Friday, September 21, 2018

उ सङको लुम्बिनी यात्रा।

म अन्तिम सिट तिर छु।
गुरुले गीत बजाउछ, एक चेहेरे से मुझे प्यार हो गया- त्यो तिम्रै चेहेरा थियो।
सायद त्यो तिमी नै थियौ, जस्लाइ म हरेक रोम्यान्टिक गीतका रिलिक्सहरुमा खोज्थे।
सायद तिमी नै थियौ त्यो जसलाइ मैले हरेक मुभी हेर्दै गर्दा मेरै छेउमा खोज्थे।
सायद त्यो तिमी नै थियौ- जसलाइ नचाहेर पनि चाहिँ नै रहे।
त्यो तिमी थियौ जसको एउटा हात समाएर मैले जिन्दगीका हरेक यात्रामा हिड्न खोजेको थिए।
त्यो तिमी नै थियौ सायद जसको काधमा सुख दुख सबै भुलेर मैले निदाउन चाहेको थिए।
सायद।। सायद ।।। त्यो तिमि नै थियौ।
तर भनिन्छ नि चाहनु र पाउनु बिचमा केही माइल, केही इन्च , केही घन्टा , केही समयको फासला छ।
हो त्यो दुरि त्यो फसाला कटेर न म नै अगाडि आउन सके। न त तिमी।
दुरिले यती ठूलो हुरि ल्यायो कि - तिमीलाई र मलाइ यो पृथ्विका दुई बिपरित धुर्बमा पुर्याइदियो।
ऐले म एकदमै चिसो भएको छु।
त्यसपछी तिमि मेरो तिमी रहेनौ।
म तिम्रो  म रहिन।
हो केटि समय सार्है बलवान् छ।
कम्जोर तिमी रहेछौ ।म रहेछु। हामि रहेछौ।
हामिलाइ कैले बलवान् हुन आएन। हामिलाइ कैले खुसि हुन आएन।
हामी सायद खोलाका किनार हौ। जो बर्खामा भरिन्छ हिउदमा सुक्छ।
फेरि बर्खाले भर्ला नि भन्ने आशामा।
-लुम्बिनी,
ह्वाइट गुम्बा भरी भिड छ मान्छेहरुको।
जताततै कोलाहल, चिच्याहट, क्यामेराको आवाज
तर त्यो केही छिनको लागि मात्र।
मान्छेलाइ सबै भन्दा प्यारो त आफ्नै घर हुन्छ। त्यो ह्वाइट गुम्बा ऐले क्या एक्लो भयो होला
म पनि घर फर्किसके। मेरो घर कति खुसी छ किनकि बिहान छोडेका बचेरा साझ सम्झिएर फर्केका छ्न तर ह्वाइट गुम्बामा मान्छे अक्सर कैले फर्किदैनन।
म चहान्छु हाम्रो सम्बन्ध ह्वाइट गुम्बा जस्तै नबनोस।
केबल देखावटी मात्र। त्यो घरको के काम जहाँ परिवार बस्दैन?
म चहान्छु हामी बरु घर जस्तै बनौ।
कि सम्झेर बचेरा साझमा फर्कि आउन।
गाडी मान्छेले भरिएको छ। कोचाकोच होइन तर त्यति खाली पनि छैन।
म पछिल्लो सिट तिर कहि गएर बसे। तिम्रो नजिकै कतै।
तिमिले चाल पाइनौ। एउटा म भन्दा पनि लुरे खलासी उर्फ खले ब्रो तिमि छेउमै आयो भाडा माग्दै। चेन्ज सकिएछ।
मैले भने 'म दिन्छु हुदैन'? तिमी फर्कियौ म पछाडी थिए।
खले दाइ गयो। तिमी पनि झ्यालमा टाउको अड्याएर झ्याप भयौ।
हावाले तिम्रो कपाल उडाइ रह्यो। तिम्रो कपालले मेरो मन उडाइ रह्यो।
यु।सि।एम।एसमा गाडी रोक्दा म बिउझिए। तिमी पैल्यै कतै झरिसके छौ।
यात्राको नमज्जा यहि नीर लाग्छ मलाइ।
मन परेकाहरु खबरै नगरी कहि बिच बाटोमै झरिदिन्छ्न।
-चिया
चिया एउटा बिमारी हो।
एउटा लत। जसको कुनै उपचार छैन। देउराली हाम्रो अड्डा हो- च्याड्डा।
साझ प्राय चिया पिउनै पर्छ।
म खासै पानी पिउदिन। शरीरमा पानीको पुर्ती चियाले नै गर्छ होला सायद मलाइ कैले तिर्खा लाग्दैन।
चिया जस्तै अब मलाइ तिम्रो बानी पनि लाग्ला जस्तो छ।
म एकचोटि बानी परिसके पछि सजिलै छुटाउन सक्दिन।
चियाको कप त बरु रितिए पछि टेवलमै छोडिन्छ।
तिमी चियाको कप होइनौ।
तिमी प्रेमको सिल्ड हौ। जसलाइ पाउन जो कोहि चाहन्छ।
तर म प्रेमको कम्जोर खेलाडी हु। म तिमिलाइ अरुले जितेको हेर्न चाहन्न र सायद आफुले जित्न पनि सक्दिन होला।
तसर्थ। अब यो समय तिमिलाइ बिदाइ गर्ने हो।
तर बिदा हुनु पुर्ब एक कप चिया खाएर जाउ।
       27-Nov-2017

No comments:

Post a Comment

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...