एक रात

ऐले रातको १ बजिसक्यो।
म रुम छोडेर हिडेको १२ बजे हो। बस यसै निस्किदिए निस्कदा यति टाढा पुगिन्छ झै लागेको थिएन। तर पुगे। जिन्दगी न हो नसोचेका, नचाहेका धेरै कुरा भैदिन्छ्न।
एउटा हातमा हात भरी नअटाउने मोबाइल छ। अर्को हात खाली छ।
जसरी बाहिनो छाती गरुङो छ। दाहिने छाती हल्का छ।
म बेला बेला देव्रे साइड तिर ढ्ल्के हिड्छु। त्यो गरुङो छातिलाइ ग्र्याभिटेले तानेको होला सायद। नचाहदै पनि यस्तो हुन्छ। जाबो २५० ग्राम न हो।
जिन्दगीमा भने नि केही कुरा यसै भैदिन्छ।
कैले टाउको दुख्छ - टाउको भारि हुन्छ।
कैले छाती दुख्छ - मन भारी हुन्छ।
UCMS मा कृकेट चलिरहेछ। चारै तिर उज्यालो छ। बत्ती छ्न। मान्छे छ्न।
मेरो मनमा युद्ध चलिरहेछ। चारै तिर पिडाहरु छ्न। घाउहरु छन। यादहरु छ्न। बस मान्छे, ती कतै छैनन।
मेरो जाबो फिस्टे मन।
मेडिकल कलेजको माथि, ठूलो रातो अक्षरमा इमर्जेन्सी भनेर लेखेको छ।
रातो त खतराको चिन्ह हो रे।
रातो प्रेमको चिन्ह हो रे।
म ढोका खोल्दै थिए। गार्ड देखियो, सोध्यो - कता जान लागेको।
मैले भने - उ त्या भित्र इमर्जेन्सीमा।
उसले फेरि प्रश्न गर्यो- किन?
मैले भने - मुटु दुख्या छ।
गार्ड - के ले?
म - मायाले।
सायद गार्ड पनि आजित हुदो हो माया बाट मलाइ धक्ल्दै भन्यो - अब वरिपरि देखे भने मैले जान्या छु।
मैले जान्या छु? - उसले जानेको छ तर के? मैले थाहा पाइन।
अब कहाँ जाने? को छ जसले यो मुटुको ब्यथा निको पार्न सक्छ?
को हो त्यो? कहाँ छ त्यो? मलाइ केही थाहा छैन।
ऐले म UCMS पछाडिको बाटो भैरहवा जाँदै छु।
किन हो थाहा छैन वस जादैछु।
बाटो कच्ची छ। हिजो परेको पानीले पुरै हिलो छ।
मलाई हिलो देखि डर छैन। मलाइ अँध्यारो देखि पनि डर छैन। म हिलोमा यसै हिडिदिन्छु। खुट्टा फोहोर छ मेरो।
माटो लागेको छ। मन घायल छ मेरो - खोइ के पो लागेको छ।
वाटो भरी कुकुर छ्न। मरन्च्यासे, दुब्ला, पातला, फोहोरी कुकुरहरु। मलाइ हेरिरहेका छ्न।
सायद सोचे होलान - फोहोरि मान्छेहरु अरुको मन दुखाउछ्न।
म वाटो भरी खोइ के बर्बराए ऐले याद छैन।
एउटा घर अगाडि म जोरले चिच्याए। त्यो घरको कुकुर झन जोरले भुक्यो।
मैले मोबाइलको लाइट बालेर हेर, त्यो घरको पर्खालमा लेखेको रहेछ ' मान्छे देखि सावधान मान्छेहरु मन दुखाउन सिपालु हुन्छ्न।'
म झस्किएर मेरो मन छामे। मेरो मन त्यहा थिएन।
मेरो बाहिनो छाती ऐले हलुका थियो। म बायाँ ढल्किएर हिडेको पनि थिइन।

अरे मेरो मन कता खस्यो? म अत्तालिए। म झस्किए। म बहुलाए। मैले खोजे तर मेरो मन वरिपरि कतै थिएन।
अब म निरास भए। अँध्यारो बाटोमा मेरो अँध्यारो अनुहार धन्न कसैले देखेन। सोचेर खुसी पनि भए।
अध्यारोको फाइदा यहि त होनि - अध्यारोमा यहाँ कसैले कसैलाइ देख्दैन/ चिन्दैन।
अब मैले मन खोज्न छोडिसकेको छु। मलाइ त्यस्ता दुख्ने मन चाहिएको छैन।
म अगाडी बढ्छु।
अब सुनौली जाने हाइवे आइसकेको छ।
मलाइ खोइ के कुराको याद आउँछ म फोन हेर्छु।
मलाइ बोल्न मन लाग्यो यसै नम्बर थिच्न थाले।
कति धेरै नम्बर मिलेने। नम्बर मिल्ने कतिले फोनै उठाएनन।
मैले फेरि मन मारे।
म हाइवेको बिच्चै बाट हिडेको छु। ऐले गाडिहरु त्यति धेरै आउदैनन।
मलाइ रुन मन लाग्छ। तर रुदिन।
 मेरो खुट्टाको चप्प्ल छोएर केही तरल मेरो खुट्टासम्म आइपुग्यो अरे! सडक त भिजेको छ। तर आज पानी परेन फेरि यो सडक कसरी भिज्यो।
अलि अगाडि सडकको बत्तिको उज्यालो छ।
मुन्तिर एउटा केही बस्तु थिचिएको छ र त्यहाबाट रगत जस्तो केही निस्किएर पुरै सडक गिलो बनाएको रहेछ।
मैले नजिकैबाट के रहेछ भनि हेरे। झसङ्ग भए। मेरो आत्मा डरायो।
मैले मेरा आखामा बिश्वास गर्न सकिन।
त्यो मेरै मुटु थियो। जुन केही बेर अघि खोइ कता हराएको थियो।
त्यो म भन्दा अगाडि त्यहा कसरी पुग्यो।
म आश्चर्यमा परे। मेरो दिमाग रन्थनियो।
मैले मेरो मुटुलाइ टिपे त्यो अझै धड्किरहेको रहेछ।
मेरो मुटु तल एउटा कागज जस्तोमा केही लेखिएको थियो।
मैले ल्याम्प पोस्टको उज्यालोमा पढे - त्यहा
राता अक्षरमा एउटा नाम लेखिएको थियो,
   'मुनरिया'

Comments

Popular posts from this blog

पुनु तिमिलाई शुभकामना!

कबिता- चिया प्रेम

सिन्दुर नलगाउ है