Sunday, February 1, 2026

घर

 एउटा घर छ

केही पाइला हिडेर
दुई खोला तरेर
छिचोल्दै किनाराहरु
हामी पुग्न सक्छौ त्यो घर।
ठ्याक्कै हिमालको मुनि त हैन
तर
एउटा ठूलो पहाडको छानो छ।
गोवर र माटोले पोतेको त्यो घर भित्र
एउटा कोठा सजाइएको छ।
त्यहाँ छ्न
केही फिल्मी कलाकारको फोटो
अनि छ्न केही सुन्दर चित्र।
म हरेक पल्ट
त्यो घरमा जादा
मलाइ कुरेर बस्ने
बा, आमा छ्न
मलाइ माया गर्ने आफन्त पनि
भेटिन्छ्न।
मेरो एउटा रहर छ।
कुनै एक दशैको दिनमा
घरको ठूलो आगनमा
तिम्रो छेउ वसि
बा आमाले लगाइदिएको
टिका, जमरा र आशिर्वाद लिने।
मेरो एउटा रहर छ
तिम्रो घुमाउरो कपाललाइ पन्छ्याउदै
तिम्रो कानको छेउमा जमरा सिउरीदिने
तिम्रो रङ्गिएको निधार जस्तै
हाम्रो जिन्दगी सुन्दर बनाउने
मेरो एउटा रहर छ।
-२०८१/०६/१६ दैलेख

No comments:

Post a Comment

शुभकामना पुनु

 प्यारी पुनु फेसबुक भरी छरिएका छन तिम्रो मेहन्दीका फोटोहरु तिम्रो खुसीका पलहरु कुनै पल आफैले चुमेका ती हातरुमा अरु कसैको नामको मेहन्दी लागेक...