कहाँ च्यातियौ? पैले इन्द्रेणी जस्तै थियौ तिमी, ऐले रुक्मिणी भैछौ। लाजले हो कि लालिले त्यो मैले ठम्याउन सकिन। पृय आकाश, कुनै दिन तिमिलाइ ऐना हेर्ने फुर्सद मिलेछ भने। तिम्रो दायाँ तिरको केश नजिकै जरुर हेर्नु त्यहा एउटा चन्द्रमा छ। त्यो भन्दा थोरै पर चम्केर मर्नै आटेको एउटा तारा छ- त्यो म नै हु।          oct 16-2017

कविता

Image
         रुख र चरी। हजारौ बर्ष पुरानो एउटा बूढो रुख थियो। एक दिन एउटा सुन्दर चरि आएर रुख भन्दा पनि बूढो हागामा बसि त्यही आफ्नो गुड बनाइ हेर्दा हेर्दै बच्चा जन्माइ र गइ भुर्‍र उडेर। रुखलाइ त चरिसङ प्रेम भएछ। तर रुख चरिको पर्खाइमा बस्नु पनि हुदैन। चरिले हजारौ अरु रुख भेटाउछे। चरिले अरु हजारौ चरा पनि भेटाउछे। यति धेरै थाहा छ मलाइ तर तिमी एकदिन उडेर आउने छौ यहि आशा बोकेर म रुख जस्तै कुरि बसेको छु तिमिलाइ। हजारौ आधी तुफान सहेर।  - तिमी फर्केर आउछ्यौ नि है?

कविता

Image
       सिपाही साथी मेरो साथि उ सिपाही हो। दिन रात देशको सुरक्षा गर्छ। उ हर पल आफ्नो परिवारको सुरक्षा गर्छ। उसले खत्रासङ जानेको छ, जिन्दगी जिउने कला। मैले पनि जानेको छु- परिक्षा पास गर्न चाहिने कुरा। जिन्दगीका परिक्षामा उ जहिल्य फस्ट आउछ। स्कुलमा परिक्षामा म जहिल्य फस्ट हुन्थे। उसले व्यबहार जानेको छ। उसले ब्यापार पनि जानेको छ। उ हर दिन यो देशको सेवा गर्छ। उ हर छिन आफ्नी आमाको सेवा गर्छ। उसले सुरक्षा जानेको छ। त्यसैले त पोहोर साल मात्र उसले बच्चै देखि प्रेम गरेकी 'साने' लाइ दुलहि बनाएर, घुम्टो ओडाएर, बाजा बजाएर घर भित्र्याएको थियो। उसले त आफ्नो प्रेमको पनि रक्षा गर्न जानेको रैछ। उ दशै तिहारमा घर आउँछ। वरिपरिका सबैलाइ नया लुगा ल्याइदिन्छ। आमालाइ नया धोति, बा लाई नया कुर्ता पाइजामा। बहिनिलाइ टिसर्ट पाइन्ट अनि सानेलाइ रातो साडी। उसले कपडा किन्न पनि जानेको छ। उसले खुसी किन्न जानेको छ। उ कहिले काहीँ मेरो घर तिर पनि आउँछ। स्कुलले दिएको सर्टिफिकेट झुन्ड्याइएको छ भितामा। उ घरी भित्तामा हेर्छ। घरी मेरो अनुहारमा हेर्छ। खोइ के सोच्छ। सायद सोच्दो हो - बेरोज

कबिता

Image
         यादहरु 'होइन म ख्वाइदिन्छु के आ गर न।' मेरो प्रस्तावको बोली। 'नाइ म आफै खाइहाल्छु नि' उसको अप्ठेरो माने झै आवाज। मैले उसलाइ ख्वाउछु भनेर पानी पुरिको आफै खाइदीए छ्या तिमी त कस्तो छुच्चो' एउटा रिसाए जस्तो भाव। 'बाहुनि तिम्रो नाक त चुच्चो ' हाम्रो संयुक्त हासो। त्यो पानी पुरिको ठेला कुनै कफि सप भन्दा कम भएको थिएन। उसको साथले जहिले जता पनि स्पेशल बनाइदिन्छ। पुरिका डल्लाहरी रितिदै गए हाम्रा यादहरु झन थपिदै गए। कोहि आफू रितिएर कतै कसैलाइ भरिदिनु प्रेम त्यही त हो नि, होइन र? मलाइ पिरो भयो उसको स्वा! स्वा! बोलि पानी खाउन त। मैले पानिको बोतल थमाइ दिएथे। नाइ म त चक्लेट खाने हो। त्यो पनि क्याडवरी एउटा मन्द मुस्कान सहितको इच्छा। उता उसको हातको क्याडवरि सकिदै थियो। यता हाम्रो यात्रा सकिन आट्यो। 'एक छिन नजाउन के' मेरो आग्रहको बोली 'नाइ अब नगए त घरमा मार्छन मलाइ' उसको त्रसित बोली। 'तिम्रो घर सम्म जान्छु नि त पुर्याउन तिमिलाइ' मेरो अनुरोधको बोलि 'घर सम्म त अब जन्ति लिएरै आउनु कान्छा'

एउटा यात्रा!!

