Friday, September 21, 2018

कविता

         रुख र चरी।
हजारौ बर्ष पुरानो एउटा बूढो रुख थियो।
एक दिन एउटा सुन्दर चरि आएर
रुख भन्दा पनि बूढो हागामा बसि
त्यही आफ्नो गुड बनाइ
हेर्दा हेर्दै बच्चा जन्माइ र गइ भुर्‍र उडेर।
रुखलाइ त चरिसङ प्रेम भएछ।
तर
रुख चरिको पर्खाइमा बस्नु पनि हुदैन।
चरिले हजारौ अरु रुख भेटाउछे।
चरिले अरु हजारौ चरा पनि भेटाउछे।
यति धेरै थाहा छ मलाइ तर
तिमी एकदिन उडेर आउने छौ
यहि आशा बोकेर
म रुख जस्तै कुरि बसेको छु तिमिलाइ।
हजारौ आधी तुफान सहेर।
- तिमी फर्केर आउछ्यौ नि है?

No comments:

Post a Comment

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...