साझको हावाले
खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर आउनेछु भोलि वा भन्दैछ म आउनेछु जूनको सितल बोकेर साझ ढलेको बेला दिप जलेको बेला म जून तारामा देख्छु आकृति तिम्रो म दर्पणमा देख्छु मुहार तिम्रो बिहानीको मन्द घामले के भनिरहेछ होला सायद भन्दै छ कि फरक छ तिमी बसेको धर्ती तर हेर एउटै छ्न घाम जून एउटै छन यी तारा र नक्षत्र र एउटै छौ तिमी र म एउटै छ हाम्रो भाग्य पनि!Monday, May 11, 2026
आमा दिवस!
आमालाई सोध्छु
ए! आमा के चाहिन्छ तिमिलाइ? आमा टाउको हल्लाउदै भन्नू हुन्छ केही चाहिएको छैन तैले ख्याल गर्नु आफ्नो फेरि सोध्छु आमा, केही खान मन लागेको छ केही लाउन मन लागेको छ केही किन्न मन लागेको छ आमा भन्नू हुन्छ खान, लाउन सबै छ यहाँ बस, त छैनस घर न्यास्रो छ तलाइ देख्न मन लागेको छ तलाइ छुन मन लागेको छ मैले पकाएर ख्वाउन मन लागेको छ म कति गरिब भएछु आमाका कुनै चाहना न किन्न सक्छु न दिन सक्छु सायद यस्तै हो भगवानका चहाना पूरा गर्न गाह्रो छ मैले मन्दिरमा आमाको फोटो राखेको छु।एउटा मान्छे छ!
एउटा मान्छे छ
जो याद आइरहन्छ। मलाइ आमाले झै माया गर्ने बा'ले जस्तै बुझिदिने भाइ बैनी झै सम्झिरहने एउटा मान्छे छ जो याद आइरहन्छ। चर्को घाममा छाता दिने मलाइ प्रियको नाता दिने बर्खा झरी हिउद जस्तै सधै शरद रितु दिने एउटा मान्छे छ जो याद आइरहन्छ। मलाइ सिधा बाटो डोर्याइदिने असल बन्न प्रेरणा दिने दुखको मूल्य सिकाइदिने खुसीको पल देखाइदिने नदि जस्तै दुनियामा बगर बनी सघाइदिने सपनीमा जिस्काइरहने बिपनीमा हात समाइदिने सुर्यमुखी झै पछ्याइरहने एउटा मान्छे छ जो खुब याद आइरहन्छपर्खाई
म
पर्खेर बसेको छु मरुभूमि जसरी तिमी आउनु प्रिया साउने झरी जसरी म कुरेर बसेको छु माछापुच्छ्रे जसरी तिमी आउनु प्रिया गुराँस फूले जसरी यो पटक आउदा तिमी यसरी आउनु फेरि फिर्ता नहुने गरि नआउनु तिमी खहरे जसरी नआउनु तिमी रितु जसरी किनकी म पर्खेर बसेको छु तिमिलाइ फेवाताल जसरी तिमि आउनु प्रिया तालबाराही जसरी !म!
म उडु
स्वस्पन्द आकाशमा म बस्ने हागो तिमी हुनु! म हिडु, म भागु मेरो रोकिने गन्तव्य तिमी हुनु! म खसु छागो जस्तो म बगु खोला जस्तो म अडिने समुन्द्र तिमी हुनु म चडु पहाड दुखको मेरो पुग्ने बिन्दु तिमी हुनु म बैरागी म बेफिक्री म होउ ढुङ्गा फेवाको मेरो अडिने किनारा तिमी हुनु म बनु फूल पुजाको म पुग्ने मन्दिरको देउता तिमी हुनु म भए पनि एउटा परदेशी जीवन मलाइ कुरीराखेको मेरो घर तिमी हुनु मेरो प्रेमको यो जिन्दगीको एक चिहान तिमी हुनु।प्रिय फूल!
