Posts

यथार्थ

  लखेटिरहेछ, खोइ, केले पो हो? सपनाले हो कि? यथार्थले? धनले हो कि गरिबीले? समयले हो कि बचनले? म भागिरहेछु यसरी भष्माशुरले लखेटे जसरी मेरो अस्तित्व जोगाउन तिमीलाई सिन्दुर लगाउन म भागिरहेछु यसरी आफैले आफैलाई नभेटन जसरी। सानोमा आमा\बा ले भने तिमीले घर छोड्न पर्छ दुख बुझ्नु पर्छ धेरै पढ्नु पर्छ मेरो बाल्यकाल कसरी वित्यो त्यो मलाई थाहा छ। अहिले जवानीले भनिरहेछ धन कमाउनु पर्छ सफल बन्नु पर्छ तैले यो देश छोडनु पर्छ मेरो भविष्यले भनिरहेछ। अब एक दिन यस्तो नआओस जब तिमिले भन्नु परोस अब तिमिले मलाई पनि छोड्नु पर्छ।

मुनु!!!!

प्यारी मुनु लिएर आउने भए अर्को जूनी गुराँस नमाग है तिमि  बरु माग यहि माया गर्ने मन यहि तिमिलाई चाहने मन सङै केहि थुप्रो सम्पति किनकी मलाई थाहा छ। गुराँस दिएर यो जूनीमा नपग्नेको तिम्रो मन अर्को जूनीमा पनि पग्लने छैन।

औठी

तिमिले सुनको  औठि लगाइ दिएर मेरो स्वतन्त्रता मेरो मुस्कान मेरो जिन्दगी मागेको हौर बदलामा? मैले त तिम्रो हात माथि मेरो हात राखिदिएर साट्न खोजेको हो तिम्रा सवै सुख दुःख साना ठूला उतार चडाव तिम्रा असुरक्षित सोचहरु सवै सवै।

दौडिरहेछु म।

मेरो जिन्दगी देखि तिमि भागे झै गरी भागिरहेछु म आफ्नै भाग्य देखि। मान्छेसङ भागे झै  सजिलो नरहेछ यो समयसङ भाग्नलाई भए पनि किनारा  तिम्रो सकिन नदि झै भागे जान।

जात

 म मेहन गरेर धन कमाउन सक्छु तिमिसङ मिल्ने  जात कमाउन सक्दिन। म पर्खिदिन सक्छु तिमिलाई जिन्दगी भर तर म अब तिम्रो हुन सक्दिन।

चुनाव

तिम्रो दिलको चुनावा १७ औ पटक हारेर  फेरी १८ औ पटकमा तिम्रो मनको 'राष्ट्रपति' बन्न मन छ मलाई।

च्युतेनमा

हरेक च्युतेनमा फूलपाति चडाएर हरेक मन्दिरमा धजा चडाएर मागेको थिए तिमिलाई सायद लेख्नु पर्थ्योकि तिम्रो नाम वा कोर्नु पर्थ्योकि तिम्रो चित्र तिमि अरु कसैकि भयौ मैले चडाएको फूलपाति ओइलिएर कुरेको छ तिम्रो आगमन।