Friday, September 7, 2018

कबिता - तिमी गए पछि त!

तिमी गए पछि त
मलाइ आफ्नै कोठा पनि बिरानो लाग्छ।
तिमी गए पछि त।
मलाई म छु जस्तो नै लाग्दैन तिमी हुदाको जस्तो।
कहाँ हुदो रहेछ र
तिमी गए पछि त।
हिजो रातभर के न के कुराले सताइ रहयो।
कहाँ पुग्यौ होला?
यो मन देखि टाढा, यो ठाउँ देखि टाढा
छेवैको सिटमा
खोइ को पो पर्यो होला?
तिमि त्यो मान्छेसङ बोल्यौ कि बोलिनौ होला?
यस्तै यस्तै
तर धेरै कुराहरु खेलिरहे मनमा।
मेरो मन रसियाको फुटवल स्टेडियम भन्दा पनि
धेरै भरियो।
तिमी गए पछि त।
राती खोइ कति बजे पो हो
मुङ्लिनको जाममा अड्किए भनेथ्यौ,
तिमी निदाउन सक्यौ होला कि
सकिनौ होला?
लागेथ्यो एकपटक फोन गरि हेरौ
तर गरिन, खोइ किन हो।
मलाइ थाहा छैन।
रात भरिमा मलाइ कति पटक सम्झियौ होला?
यात्रा भरिमा म छेवैमा छु भनेर खोइ कति पटक कल्पियौ होला?
मैले जस्तै हाम्रा पुराना कुराहरु
खोइ के के सम्झियौ होला?
हामी कसरी भेटिएथ्यौ, के के भनेर बोलेथ्यौ?
के के पो सम्झियौ होला।
गला सुक्दा छेवैको पानीको बोतलबाट
घुटुक्क पानी पियौ होला।
साच्चै तिमिले मलाइ के के भनेर सम्झियौ होला।
तिमी गए पछि त
मेरा झ्यालका पर्दा कति सम्म नखुल्ने होलान।
ग्यासको चुलो खोइ कति दिन सम्म नबल्ने होला।
एका बिहानै मलाइ चिया खा! न भन्दै खोइ कस्ले उठाउने होला।
तिमी गए पछि त।
घरको सानो बिरालो पनि म्याउ गर्दै मेरो कोठामा आउदैन होला?
आपको रुख माथी बसेर काग कराउदैन होला?
म पुगेर कल गर्छु ल
भन्दै थियौ जाने बेलामा।
म फोन कुरेर रात भरी बसिरहे तिम्रो।
जाने बेलामा लाएको कलेजी रङको लिपिस्टिक ऐले सम्म त खुइलियो होला।
आखाको गाजल खोइ हरायो कि हराएन।
अझै तिम्रो फोन आएन।
तिमी गए पछि
तिमी भए जस्तो नहुने रहेछ।
तिमी गए पछि त!!!!

3 comments:

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...