ओ कवि
कती लेख्छौ कबिता
आशुका
कती लेख्छौ गित
दुखका।
खुइलियो तिम्रो कपाल
सेता भए दाह्री जुङ्गा
अब त आँखा खोल
हेर आफुलाइ ऐनामा
यो समाजको दुख
कहिले सम्म बोकेर हिड्छौ
तिम्रो चाउरीएको छातीमा ?
एक्से गरेर हेर छाती
फोक्सोमा दाग छ कि त
फेरि नभन्नु यो दाग प्रेमले दिएको हो।
यो शहरको हावा के कम थियो र
फेरि सल्कायौ तिमिले अर्को चुरोट।
ओ कवि
अब त नलेख प्रेमको कबिता
तिमीले प्रेम गर्ने मान्छेको
२ बर्सको भैसक्यो बच्चा पनि
अब त खोज आफुलाइ
अब त भेटाउ आफुलाइ
सधै खोजेर हिड्छौ सपना
लगाए टीका पुतलीको
अब त भएन र लगनको टिको लगाउने समय?
ओ कवि
कलम मात्र बोकेर भएन अब
बोक जिम्मेवारी बा-आमाको पनि
अब त खोज जागिर
पकाउ भात
चलाउ पाखुरा
तिमिलाइ पर्खी बसिरहेको छ
एउटा नयाँ युगको क्रान्तिले।
२०८१-११-२० 

No comments:
Post a Comment