प्रिय फूल
मेरो माया तिमिलाइ मेरो हेराइ तिमिलाइ मेरा यी आँखा तिमिलाइ यो पर-देशमा बसेर तिम्रो स्पर्श गर्न सक्दिन तर मेरा यी हत्केला मेरा यी औला तिमिलाइ मेरो मानसपटलको सबै शान्ति तिमिलाइ यो ओठ यो हासो, यो मुस्कान सबै सबै तिमिलाइ मेरो प्रिय फूल म जहाज चडेर समुन्द्र तरेर तिम्रो काखमा मेरो शिर राख्न नआउदा सम्म तिमी अरुको आखामा नवस्नु है तिमी ओइलाएर नझर्नु है प्रिय् फूल।एकदिन
एकदिन
कुनै कविता लेख्दा लेख्दै मैले अन्जानमै लेखेको थिए यो जिन्दगी एउटा सम्झौता हो। कस्तो सम्झौता? कस्तो जिन्दगी? म अनुत्तरित छु तर लेखेको थिए प्रेम पनि सम्झौता हो। मलाइ आकाशसङ र फूलहरुसङ गर्नु छ एउटा सम्झौता ए फूल, पन्छाइदिनु उसले हिडने बाटोका काडाहरु बिझ्याइदिनु उसका पाउमा फूलहरु! उसले चप्पल लगाउन जानेकी छैन ए आकाश नरुझाइदिनु उसलाइ छाता नबोकेको दिन उसले ओत बस्न जानेकी छैन ए मान्छे नछुनु मेरो कलिलो छोरीलाइ उसले मान्छे चिन्न जानेकी छैन।एउटा
लेखौ कि
सोचेको थिए एउटा कविता आज पनि र आउन बिर्सियो याद तिम्रो आज पनि तिम्रो याद बिना कविता, कविता रहदैन गीतहरुले भाव पाउदैन सुन्दर फूलहरुमा सुगन्ध आउदैन पुतलीले खुसुक्क गीत पनि गाउदैन तिम्रो याद बिना मलाइ आफ्नै याद आउदैन तिम्रो याद बिना!कथा
भन न
के हो तिम्रो कथा तिम्रो यात्रा यो जिन्दगीको यो प्रेमको कसरी निस्कियौ तिमी रावणको वाटिका बाट? काटिएका थिए हैन र तिम्रा पखेटाहरु हत्कडी पनि थियो क्यार हेर त अहिले उड्ने भएछौ फेरि नयाँ पखेटा पलाएछ्न पालुवा पलाए जस्तो मैले भनेको थिए तिमी दौडिने छौ फेरि समय दौडिए जसरी ओहो कस्तो खुसी लाग्यो आज तिमी आयौ मेरी आमा नै आए जसरी सायद मेरा पर्खाइका दिनहरु सकिएछन अब।जङ्गली फूल
ए
जंगली फूल मनपराउने मान्छे तिम्रै आगनमा फूलेको छ एउटा चमेली।कति भयो तिमिले पानी नहालेको गोडमेल नगरेको रेखदेख नगरेको हेरेक दिन तिमी भित्र बाहिर गर्दा बाहिर भित्र गर्दा कति पटक आँखा जुधेको छ कहिल्यै चमेलीको फूललाइ हेरेर तिमी मुसुक्क हासेका छौ? ए जंगली फूल मनपराउने मान्छे कस्तो बहुरुपी तिमी त तिम्रै आगनमा फूलेको छ एउटा चमेलीको फूल।Tuesday, April 14, 2026
शुभकामना पुनु
प्यारी पुनु
फेसबुक भरी छरिएका छनतिम्रो मेहन्दीका फोटोहरु
तिम्रो खुसीका पलहरु
कुनै पल आफैले चुमेका ती हातरुमा
अरु कसैको नामको मेहन्दी लागेको हेरिरहदा
बहुत मन दुख्दो रहेछ।
म सोचिरछु
आखिर कस्तो हुनु पर्थ्यो म
के के कुरा नपुगेर हो म मा
यसरी टाढिएका छौ हामी।
यदि यो जिन्दगी सिनेमा भैदिए
फरक हुन सक्थ्यो कि परिस्थिति
हामी त बास्तबिकतामा बाचेको मान्छे
अब बदलिन सक्दैन हाम्रो भाग्य।
चियाघरको मटकामा लेखेको तिम्रो नामको
फुट्योकी माटोको भाडो
उस्तै गरि फुटेको छ भाग्य मेरो।
प्यारी पुनु
यो अन्तिम हो
आज देखि लेख्ने छैन
तिम्रो लागि कविता
किनकी तिम्रो भाग्य
अरु कसैसङ लेखिसकेको छ।
गाउने छैन तिमिलाइ मन पर्ने गीत
तिमिलाइ मन पर्ने आवाज अब फेरिसकेको छ।
जलाइदेउ है
हामीले साटेका उपहारहरु
यसै ठूलो जिम्मेवारीको भारी छ तिमिसङ
कसरी सकौले यादको भारी बोकेर
डोलि चडेर बिदाइ हुन तिमी
मेटाइदेउ हामीले साटेका यादहरु पनि
यो संसारमा सबै भन्दा गरुङ्गो याद त रहेछ।
पुनु यति कुरा याद गर ल!
