Friday, September 21, 2018

चियाका कुरा

उसले सन्केर फोन राखिदिइ।
मलाइ नमज्जा लाग्यो।
भित्रै देखि रुन मन लागेर आयो। म रोइदिए।
आँसुहरु झरिदिए। बर्बर्बर।
आशुहरु- परेला-गाला- दारी हुँदै टेवलको सेतो पानाभरी खसे। पाना भिज्यो। सङै म पनि।
केटो सुटुक्क आएर हेर्यो।
केही भन्नलाई मुख खोल्यो, भन्यो 'अलि उता गएर रोइ न यार। मेरो कापी भिज्यो।'
मैले कापी अलि पर सारिदिए।
उसले फेरि केहि भन्यो- जाम हिड देउराली च्या खान,
म जुरुक्क उठे।
देउरालिमा च्या खादै गर्दा त आइस।
मैले खान लागेको च्या खोसेर पिउन थालिस।
एकथोपा लिपिस्टिक च्याको कपमा खसेछ।
च्या पुरै चक्लेटी भैदियो।
मलाई चक्लेट मन पर्दैन। बरु तैले दुख फ्लेवरको लिपिस्टिक लाउने पर्ने नि। मलाइ दुख क्या मन पर्छ नि।
टेवलमा चुरोट छ।
मैले सलाइ कोरे।
चुरोट सल्काए।
सल्किदै गरेको चुरोट चियाको कप भित्र राखिदिए।
त्यसै कपमा मेरो एक टुक्रा मन पनि थियो।
         23-nov-2017

No comments:

Post a Comment

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...