Sunday, February 1, 2026

मान्छे हराएको सूचना!


सुदुर कर्णाली प्रदेशको
एउटा गाउँमा
जहाँ बाटोले बल्ल बल्ल छोएको छ।
बिजुली बत्तीले बेला बेला
लुकामारी खेल्ने गरेको छ।
त्यहि पहाडमा जन्मिएको
त्यहि माटोमा हुर्किएको
एउटा मान्छे।
अहिले काठमाडौको
खोइ कुन गल्लीमा तिर हो
कोठा भाडामा लिएर बस्छ रे।
वर्तमानमा सम्झिदै बिगत
खोइ के के सम्झेर हो, मुस्कुराइरहन्छ रे,
सायद सम्झिन्छ होला,
पिपल बोटको पिङ
पौडिने त्यो अजङ्गको खोला
लुकामारी खेल्ने साथीभाइ
बुड्यौलीमा पुगेका घाम जून
नाम त बिर्सिए मैले उसको
तर उसको हासो बिर्सन सकेको छैन
कतै भेट्यौ भने तिमिले
सुनाइदिनु उसलाइ
एउटा मान्छे हराएको सूचना
हरेक बर्ष
दशै तिहार र भैलोले
उसको बाटो हेरेर बसेको छ।

No comments:

Post a Comment

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...