Saturday, May 10, 2025

एकान्तमा

 तिमि छौ झै लाग्थ्यो

तिमि हुन्छौ  झै लाग्थ्यो

मेरो कोहि नहुदा।


निष्पट अन्धकार रातमा

पीडाले औडाहा हुदाँ मलाई

मुलायम हातमा प्रेम बोकेर

सान्त्वनाको मैनबत्ती बालेर

मेरो सिरानीमा 

तिमी हुन्छौ झै लाग्थ्यो।


अस्पतालको अध्यारो कोठामा

आशाको दिप वोकेर

मेरो निभेको अनुहार उज्यालो पार्न

रगत चडाइरहेको स्ट्यान्डको छेउमा

तिमी हुन्छौ झै लाग्थ्यो


मेरो आशा भरोषा तिमी

मेरो उज्यालो तिमी

खोइ कहाँ गयौ

मेरो जिन्दगी विरक्त हुदाँ

मलाई त म भन्दा पनि अगाडी

तिमी उभिन्छौ झै लाग्थ्यो।


२०८२-०१-२६

No comments:

Post a Comment

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...