भोलि
तिमी अन्मिएर बिदाइ हुँदै
कारको ढोका खोलेरे हेर्दा
तिम्रो छेउको अर्को सिटमा
दुलाहको भेषमा वसेको मान्छे म होइन है।
तिमी दिन भरको कामले
थकित भएर साझ घर फर्किदा
तिम्रो निधाए चुमेर,
खुट्टामा तेल लगाइदिन्छु भन्ने मान्छे म होइन है।
तिम्रो खुसीमा हासिदिने
तिम्रो दुखमा सम्हाली दिने मान्छे म होइन है।
ए अल्छी कति सुतेको उठन अब त
भन्दै तिमिले कराउने मान्छे म होइन है
तिमिलाइ पिजडा देखि मुक्त पारेर
यो समाजको घेरा चिर्दै
खुल्ला आकाशमा उड्न सिकाउने मान्छे
म होइन है।
तिम्रो मेहन्दिको रङ
तिम्रो सिन्दुरको रङ
कहिल्यै नमेटियोस
मलाइ अर्को जूनीमा पनि
तिम्रो हुन मन छैन
तिमिलाइ वैबाहिक जिबनको
शुभकामना पुनु।
🍁🍁
Tuesday, February 3, 2026
सपना
एउटा फूल फुलेको छ
अग्लो पर्खाल भित्रको
फराकिलो घरको
फराकिलो बगैंचामा
एक झल्को
हेर्न मात्र भए पनि
बनाउनु छ
एउटा धरहरा
त्यो पर्खाल भन्दा अग्लो
अन्तिम जूनी
यसो आँखा झिम्कयाउदा
बिति जान्छ एक युग
यसो टोलाएर बस्दा
बगि जान्छ एक नदि
सूर्यको प्रचण्ड रापमा
सुकि जान्छ समुन्द्र
एउटा शासकको एक कालमा
रित्तो हुन्छन आमाका कोखहरु
ए फर्केर आउने मान्छे
यो उमेर नसकिदै आउनु है
मैले बुझेको छु
यहि अन्तिम जूनी हो हाम्रो!
Sunday, February 1, 2026
हात
तिम्रो हातमा
मेहन्दी लगाइ दिन मन थियो
डिजाइन नै मन परेन भन्ने हौ कि?
हरियो चुरा दिन मन थियो
हतकडी लगाइ दियो भन्ने हौ कि?
हरियौ साडी उपहार दिन मन थियो
कस्तो पुरुषप्रधान सोच तिम्रो, भन्ने हौ कि?
उपहार के के दिने हो?
सोच्नै अप्ठेरो, खोज्नै अप्ठेरो रोज्नै अप्ठ्यारो
आजकल उपहारको पनि अनेक अर्थ लाग्दो रहेछ
मैले त माया गरेर
आफ्नै सम्झेर, दिएको हु यो प्रेम तिमीलाइ
यो कविता होइन!
तिमिले हेर्ने फूल, तिमिले हेर्ने जुन
यो तिम्रो मात्र होइन।
तिमिले हेर्ने यो आँखा पनि तिम्रो होइन
तिमिले फेरेको यो श्वास पनि उधारोको त हो।
फेरि यो मेरो मेरो भन्दै
किन ध्वनी प्रदुषण गर्छौ??
किन इमान वेचेर
झुटको खेती गर्छौ?
उसले म तिम्रो होइन भनेको छ
तिमी उसकै लागि मर्छु भन्छौ।
हेर त
यो तिमी उभिएको धर्ती पनि भाडामा लिएको हो।
आउ यो जिन्दगी हासेर बिताउ
प्रेमको गीतमा नाचेर बसौ
भोलि त के छ र?
त्रीशुलीमा डुबिन्छ कि
कोटेश्वरमा जलिन्छ
कससेकम आज त यो जिन्दगी बाचौ
आउ हामी प्रेम गरौ
प्रेमको कविता लेखौ।
सुन न!
