एक्लो यात्रा

#आज
-ओहो! बाबु दारि सारी पालेर हँ ?( एक अन्कल)
- भान्जा कति लामो दारी पालेको?(माइजू)
- यसलाइ दारी पाल्न के ठिक लाग्ने रैछ खै?( बज्यै)
- अ बे तेरो त कपाल भन्दा पनि लामो दारि छ त? हा हा(दाइ)
- बाबू यस्तै दारी पाल्नु भयो भने कोहि केटिले हेर्दैनन है भन्ध्या छु।( भाउजू)

गोरुसिङेमा खाना नखाने निधो गरे पछि एउटा डिउ मगाएर पिउन थाले।
मलाइ अब भोकसङ जित्छु जस्तो लाग्न थाल्यो। तर मनमा कता कता अझै भय थियो। त्यसैले दुइटा डिउ खाइदिए।
अब त मेरो जित पक्का थियो।

-दिदी अम्लेट बनाइदिनुन?
हेर्दै बहिनी जस्ति देखिने दिदिले कराइमा हात चलाउदै भनिन- एउटा अन्डाको त बन्दैन भाइ,
२ वटाको भन बनाइदिन्छु।
मैले हास्दै जवाफ दिए- दिदी आजकल मान्छेलाइ जोडि पाउन गार्हो छ तपाईं अन्डाको जोडि बनाउन लाग्नु भयो?
मेरो कुरा सुनेर नजिकै बसेकी एउटि केटि म तिर हेर्दै मुसुक्क हासि।

म गाडिमा चढे।
मैले आँखा चिम्म गरे अँध्यारो देखे। मैले अँध्यारो देखेर आँखा चिम्म गरे।

एउटा अँध्यारो जङ्गल आयो। एउटा जङ्गल पछि अध्यारो आयो। केही यात्रीहरु झरे। अघि देखि मेरो छेउको सिटमा पसिना गन्हाइ रहेको एउटा टिसर्ट पनि झर्यो। म झ्याल तिरको सिटमा सरे।
एउटा हावाको झोक्का मेरो नाकमा ठोकिएर गयो।

फेसबुकमा ३ ओटा म्यासेज रहेछन।
१. दाइ कता पुग्नु भयो?
२. दाइ कहाँ नजिक पुग्नु भयो? खाना खानु भयो कि नाइ?
३. तिम्रो खुट्टा ठिकै त छ नि? खाना खायौ?
मैले अलि तल हेरे तिम्रो नामसङै हरियो लाइट बलिरहेको थियो।

त्यो पसिनाले भिजेको टिसर्ट झरे पछि। कोहि पछाडिबाट आयो। मेरो छेउको खाली सिटमा बस्यो। मैले हेर्ने कष्ट गरिन। म एकोहोरो मेरो भबिष्य नियाल्दै थिए झ्यालबाट बाहिर मैले देखे- केहि म जस्तै सुकेका रुखहरु र निष्पट अँध्यारो।

मेरो ध्यानलाई भङ गर्ने चेष्टा गर्दै एउटा आवाज आयो- लेज। खानु हुन्छ?
मैले झ्यालबाट मुन्टो भित्र ताने।
त्यो आवाज अघि खाना खाने ठाउमा हास्ने वाला केटिको रहेछ।
मैले २/४ वटा लेजका कप्टेरा झिकेर खाइदिए।
ड्राइभरले लाइट बाल्यो। फेरि निभायो।
फेरि बाल्यो, बालिरहयो। खै कुन प्यासेन्जरको मोबाइल खसेको रैछ।

'तपाईं पनि दार्ही ग्याङको मेम्बर हो कि क्या?'
उसले हास्दै सोधी।
मैले समर्थनमा मुन्टो हल्लाए!
ड्राइभरले बत्ती फेरि निभायो-मुलाङ काइभर।

-तपाइको नाम के हो?
- अनि घर कता नि?
-पढ्नु हुन्छ कि जागिरे हो?
- ऐले कता हिड्नु भएको?
उसले मोबाइल ह्याङ हुने गरि कोइसन सोधी।
म निदाए छु।
मलाइ सपनामा ऐठन पर्यो।
कोहि टाढाबाट कराएको आवाज आयो-                  कोहलपुर! कोहलपुर!
मैले आँखा खोले। सङै फेसबुक पनि खोले। २ बजेर १६ मिनेट गएको रहेछ। तिम्रो नामसङैको हरियो बत्ती खै कति बेला हराएछ। तिम्रो प्रोफाइल खोलेर हेरे तस्बिर हासिरहेकै थियो। लाग्छ त्यसले कैले हास्ने बिर्सने छैन।

गाडिमा एउटा गीत बज्दै थियो" टाढा टाढा जानू छ साथी एकफेर हासिदेउ"
झर्ने बेला मैले त्यो छेउको सिटलाइ हेरे। उसले हासेर मलाइ हेरि। उसले मलाइ हेरेर हासी।

म बाहिर निस्केर घर जाने बाटो छोपे। झ्यालबाट टाउको निकालेर छेउको सिटबाट कोहि करायो
- तपाईंको दारी दामि छ। मिस्टर दाह्री म्यान।
आवाजसङै सुन्दरसुदुरपश्चिम लेखेको गाडि गायब भयो।
मेरो सिटमा सायद अर्को कोहि आयो होला।

सडकमा झोला फालेर मैले फेसबुकमा हाम्रो कन्भर्सेसन हेरे।
अन्तिम म्यासेज 'हस' भन्ने रैछ, अर्को साइडमा लेखिएको थियो "आफ्नो ख्याल गर्नु" ।

#भोलि
घरमा अब फेरि त्यही डाइलगहरु दोहोरिने छ्न।
अब मैले उसले भनेका मेरा राम्रा दारीहरु काट्नै पर्ने हुन्छ।
18-July-207

Comments

Popular posts from this blog

पुनु तिमिलाई शुभकामना!

कबिता- चिया प्रेम

सिन्दुर नलगाउ है