Saturday, May 10, 2025

एक जूनीमा

 मनले चहाना राख्दा राख्दै

कामको बहाना नमिलेर
उभो जानु पर्ने म
नदि उल्टो नबगिदिएर।
फूललाई चुमेको भमरा ए!
उसलाई छोएर आउने बतास ए!
के तिमिले दिएनौ र मेरो खबर
चिठी बोकेर जाने
हुलाकी दाइ।
जुनले रात पर्खे झै
रातले उज्यालो खोजे झै
उसले खोजेन कि मलाइ
उसले रोजेन कि मलाइ
पर्दैन बहाना खोज्न
यो जूनी एस्तै भएछ
अब भेटौ न तिमी र म
अर्को जूनीमा। 💐

No comments:

Post a Comment

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...