Friday, September 21, 2018

कविता

       सिपाही साथी
मेरो साथि उ सिपाही हो।
दिन रात देशको सुरक्षा गर्छ।
उ हर पल आफ्नो परिवारको सुरक्षा गर्छ।
उसले खत्रासङ जानेको छ,
जिन्दगी जिउने कला।
मैले पनि जानेको छु- परिक्षा पास गर्न चाहिने कुरा।
जिन्दगीका परिक्षामा उ जहिल्य फस्ट आउछ।
स्कुलमा परिक्षामा म जहिल्य फस्ट हुन्थे।
उसले व्यबहार जानेको छ।
उसले ब्यापार पनि जानेको छ।
उ हर दिन यो देशको सेवा गर्छ।
उ हर छिन आफ्नी आमाको सेवा गर्छ।
उसले सुरक्षा जानेको छ।
त्यसैले त पोहोर साल मात्र उसले बच्चै देखि प्रेम गरेकी 'साने' लाइ
दुलहि बनाएर, घुम्टो ओडाएर, बाजा बजाएर घर भित्र्याएको थियो।
उसले त आफ्नो प्रेमको पनि रक्षा गर्न जानेको रैछ।
उ दशै तिहारमा घर आउँछ।
वरिपरिका सबैलाइ नया लुगा ल्याइदिन्छ।
आमालाइ नया धोति, बा लाई नया कुर्ता पाइजामा।
बहिनिलाइ टिसर्ट पाइन्ट अनि सानेलाइ रातो साडी।
उसले कपडा किन्न पनि जानेको छ।
उसले खुसी किन्न जानेको छ।
उ कहिले काहीँ मेरो घर तिर पनि आउँछ।
स्कुलले दिएको सर्टिफिकेट झुन्ड्याइएको छ भितामा।
उ घरी भित्तामा हेर्छ। घरी मेरो अनुहारमा हेर्छ।
खोइ के सोच्छ।
सायद सोच्दो हो - बेरोजगार मुला।
उ गाउ भरि सबलाइ भेट्न जान्छ।
सबलाइ के के ल्याइदिन्छ।
उसले मलाइ पनि एउटा घडी ल्याएको रहेछ।
सिल्भर कलरको।
त्यही घडी हेरेर सोच्छु म - समयले मान्छेलाइ कहाँ पुर्याउदो रहेछ।
म बेरोजगार मनुवा हु।
म किताब पढिरहेको छु
जिन्दगी पढ्न अझै वाकी छ।
मेरो खल्तिहरुलाइ जहिले अभाव भैरहन्छ।
मेरा चाहनाहरुलाइ जहिले रित्तो खल्तिले थिचिदिन्छ।
जागिर पाउन कि अनुभव चाहिन्छ कि नेताको चिठ्ठी।
म सङ कुनै पनि छैन।
हरेक महिना साहुलाइ भाडा तिर्न मैले बा लाई सम्झनु पर्छ।
हरेक छाक खाना खान मैले आमालाइ सम्झनु पर्छ।
म रुख हुन सकिन।
मैले आफ्नै जिन्दगीलाइ अड्याउन सकिन।
उ बेला बेला फोन गरेर सोध्छ
के छ तेरो खबर?
केही सहयोग चाहिए निर्धक्क भन्नू ल
म त तेरो सानै देखिको साथी हो नि यार।
तैले धेरै पढ्नु पर्छ।
अझै माथी जानू पर्छ।
मैले पढ्ने मौका पाइन तर तलाइ देखेर खुसी लाग्छ।
मैले उसलाइ फोन गरेर
भन्न पनि त मिल्दैन नि- कुनै गणितका सुत्र नजाने सोध है म सिकाइदिउला नि।
उ त जङको सिपाही हो।
उसले बन्दुक चलाउन जानेको छ।
उसले जिन्दगी चलाउन जानेको छ।
उसलाइ थाहा छ
जिन्दगी चलाउने कुनै सुत्र गणितले दिदैन भनेर।
उ सिपाही हो।
उसले आफ्नो प्रेमको रक्षा गर्न जानेको छ।
            २०७५-०६-०४

No comments:

Post a Comment

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...