Saturday, May 10, 2025

एकान्तमा

 तिमि छौ झै लाग्थ्यो

तिमि हुन्छौ  झै लाग्थ्यो

मेरो कोहि नहुदा।


निष्पट अन्धकार रातमा

पीडाले औडाहा हुदाँ मलाई

मुलायम हातमा प्रेम बोकेर

सान्त्वनाको मैनबत्ती बालेर

मेरो सिरानीमा 

तिमी हुन्छौ झै लाग्थ्यो।


अस्पतालको अध्यारो कोठामा

आशाको दिप वोकेर

मेरो निभेको अनुहार उज्यालो पार्न

रगत चडाइरहेको स्ट्यान्डको छेउमा

तिमी हुन्छौ झै लाग्थ्यो


मेरो आशा भरोषा तिमी

मेरो उज्यालो तिमी

खोइ कहाँ गयौ

मेरो जिन्दगी विरक्त हुदाँ

मलाई त म भन्दा पनि अगाडी

तिमी उभिन्छौ झै लाग्थ्यो।


२०८२-०१-२६

No comments:

Post a Comment

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...