Monday, April 13, 2026

शुभकामना पुनु

 प्यारी पुनु

फेसबुक भरी छरिएका छन
तिम्रो मेहन्दीका फोटोहरु
तिम्रो खुसीका पलहरु
कुनै पल आफैले चुमेका ती हातरुमा
अरु कसैको नामको मेहन्दी लागेको हेरिरहदा
बहुत मन दुख्दो रहेछ।
म सोचिरछु
आखिर कस्तो हुनु पर्थ्यो म
के के कुरा नपुगेर हो म मा
यसरी टाढिएका छौ हामी।
यदि यो जिन्दगी सिनेमा भैदिए
फरक हुन सक्थ्यो कि परिस्थिति
हामी त बास्तबिकतामा बाचेको मान्छे
अब बदलिन सक्दैन हाम्रो भाग्य।
चियाघरको मटकामा लेखेको तिम्रो नामको
फुट्योकी माटोको भाडो
उस्तै गरि फुटेको छ भाग्य मेरो।

प्यारी पुनु
यो अन्तिम हो
आज देखि लेख्ने छैन
तिम्रो लागि कविता
किनकी तिम्रो भाग्य
अरु कसैसङ लेखिसकेको छ।
गाउने छैन तिमिलाइ मन पर्ने गीत
तिमिलाइ मन पर्ने आवाज अब फेरिसकेको छ।
जलाइदेउ है
हामीले साटेका उपहारहरु
यसै ठूलो जिम्मेवारीको भारी छ तिमिसङ
कसरी सकौले यादको भारी बोकेर
डोलि चडेर बिदाइ हुन तिमी
मेटाइदेउ हामीले साटेका यादहरु पनि
यो संसारमा सबै भन्दा गरुङ्गो याद त रहेछ।

पुनु यति कुरा याद गर ल!
भोलि
तिमी अन्मिएर बिदाइ हुँदै
कारको ढोका खोलेरे हेर्दा
तिम्रो छेउको अर्को सिटमा
दुलाहको भेषमा वसेको मान्छे म होइन है।
तिमी दिन भरको कामले
थकित भएर साझ घर फर्किदा
तिम्रो निधाए चुमेर,
खुट्टामा तेल लगाइदिन्छु भन्ने मान्छे म होइन है।
तिम्रो खुसीमा हासिदिने
तिम्रो दुखमा सम्हाली दिने मान्छे म होइन है।
ए अल्छी कति सुतेको उठन अब त
भन्दै तिमिले कराउने मान्छे म होइन है
तिमिलाइ पिजडा देखि मुक्त पारेर
यो समाजको घेरा चिर्दै
खुल्ला आकाशमा उड्न सिकाउने मान्छे
म होइन है।

तिम्रो मेहन्दिको रङ
तिम्रो सिन्दुरको रङ
कहिल्यै नमेटियोस
मलाइ अर्को जूनीमा पनि
तिम्रो हुन मन छैन
तिमिलाइ वैबाहिक जिबनको
शुभकामना पुनु।
🍁🍁

शुभकामना पुनु

 प्यारी पुनु फेसबुक भरी छरिएका छन तिम्रो मेहन्दीका फोटोहरु तिम्रो खुसीका पलहरु कुनै पल आफैले चुमेका ती हातरुमा अरु कसैको नामको मेहन्दी लागेक...