एउटा घर छ
Sunday, February 1, 2026
घर
केही पाइला हिडेर
दुई खोला तरेर
छिचोल्दै किनाराहरु
हामी पुग्न सक्छौ त्यो घर।
ठ्याक्कै हिमालको मुनि त हैन
तर
एउटा ठूलो पहाडको छानो छ।
गोवर र माटोले पोतेको त्यो घर भित्र
एउटा कोठा सजाइएको छ।
त्यहाँ छ्न
केही फिल्मी कलाकारको फोटो
अनि छ्न केही सुन्दर चित्र।
म हरेक पल्ट
त्यो घरमा जादा
मलाइ कुरेर बस्ने
बा, आमा छ्न
मलाइ माया गर्ने आफन्त पनि
भेटिन्छ्न।
मेरो एउटा रहर छ।
कुनै एक दशैको दिनमा
घरको ठूलो आगनमा
तिम्रो छेउ वसि
बा आमाले लगाइदिएको
टिका, जमरा र आशिर्वाद लिने।
मेरो एउटा रहर छ
तिम्रो घुमाउरो कपाललाइ पन्छ्याउदै
तिम्रो कानको छेउमा जमरा सिउरीदिने
तिम्रो रङ्गिएको निधार जस्तै
हाम्रो जिन्दगी सुन्दर बनाउने
मेरो एउटा रहर छ।
-२०८१/०६/१६ दैलेख
मान्छे हराएको सूचना!
सुदुर कर्णाली प्रदेशको
एउटा गाउँमा
जहाँ बाटोले बल्ल बल्ल छोएको छ।
बिजुली बत्तीले बेला बेला
लुकामारी खेल्ने गरेको छ।
त्यहि पहाडमा जन्मिएको
त्यहि माटोमा हुर्किएको
एउटा मान्छे।
अहिले काठमाडौको
खोइ कुन गल्लीमा तिर हो
कोठा भाडामा लिएर बस्छ रे।
वर्तमानमा सम्झिदै बिगत
खोइ के के सम्झेर हो, मुस्कुराइरहन्छ रे,
सायद सम्झिन्छ होला,
पिपल बोटको पिङ
पौडिने त्यो अजङ्गको खोला
लुकामारी खेल्ने साथीभाइ
बुड्यौलीमा पुगेका घाम जून
नाम त बिर्सिए मैले उसको
तर उसको हासो बिर्सन सकेको छैन
कतै भेट्यौ भने तिमिले
सुनाइदिनु उसलाइ
एउटा मान्छे हराएको सूचना
हरेक बर्ष
दशै तिहार र भैलोले
उसको बाटो हेरेर बसेको छ।
बिर्सियौ कि?
बिर्सियौ कि झै लाग्छ
झरी पछिको इन्द्रेणीको रङ्ग
अस्ताउदै गरेको सूर्यको प्रकाश
निदाउदै गरेको लठ्ठ आखाको चाल।
बिर्सियौ कि झै लाग्छ
पुसको जाडोमा
कपकपाउदै एउटै कपमा
खाएको चियाको स्वाद
एक अर्काको अङ्गालोको न्यानोपन
आँखा जुधाउदै बितेको समय।
सम्झेको छौ र?
प्रेम गर्नेहरुको कहानी
भस्मसुर डाडाको त्यो बतास
श्री अन्तुको सुर्योदय
माछापुच्छ्रे हिमाल काखको एक निमेष
होला विर्सनेहरुको आफ्नै बाध्यता
सम्झनेहरुको आफ्नै व्यथा
कतै हराएछ त्यो प्रेम कथा
जुन गोठालो जादा भेटिएको थियो।
Saturday, May 10, 2025
घर
घर भन्नू के रहेछ आमा?
ढुङ्गा माटोको जोड
कि परिवारको माया?
आफ्नो पन भन्नू के रहेछ?
पराइको अङ्गालो कि
घर छोडेर
घर बनाउन
परिवार छोडेर
परिवार बनाउन
हिडेको बर्षौ भएछ।
अब त बिर्से होला कि
मैले हिडेको गोरेटो
मेटिए होला मेरा पौतलाको
डोबहरु
अब मलाइ चिन्छ कि चिन्दैन होला
आमा मेरो गाउँको माटोले
मलाइ बिर्सियो होला है
मलाई हिड्न सिकाउने बाटोले?
