चित्त शुद्द पनि छैन
मेरो बोली बुद्द पनि होइन
म बाचेको मान्छे
रिस पनि छ, प्रेम पनि छ
इर्ष्या पनि छ र सङै छ सदभावना पनि।
दुखमा डाको छोडेर रोएको पनि छु
खुसीमा मन खोलेर हाँसेको छु
म त रहरले बाँचेको मान्छे।
पैतलाले किरा मात्र होइन
सपना रहर सबै मारेको छु।
यो मन सङ जित भन्दा पनि
म अक्सर हारेको छु।
अह मलाइ बुद्द बन्नु छैन
मलाई मान्छे बन्न देउ
मलाइ रहर बुन्न देउ
मलाइ आफु बन्न देउ।
मृत्युु पछिको मोक्ष
मलाइ के काम
यो जिवन मलाइ बाच्न देउ
म दौडिन्छु
मेरो पखेटा खोलिदेउ
म रुन्छु मेरो आँसु नपखाली देउ।
मैले भने त तिमिलाइ
मेरो चित्त पनि शुद्द छैन
मेरो बोलिमा कुनै बुद्द छैन
मेरो आँखा लोभी छ्न
मेरो मन पनि पापी छ
र त मलाइ मान्छे बन्न देउ
मलाइ मृत्यु पछिको
मोक्ष प्यारो लाग्दैन।
No comments:
Post a Comment