म अन्तिम सिट तिर छु। गुरुले गीत बजाउछ, एक चेहेरे से मुझे प्यार हो गया- त्यो तिम्रै चेहेरा थियो। सायद त्यो तिमी नै थियौ, जस्लाइ म हरेक रोम्यान्टिक गीतका रिलिक्सहरुमा खोज्थे। सायद तिमी नै थियौ त्यो जसलाइ मैले हरेक मुभी हेर्दै गर्दा मेरै छेउमा खोज्थे। सायद त्यो तिमी नै थियौ- जसलाइ नचाहेर पनि चाहिँ नै रहे। त्यो तिमी थियौ जसको एउटा हात समाएर मैले जिन्दगीका हरेक यात्रामा हिड्न खोजेको थिए। त्यो तिमी नै थियौ सायद जसको काधमा सुख दुख सबै भुलेर मैले निदाउन चाहेको थिए। सायद।। सायद ।।। त्यो तिमि नै थियौ। तर भनिन्छ नि चाहनु र पाउनु बिचमा केही माइल, केही इन्च , केही घन्टा , केही समयको फासला छ। हो त्यो दुरि त्यो फसाला कटेर न म नै अगाडि आउन सके। न त तिमी। दुरिले यती ठूलो हुरि ल्यायो कि - तिमीलाई र मलाइ यो पृथ्विका दुई बिपरित धुर्बमा पुर्याइदियो। ऐले म एकदमै चिसो भएको छु। त्यसपछी तिमि मेरो तिमी रहेनौ। म तिम्रो  म रहिन। हो केटि समय सार्है बलवान् छ। कम्जोर तिमी रहेछौ ।म रहेछु। हामि रहेछौ। हामिलाइ कैले बलवान् हुन आएन। हामिलाइ कैले खुसि हुन आएन। हामी सायद खोलाका किनार हौ। जो बर्खामा भरि

कबिता - तिमी गए पछि त!

Image
तिमी गए पछि त मलाइ आफ्नै कोठा पनि बिरानो लाग्छ। तिमी गए पछि त। मलाई म छु जस्तो नै लाग्दैन तिमी हुदाको जस्तो। कहाँ हुदो रहेछ र तिमी गए पछि त। हिजो रातभर के न के कुराले सताइ रहयो। कहाँ पुग्यौ होला? यो मन देखि टाढा, यो ठाउँ देखि टाढा छेवैको सिटमा खोइ को पो पर्यो होला? तिमि त्यो मान्छेसङ बोल्यौ कि बोलिनौ होला? यस्तै यस्तै तर धेरै कुराहरु खेलिरहे मनमा। मेरो मन रसियाको फुटवल स्टेडियम भन्दा पनि धेरै भरियो। तिमी गए पछि त। राती खोइ कति बजे पो हो मुङ्लिनको जाममा अड्किए भनेथ्यौ, तिमी निदाउन सक्यौ होला कि सकिनौ होला? लागेथ्यो एकपटक फोन गरि हेरौ तर गरिन, खोइ किन हो। मलाइ थाहा छैन। रात भरिमा मलाइ कति पटक सम्झियौ होला? यात्रा भरिमा म छेवैमा छु भनेर खोइ कति पटक कल्पियौ होला? मैले जस्तै हाम्रा पुराना कुराहरु खोइ के के सम्झियौ होला? हामी कसरी भेटिएथ्यौ, के के भनेर बोलेथ्यौ? के के पो सम्झियौ होला। गला सुक्दा छेवैको पानीको बोतलबाट घुटुक्क पानी पियौ होला। साच्चै तिमिले मलाइ के के भनेर सम्झियौ होला। तिमी गए पछि त मेरा झ्यालका पर्दा कति सम्म नखुल्ने होलान। ग्यासको चु

एक रात

Image
ऐले रातको १ बजिसक्यो। म रुम छोडेर हिडेको १२ बजे हो। बस यसै निस्किदिए निस्कदा यति टाढा पुगिन्छ झै लागेको थिएन। तर पुगे। जिन्दगी न हो नसोचेका, नचाहेका धेरै कुरा भैदिन्छ्न। एउटा हातमा हात भरी नअटाउने मोबाइल छ। अर्को हात खाली छ। जसरी बाहिनो छाती गरुङो छ। दाहिने छाती हल्का छ। म बेला बेला देव्रे साइड तिर ढ्ल्के हिड्छु। त्यो गरुङो छातिलाइ ग्र्याभिटेले तानेको होला सायद। नचाहदै पनि यस्तो हुन्छ। जाबो २५० ग्राम न हो। जिन्दगीमा भने नि केही कुरा यसै भैदिन्छ। कैले टाउको दुख्छ - टाउको भारि हुन्छ। कैले छाती दुख्छ - मन भारी हुन्छ। UCMS मा कृकेट चलिरहेछ। चारै तिर उज्यालो छ। बत्ती छ्न। मान्छे छ्न। मेरो मनमा युद्ध चलिरहेछ। चारै तिर पिडाहरु छ्न। घाउहरु छन। यादहरु छ्न। बस मान्छे, ती कतै छैनन। मेरो जाबो फिस्टे मन। मेडिकल कलेजको माथि, ठूलो रातो अक्षरमा इमर्जेन्सी भनेर लेखेको छ। रातो त खतराको चिन्ह हो रे। रातो प्रेमको चिन्ह हो रे। म ढोका खोल्दै थिए। गार्ड देखियो, सोध्यो - कता जान लागेको। मैले भने - उ त्या भित्र इमर्जेन्सीमा। उसले फेरि प्रश्न गर्यो- किन? मैले भने - मुटु दुख्या छ। गार्ड