Sunday, May 10, 2026

सन्देश

 साझको हावाले

खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर आउनेछु भोलि वा भन्दैछ म आउनेछु जूनको सितल बोकेर साझ ढलेको बेला दिप जलेको बेला म जून तारामा देख्छु आकृति तिम्रो म दर्पणमा देख्छु मुहार तिम्रो बिहानीको मन्द घामले के भनिरहेछ होला सायद भन्दै छ कि फरक छ तिमी बसेको धर्ती तर हेर एउटै छ्न घाम जून एउटै छन यी तारा र नक्षत्र र एउटै छौ तिमी र म एउटै छ हाम्रो भाग्य पनि!🌻

आमा दिवस!

 आमालाई सोध्छु

ए! आमा के चाहिन्छ तिमिलाइ? आमा टाउको हल्लाउदै भन्नू हुन्छ केही चाहिएको छैन तैले ख्याल गर्नु आफ्नो फेरि सोध्छु आमा, केही खान मन लागेको छ केही लाउन मन लागेको छ केही किन्न मन लागेको छ आमा भन्नू हुन्छ खान, लाउन सबै छ यहाँ बस, त छैनस घर न्यास्रो छ तलाइ देख्न मन लागेको छ तलाइ छुन मन लागेको छ मैले पकाएर ख्वाउन मन लागेको छ म कति गरिब भएछु आमाका कुनै चाहना न किन्न सक्छु न दिन सक्छु सायद यस्तै हो भगवानका चहाना पूरा गर्न गाह्रो छ मैले मन्दिरमा आमाको फोटो राखेको छु।

एउटा मान्छे छ!

 एउटा मान्छे छ

जो याद आइरहन्छ। मलाइ आमाले झै माया गर्ने बा'ले जस्तै बुझिदिने भाइ बैनी झै सम्झिरहने एउटा मान्छे छ जो याद आइरहन्छ। चर्को घाममा छाता दिने मलाइ प्रियको नाता दिने बर्खा झरी हिउद जस्तै सधै शरद रितु दिने एउटा मान्छे छ जो याद आइरहन्छ। मलाइ सिधा बाटो डोर्याइदिने असल बन्न प्रेरणा दिने दुखको मूल्य सिकाइदिने खुसीको पल देखाइदिने नदि जस्तै दुनियामा बगर बनी सघाइदिने सपनीमा जिस्काइरहने बिपनीमा हात समाइदिने सुर्यमुखी झै पछ्याइरहने एउटा मान्छे छ जो खुब याद आइरहन्छ

पर्खाई

 

पर्खेर बसेको छु मरुभूमि जसरी तिमी आउनु प्रिया साउने झरी जसरी म कुरेर बसेको छु माछापुच्छ्रे जसरी तिमी आउनु प्रिया गुराँस फूले जसरी यो पटक आउदा तिमी यसरी आउनु फेरि फिर्ता नहुने गरि नआउनु तिमी खहरे जसरी नआउनु तिमी रितु जसरी किनकी म पर्खेर बसेको छु तिमिलाइ फेवाताल जसरी तिमि आउनु प्रिया तालबाराही जसरी !

म!

 म उडु

स्वस्पन्द आकाशमा म बस्ने हागो तिमी हुनु! म हिडु, म भागु मेरो रोकिने गन्तव्य तिमी हुनु! म खसु छागो जस्तो म बगु खोला जस्तो म अडिने समुन्द्र तिमी हुनु म चडु पहाड दुखको मेरो पुग्ने बिन्दु तिमी हुनु म बैरागी म बेफिक्री म होउ ढुङ्गा फेवाको मेरो अडिने किनारा तिमी हुनु म बनु फूल पुजाको म पुग्ने मन्दिरको देउता तिमी हुनु म भए पनि एउटा परदेशी जीवन मलाइ कुरीराखेको मेरो घर तिमी हुनु मेरो प्रेमको यो जिन्दगीको एक चिहान तिमी हुनु।

प्रिय फूल!

 प्रिय फूल

मेरो माया तिमिलाइ मेरो हेराइ तिमिलाइ मेरा यी आँखा तिमिलाइ यो पर-देशमा बसेर तिम्रो स्पर्श गर्न सक्दिन तर मेरा यी हत्केला मेरा यी औला तिमिलाइ मेरो मानसपटलको सबै शान्ति तिमिलाइ यो ओठ यो हासो, यो मुस्कान सबै सबै तिमिलाइ मेरो प्रिय फूल म जहाज चडेर समुन्द्र तरेर तिम्रो काखमा मेरो शिर राख्न नआउदा सम्म तिमी अरुको आखामा नवस्नु है तिमी ओइलाएर नझर्नु है प्रिय् फूल।

एकदिन

 एकदिन

कुनै कविता लेख्दा लेख्दै मैले अन्जानमै लेखेको थिए यो जिन्दगी एउटा सम्झौता हो। कस्तो सम्झौता? कस्तो जिन्दगी? म अनुत्तरित छु तर लेखेको थिए प्रेम पनि सम्झौता हो। मलाइ आकाशसङ र फूलहरुसङ गर्नु छ एउटा सम्झौता ए फूल, पन्छाइदिनु उसले हिडने बाटोका काडाहरु बिझ्याइदिनु उसका पाउमा फूलहरु! उसले चप्पल लगाउन जानेकी छैन ए आकाश नरुझाइदिनु उसलाइ छाता नबोकेको दिन उसले ओत बस्न जानेकी छैन ए मान्छे नछुनु मेरो कलिलो छोरीलाइ उसले मान्छे चिन्न जानेकी छैन।

एउटा

 लेखौ कि

सोचेको थिए एउटा कविता आज पनि र आउन बिर्सियो याद तिम्रो आज पनि तिम्रो याद बिना कविता, कविता रहदैन गीतहरुले भाव पाउदैन सुन्दर फूलहरुमा सुगन्ध आउदैन पुतलीले खुसुक्क गीत पनि गाउदैन तिम्रो याद बिना मलाइ आफ्नै याद आउदैन तिम्रो याद बिना!

कथा

 भन न

के हो तिम्रो कथा तिम्रो यात्रा यो जिन्दगीको यो प्रेमको कसरी निस्कियौ तिमी रावणको वाटिका बाट? काटिएका थिए हैन र तिम्रा पखेटाहरु हत्कडी पनि थियो क्यार हेर त अहिले उड्ने भएछौ फेरि नयाँ पखेटा पलाएछ्न पालुवा पलाए जस्तो मैले भनेको थिए तिमी दौडिने छौ फेरि समय दौडिए जसरी ओहो कस्तो खुसी लाग्यो आज तिमी आयौ मेरी आमा नै आए जसरी सायद मेरा पर्खाइका दिनहरु सकिएछन अब।

जङ्गली फूल

 

जंगली फूल मनपराउने मान्छे तिम्रै आगनमा फूलेको छ एउटा चमेली।कति भयो तिमिले पानी नहालेको गोडमेल नगरेको रेखदेख नगरेको हेरेक दिन तिमी भित्र बाहिर गर्दा बाहिर भित्र गर्दा कति पटक आँखा जुधेको छ कहिल्यै चमेलीको फूललाइ हेरेर तिमी मुसुक्क हासेका छौ? ए जंगली फूल मनपराउने मान्छे कस्तो बहुरुपी तिमी त तिम्रै आगनमा फूलेको छ एउटा चमेलीको फूल।

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...