यथार्थ

 लखेटिरहेछ,

खोइ, केले पो हो?
सपनाले हो कि?
यथार्थले?
धनले हो कि गरिबीले?
समयले हो कि बचनले?

म भागिरहेछु यसरी
भष्माशुरले लखेटे जसरी
मेरो अस्तित्व जोगाउन
तिमीलाई सिन्दुर लगाउन
म भागिरहेछु यसरी
आफैले आफैलाई नभेटन जसरी।

सानोमा आमा\बा ले भने
तिमीले घर छोड्न पर्छ
दुख बुझ्नु पर्छ
धेरै पढ्नु पर्छ
मेरो बाल्यकाल कसरी वित्यो
त्यो मलाई थाहा छ।
अहिले जवानीले भनिरहेछ
धन कमाउनु पर्छ
सफल बन्नु पर्छ
तैले यो देश छोडनु पर्छ
मेरो भविष्यले भनिरहेछ।

अब एक दिन यस्तो नआओस
जब तिमिले भन्नु परोस
अब तिमिले मलाई पनि छोड्नु पर्छ।

Comments

Popular posts from this blog

पुनु तिमिलाई शुभकामना!

कबिता- चिया प्रेम

सिन्दुर नलगाउ है