Monday, February 2, 2026

सपना

 एउटा फूल फुलेको छ

अग्लो पर्खाल भित्रको

फराकिलो घरको

फराकिलो बगैंचामा

एक झल्को 

हेर्न मात्र भए पनि

बनाउनु छ

एउटा धरहरा 

त्यो पर्खाल भन्दा अग्लो

 दुख्योकि मन तिम्रो मेरो कुराले

सोच्यौ होला रस चुसेर गयो भमराले

यो होइन हाम्रो शहर हिड फर्केर जाँउ

मलाई कुरेर बसेको छ दशैले जमराले!

अन्तिम जूनी

 यसो आँखा झिम्कयाउदा 

बिति जान्छ एक युग

यसो टोलाएर बस्दा

बगि जान्छ एक नदि

सूर्यको प्रचण्ड रापमा

सुकि जान्छ समुन्द्र

एउटा शासकको एक कालमा

रित्तो हुन्छन आमाका कोखहरु


ए फर्केर आउने मान्छे

यो उमेर नसकिदै आउनु है

मैले बुझेको छु

यहि अन्तिम जूनी हो हाम्रो!

Sunday, February 1, 2026

हात

 तिम्रो हातमा

मेहन्दी लगाइ दिन मन थियो
डिजाइन नै मन परेन भन्ने हौ कि?
हरियो चुरा दिन मन थियो
हतकडी लगाइ दियो भन्ने हौ कि?
हरियौ साडी उपहार दिन मन थियो
कस्तो पुरुषप्रधान सोच तिम्रो, भन्ने हौ कि?
उपहार के के दिने हो?
सोच्नै अप्ठेरो, खोज्नै अप्ठेरो रोज्नै अप्ठ्यारो
आजकल उपहारको पनि अनेक अर्थ लाग्दो रहेछ
मैले त माया गरेर
आफ्नै सम्झेर, दिएको हु यो प्रेम तिमीलाइ

यो कविता होइन!


तिमिले हेर्ने फूल, तिमिले हेर्ने जुन
यो तिम्रो मात्र होइन।
तिमिले हेर्ने यो आँखा पनि तिम्रो होइन
तिमिले फेरेको यो श्वास पनि उधारोको त हो।
फेरि यो मेरो मेरो भन्दै
किन ध्वनी प्रदुषण गर्छौ??
किन इमान वेचेर
झुटको खेती गर्छौ?
उसले म तिम्रो होइन भनेको छ
तिमी उसकै लागि मर्छु भन्छौ।
हेर त
यो तिमी उभिएको धर्ती पनि भाडामा लिएको हो।
आउ यो जिन्दगी हासेर बिताउ
प्रेमको गीतमा नाचेर बसौ
भोलि त के छ र?
त्रीशुलीमा डुबिन्छ कि
कोटेश्वरमा जलिन्छ
कससेकम आज त यो जिन्दगी बाचौ
आउ हामी प्रेम गरौ
प्रेमको कविता लेखौ।
सुन न!
यो प्रेमको कविता
मैले तिम्रो लागि लेखेको हो।
अ तिम्रै लागि के
किन यता उता गर्छौ
हो तिमी यो कबिता पढ्ने मान्छे
यो कबिता मैले तिम्रै लागि लेखेको हुम
मैले तिमीलाइ प्रेम गर्छु
ओ! कविता पढ्ने मान्छे
मैले तिमीलाइ प्रेम गर्छु।

विश्वास

 विश्वास गर भन्छौ

कस्को गरौ?
प्रेम गर भन्छौ
कसलाइ गरौ?
अनेक बाहनामा घातीहरु छ्न
कति त आफ्न्त ज्याजती छ्न।
फूललाइ आफ्नो मानौ
खोइ कस्ले पो टिपेर लाने हो
यो जिन्दगी पनि त सक्किएर जाने हो।
बादलको घुम्टो ओडेर
ग्रहको गहना जोडेर
तारा झै मुस्काउने ए फूल
भन म कसलाइ बिश्वास गरौ?

बानी

 बानी परेको हो कि?

