Saturday, May 10, 2025

जन्मदिन

 घाम उदाए जस्तै

जून सुस्ताए जस्तै
ए उदयमान मान्छे,
आज तिम्रो जन्मदिन रहेछ।
टिपेर केही फूलका थुङा
बनाइदिउ कि भनेर सोचे तिमिलाई माला।
फेरी सझिए
तिम्रो घाटिमा त मङ्गल सुत्र पो रहेछ
ओइली जाने फूलको दाजो
कसरी हुन सक्छ र सुनसङ।
फेरि सोचे टिपेर तारा
सिउरी दिउकी तिम्रो कपालमा
तिम्रो फोटो खोजेर हेरे
रङ्गिन रहेछ तिम्रो सिउदो-- रातो सिन्दुरले
छेउमा देखे सुनकै सिरफुली
मैले लगाइदिएको प्याउलीको फूल
ओइलीएर झरी सकेछ।
यस्तै एक दिन
कुनै वर्षको जन्मदिनमा
तिमी खुब रिसायथ्यौ
मलाइ भनेकी थियौ
'मेरो जन्मदिनमा पनि
मलाइ भेट्न आउन नसक्ने कति निर्दयी तिमी'?
हेर आज
म तिमिलाइ
भेट्न आउन सक्ने भएको छु।
हेर यो समय
अब हामी एक अर्कासङ भेट्न नमिल्ने भएका छौ।
इति !!
Like
Comment

No comments:

Post a Comment

सपना

 एउटा फूल फुलेको छ अग्लो पर्खाल भित्रको फराकिलो घरको फराकिलो बगैंचामा एक झल्को  हेर्न मात्र भए पनि बनाउनु छ एउटा धरहरा  त्यो पर्खाल भन्दा अग...