कस्तो डर लाग्दो रहेछ आमा
अब म घर जादा
मलाइ हाम्रै घरको कुकुरले
नचिनेर भुक्यो भने?
मलाइ हाम्रै घरको गोरुले
सिङ देखाउदै हान्न आयो भने
हाम्रो घरको बिरालो
टाढा टाढा भाग्यो भने
पल्ला घरको फुच्चेले
मलाइ नचिन्न लाग्यो भने?
घर भनेको के रहेछ आमा?
ढुङ्गा माटोको जोड
कि बा आमाको काख?
ओ कवि
ओ कवि
कती लेख्छौ कबिता
आशुका
कती लेख्छौ गित
दुखका।
खुइलियो तिम्रो कपाल
सेता भए दाह्री जुङ्गा
अब त आँखा खोल
हेर आफुलाइ ऐनामा
यो समाजको दुख
कहिले सम्म बोकेर हिड्छौ
तिम्रो चाउरीएको छातीमा ?
एक्से गरेर हेर छाती
फोक्सोमा दाग छ कि त
फेरि नभन्नु यो दाग प्रेमले दिएको हो।
यो शहरको हावा के कम थियो र
फेरि सल्कायौ तिमिले अर्को चुरोट।
ओ कवि
अब त नलेख प्रेमको कबिता
तिमीले प्रेम गर्ने मान्छेको
२ बर्सको भैसक्यो बच्चा पनि
अब त खोज आफुलाइ
अब त भेटाउ आफुलाइ
सधै खोजेर हिड्छौ सपना
लगाए टीका पुतलीको
अब त भएन र लगनको टिको लगाउने समय?
ओ कवि
कलम मात्र बोकेर भएन अब
बोक जिम्मेवारी बा-आमाको पनि
अब त खोज जागिर
पकाउ भात
चलाउ पाखुरा
तिमिलाइ पर्खी बसिरहेको छ
एउटा नयाँ युगको क्रान्तिले।
२०८१-११-२० 
जन्मदिन
घाम उदाए जस्तै
जून सुस्ताए जस्तै
ए उदयमान मान्छे,
आज तिम्रो जन्मदिन रहेछ।
बनाइदिउ कि भनेर सोचे तिमिलाई माला।
फेरी सझिए
तिम्रो घाटिमा त मङ्गल सुत्र पो रहेछ
ओइली जाने फूलको दाजो
कसरी हुन सक्छ र सुनसङ।
फेरि सोचे टिपेर तारा
सिउरी दिउकी तिम्रो कपालमा
तिम्रो फोटो खोजेर हेरे
रङ्गिन रहेछ तिम्रो सिउदो-- रातो सिन्दुरले
छेउमा देखे सुनकै सिरफुली
मैले लगाइदिएको प्याउलीको फूल
ओइलीएर झरी सकेछ।
यस्तै एक दिन
कुनै वर्षको जन्मदिनमा
तिमी खुब रिसायथ्यौ
मलाइ भनेकी थियौ
'मेरो जन्मदिनमा पनि
मलाइ भेट्न आउन नसक्ने कति निर्दयी तिमी'?
हेर आज
म तिमिलाइ
भेट्न आउन सक्ने भएको छु।
हेर यो समय
अब हामी एक अर्कासङ भेट्न नमिल्ने भएका छौ।
इति !!