बानी पारिएको हो ।
यो प्रेम
अहिलेको झरी जस्तै गरि
बर्षिरहेको छ।
तिम्रा
स-साना अफिसका किस्साहरु
तिम्रा मुडस्वीङका हर्कतहरु
तिम्रा कहिल्यै नसकिने कुराहरु
सब-सब मन पर्न थालेका छन।
तिम्रो कपालको वासना
तिम्रो नङको पालिसको रङ्ग
तिमिलाइ मन पर्ने खाना
तिमिले बोल्न बनाउने बाहना
सब-सब मन पर्ने थालेका छ्न
बानी परेको हो कि तिम्रो
बानी पारिएको हो।
प्रेम बर्षात हो
रुझाउछ कहिले खुसीका आशुले
कहिले बिछोडका आशुले
प्रेम वर्षात हो
अस्तित्व मेटाइदिन्छ
प्रेम वर्षात हो
स्वतन्त्र बनाइ दिन्छ।
प्रेम आगो हो
न्यानो वनाइदिन्छ
कहि जिन्दगी जलाइ दिन्छ।
तिम्रो बानी परेको हो
कि बानी पारिएको हो?
यो प्रेमले हामीलाइ
निथ्रुक्क रुझाएको छ।

के मन पर्छ?

 हरितालिका तिज मन पर्छ?

कि रातो सारी?
कि सारीमा सजिएको उनी?
भन के मन पर्छ।
दशै मन पर्छ कि?
रातो टीका र जमरी
कि मन पर्छ
आफ्नहरुको जमघट
र आकाशमा उडेको चङ्गा ?
तिहार मन पर्छ कि
भाइटिकाको धर्को
वा त मन पर्छ तिमिलाइ
त्तो देउसी भैलीको रमाइलो?
मान्छेलाइ गाउँ मन पर्छ कि शहर
घर मन पर्छ कि
घर भित्रका बा आमा हजुरबा आमा अनि भाइ बैनी काका काकी?
देश मन पर्छ कि यहि देशको नागरिकता
बिदेश मन पर्ने हो कि
ठुला घर चिल्ला सडक र गाडी
मान्छे स्वार्थी हो कि निस्वार्थी
दयालु छ कि क्रुर
नागरिकता मन पर्छ होला कि राहदानी
मान्छे मन पर्छ कि आनी बानी?
जन्म मात्र हो र यो जिन्दगानी?

भेट

 भेटनलाई हतार किन गर्छौ?

चाहिने समय लेउ
एक छिन सोच
माइक्रो वसको सहचालक जस्तो
तिमी हतार किन गर्छौ?
भेटनलाइ हतार नगर
छिट्टै भेटिए,
छिट्टै छुट्टिन पर्छ।
भेटनलाइ हतार नगर।

घर

 घर भन्नू के रहेछ आमा?

ढुङ्गा माटोको जोड
कि परिवारको माया?
आफ्नो पन भन्नू के रहेछ?
पराइको अङ्गालो कि
आफ्नतको गाली?
घर छोडेर
घर बनाउन
परिवार छोडेर
परिवार बनाउन
हिडेको बर्षौ भएछ।
अब त बिर्से होला कि
मैले हिडेको गोरेटो
मेटिए होला मेरा पौतलाको
डोबहरु
अब मलाइ चिन्छ कि चिन्दैन होला
आमा मेरो गाउँको माटोले
मलाइ बिर्सियो होला है
मलाई हिड्न सिकाउने बाटोले?
कस्तो डर लाग्दो रहेछ आमा
अब म घर जादा
मलाइ हाम्रै घरको कुकुरले
नचिनेर भुक्यो भने?
मलाइ हाम्रै घरको गोरुले
सिङ देखाउदै हान्न आयो भने
हाम्रो घरको बिरालो
टाढा टाढा भाग्यो भने
पल्ला घरको फुच्चेले
मलाइ नचिन्न लाग्यो भने?
घर भनेको के रहेछ आमा?
ढुङ्गा माटोको जोड
कि बा आमाको काख?

सपना

 एउटा फूल फुलेको छ अग्लो पर्खाल भित्रको फराकिलो घरको फराकिलो बगैंचामा एक झल्को  हेर्न मात्र भए पनि बनाउनु छ एउटा धरहरा  त्यो पर्खाल भन्दा अग...