यो प्रेमको कविता
मैले तिम्रो लागि लेखेको हो।
अ तिम्रै लागि के
किन यता उता गर्छौ
हो तिमी यो कबिता पढ्ने मान्छे
यो कबिता मैले तिम्रै लागि लेखेको हुम
मैले तिमीलाइ प्रेम गर्छु
ओ! कविता पढ्ने मान्छे
मैले तिमीलाइ प्रेम गर्छु।
विश्वास
विश्वास गर भन्छौ
कस्को गरौ?
प्रेम गर भन्छौ
कसलाइ गरौ?
अनेक बाहनामा घातीहरु छ्न
कति त आफ्न्त ज्याजती छ्न।
फूललाइ आफ्नो मानौ
खोइ कस्ले पो टिपेर लाने हो
यो जिन्दगी पनि त सक्किएर जाने हो।
बादलको घुम्टो ओडेर
ग्रहको गहना जोडेर
तारा झै मुस्काउने ए फूल
भन म कसलाइ बिश्वास गरौ?
बानी
बानी परेको हो कि?
बानी पारिएको हो ।
यो प्रेम
अहिलेको झरी जस्तै गरि
बर्षिरहेको छ।
तिम्रा
स-साना अफिसका किस्साहरु
तिम्रा मुडस्वीङका हर्कतहरु
तिम्रा कहिल्यै नसकिने कुराहरु
सब-सब मन पर्न थालेका छन।
तिम्रो कपालको वासना
तिम्रो नङको पालिसको रङ्ग
तिमिलाइ मन पर्ने खाना
तिमिले बोल्न बनाउने बाहना
सब-सब मन पर्ने थालेका छ्न
बानी परेको हो कि तिम्रो
बानी पारिएको हो।
प्रेम बर्षात हो
रुझाउछ कहिले खुसीका आशुले
कहिले बिछोडका आशुले
प्रेम वर्षात हो
अस्तित्व मेटाइदिन्छ
प्रेम वर्षात हो
स्वतन्त्र बनाइ दिन्छ।
प्रेम आगो हो
न्यानो वनाइदिन्छ
कहि जिन्दगी जलाइ दिन्छ।
तिम्रो बानी परेको हो
कि बानी पारिएको हो?
यो प्रेमले हामीलाइ
निथ्रुक्क रुझाएको छ।
के मन पर्छ?
हरितालिका तिज मन पर्छ?
कि रातो सारी?
कि सारीमा सजिएको उनी?
भन के मन पर्छ।
दशै मन पर्छ कि?
रातो टीका र जमरी
कि मन पर्छ
आफ्नहरुको जमघट
र आकाशमा उडेको चङ्गा ?
तिहार मन पर्छ कि
भाइटिकाको धर्को
वा त मन पर्छ तिमिलाइ
त्तो देउसी भैलीको रमाइलो?
मान्छेलाइ गाउँ मन पर्छ कि शहर
घर मन पर्छ कि
घर भित्रका बा आमा हजुरबा आमा अनि भाइ बैनी काका काकी?
देश मन पर्छ कि यहि देशको नागरिकता
बिदेश मन पर्ने हो कि
ठुला घर चिल्ला सडक र गाडी
मान्छे स्वार्थी हो कि निस्वार्थी
दयालु छ कि क्रुर
नागरिकता मन पर्छ होला कि राहदानी
मान्छे मन पर्छ कि आनी बानी?
जन्म मात्र हो र यो जिन्दगानी?
भेट
भेटनलाई हतार किन गर्छौ?
चाहिने समय लेउ
एक छिन सोच
माइक्रो वसको सहचालक जस्तो
तिमी हतार किन गर्छौ?
भेटनलाइ हतार नगर
छिट्टै भेटिए,
छिट्टै छुट्टिन पर्छ।
भेटनलाइ हतार नगर।
Subscribe to:
Posts (Atom)
सन्देश
साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...
-
If you truly Love someone Distance, Age, height, cast, Money doesn't matter. कुनै समय कुनै धनी या त कुनै काल्पनिक मान्छेले कुनै फिल्मका...
-
उन ताका ऊ मेरि सबै भन्दा ठूलि क्रस थिइ। मेरो सासमा सास मिलाइदिने। मेरो आशमा आश मिलाइदिने। बर्खा सिंह र मोस्ट्ली सेन उति खास थिएनन उ बेला जत...
-
हाम्री आमाको अनुसार फोटो खिच्दा हासेको राम्रो फोटो हैन रे, फोटो खिच्दा गमक्क भएर बस्नु पर्छ रे, त्यसैले आमाले हासेका १/२ वटा क्यान्डिड फोट...