Like
Comment
एक जूनीमा
मनले चहाना राख्दा राख्दै
कामको बहाना नमिलेर
उभो जानु पर्ने म
नदि उल्टो नबगिदिएर।
जुनले रात पर्खे झै
रातले उज्यालो खोजे झै
उसले खोजेन कि मलाइ
उसले रोजेन कि मलाइ
पर्दैन बहाना खोज्न
यो जूनी एस्तै भएछ
अब भेटौ न तिमी र म
अर्को जूनीमा। 
एकान्तमा
तिमि छौ झै लाग्थ्यो
तिमि हुन्छौ झै लाग्थ्यो
मेरो कोहि नहुदा।
निष्पट अन्धकार रातमा
पीडाले औडाहा हुदाँ मलाई
मुलायम हातमा प्रेम बोकेर
सान्त्वनाको मैनबत्ती बालेर
मेरो सिरानीमा
तिमी हुन्छौ झै लाग्थ्यो।
अस्पतालको अध्यारो कोठामा
आशाको दिप वोकेर
मेरो निभेको अनुहार उज्यालो पार्न
रगत चडाइरहेको स्ट्यान्डको छेउमा
तिमी हुन्छौ झै लाग्थ्यो
मेरो आशा भरोषा तिमी
मेरो उज्यालो तिमी
खोइ कहाँ गयौ
मेरो जिन्दगी विरक्त हुदाँ
मलाई त म भन्दा पनि अगाडी
तिमी उभिन्छौ झै लाग्थ्यो।
२०८२-०१-२६
Thursday, July 4, 2024
म
म भुलि जाने याद जस्तो,
म कस्तुरीको सुवास जस्तो।
डुल्दै डुल्दै म हराएको वाटो जस्तो
म चिप्लो रातो माटो जस्तो।
म भुलि जाने याद जस्तो,
म अभागिको निधार जस्तो।
म चैतमा फुलेको फूल जस्तो
म वर्षाको भकभके मुल जस्तो
म रङ्ग जस्तो, म हावा जस्तो
म धुलो जस्तो,म पानी जस्तो
म कसैको जिन्दगीको
विछोडको कहानी जस्तो
म भुलि जाने याद जस्तो
म जिब्रोले थाहा नपाउने स्वाद जस्तो।
म कुनै चित्रकारको क्यान्भास जस्तो
म मरिसकेको आश जस्तो
म कस्तुरीको सुवास जस्तो
म भुलिजाने याद जस्तो।
म कुनै नेताको भाषणको वक्सवास जस्तो
म मरिसकेको आस जस्तो
म फूल पलास जस्तो
म दुश्मनको खास जस्तो
मृत्यु शैयाको म लास जस्तो
म भुलिजाने याद जस्तो।
म कस्तुरीको सुवास जस्तो।
डुल्दै डुल्दै म हराएको वाटो जस्तो
म चिप्लो रातो माटो जस्तो।
म भुलि जाने याद जस्तो,
म अभागिको निधार जस्तो।
म चैतमा फुलेको फूल जस्तो
म वर्षाको भकभके मुल जस्तो
म रङ्ग जस्तो, म हावा जस्तो
म धुलो जस्तो,म पानी जस्तो
म कसैको जिन्दगीको
विछोडको कहानी जस्तो
म भुलि जाने याद जस्तो
म जिब्रोले थाहा नपाउने स्वाद जस्तो।
म कुनै चित्रकारको क्यान्भास जस्तो
म मरिसकेको आश जस्तो
म कस्तुरीको सुवास जस्तो
म भुलिजाने याद जस्तो।
म कुनै नेताको भाषणको वक्सवास जस्तो
म मरिसकेको आस जस्तो
म फूल पलास जस्तो
म दुश्मनको खास जस्तो
मृत्यु शैयाको म लास जस्तो
म भुलिजाने याद जस्तो।
Subscribe to:
Posts (Atom)
सन्देश
साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...
-
If you truly Love someone Distance, Age, height, cast, Money doesn't matter. कुनै समय कुनै धनी या त कुनै काल्पनिक मान्छेले कुनै फिल्मका...
-
उन ताका ऊ मेरि सबै भन्दा ठूलि क्रस थिइ। मेरो सासमा सास मिलाइदिने। मेरो आशमा आश मिलाइदिने। बर्खा सिंह र मोस्ट्ली सेन उति खास थिएनन उ बेला जत...
-
हाम्री आमाको अनुसार फोटो खिच्दा हासेको राम्रो फोटो हैन रे, फोटो खिच्दा गमक्क भएर बस्नु पर्छ रे, त्यसैले आमाले हासेका १/२ वटा क्यान्डिड फोट...