Friday, October 29, 2021
सवाल
Sunday, October 17, 2021
फोटो
हाम्री आमाको अनुसार फोटो खिच्दा हासेको राम्रो फोटो हैन रे, फोटो खिच्दा गमक्क भएर बस्नु पर्छ रे, त्यसैले आमाले हासेका १/२ वटा क्यान्डिड फोटो बाहेक अरु फोटोमा हासेको देखिदैन।
हुन त आमाका फोटोहरु नै कती होलान र ? गनेरै भन्ने हो भने एक दर्जन जति होलान - केही थान एल्बममा केहि मेरो मोबाइ फोनमा।
आमाको बिहे हुदा क्यामेराको उस्तो चलन थिएन, भए पनि आजको जस्तो थिएन, फोटो खिच्ने भनेकै नागरिकता बनाउदा बेलाको व्लायाक एन्ड ह्वाइट फोटो हो। त्यसैले आमा-वा को बिहेको फोटो पनि छैन एल्बममा। हेर्नुस त प्रबिधिले मान्छेका सम्झनमा पनि असर गर्दो रहेछ।
एल्वममा भएको आमाको र मेरो एउटा फोटो छ म एक-दुइ बर्ष तिरको हुदा होला। अर्को केही बर्ष अगाडी डिजिटल क्यामेरा आइसके पछि बा-आमाको फोटो छ। जुन आमाले ठूलो बनाएर भित्तामा अड्याइनु भएको छ। आमा-बा को त्यही फोटो सङै जिल्ला शिक्षा कार्यलयले मलाई दिएको एउटा सम्मान पत्र पनि झुन्डिएको छ भित्तामा। त्यसको लगत्तै मामाघरको मेरा बाजे ए बज्यैको एक प्रती फोटो छ भित्तामा। बाकी भित्ता सबै खाली छ आमाको फोटो एल्बमको जस्तै।
कहिले काहीँ सोच्छु म, मान्छेलाइ फोटोको आवश्यकता के के कारणले पर्छ होला है? जस्तो कि बिर्सन लागेका यादहरु फेरि ताजा गर्न, देश बिदेशका कुराहरु हेर्न वा आफुलाइ मन परेको मान्छे आफ्नो नजिकको अर्को मान्छेलाइ चिनाउन वा देखाउन, यस्तै यस्तै त होला नि?
अस्ति आमाले कुपिन्डे दह घुम्न जान मन छ भन्नू भयो। खोइ कस्ले पो हो आमालाइ कुपिन्डे दहको बखान गर्नु भएको रहेछ, सौभाग्यवस केही साल अगाडी तिमी र म पनि पुगेका थियौ त्यहाँ, मैले मोबाइलमा त्यही दहको फोटो देखाए, फोटोको अन्तिम अन्तिम तिर तिम्रो र मेरो सङै उभिएको फोटो पनि रहेछ।
त्यो फोटो आमाले देख्नु भयो र म तिर को हो? को भावले हेर्नु भो।
मैले पनि तिम्रो बारेमा भनिदिए। अनि संयोग हेर न तिमी त्यो फोटोमा गमक्क भएर बसेकी रहिछौ, आमालाइ त्यो फोटो मन पर्यो अरे, एकछिन तिम्रो लागि तारिफको पुल बाध्नु भयो।
त्यस पछि मैले तिम्रो अरु अरु फोटो पनि देखाइदिए आमालाइ तिम्रो त्यो सारी लाएको फोटो हिजो देखि आमाको फेबरेट फोटो भएको छ।
आज आमासँग कोदो टिप्न गएको थिए म। आमाले फेरि तिम्रो कुरा झिक्नु भयो, को हो? कसकी छोरी ? घर कहाँ ? के गर्छे आदि आदि। मैले पनि केही केही कुराको जबाफ दिए, कुनै बेला कोहि केटिको नाम म सङ जोडिदा रिसाउने आमा आजकल खुब चासो दिन थाल्नु भएको छ। सायद उमेरको प्रभाव होला।
हिजो दशैको दिन टिका लगाउदा सबले के के भनेर आशिर्वाद दिए मलाइ, तिमिलाइ पनि दिए होलान। हाम्रो परिवारको जेठो छोरा होस अब पढेर मात्र हुन्न, बिहे गर्नु पर्यो भनेर सबले जिस्काए, म बाहिर बाहिर लजाए मन मनमा मख्ख परे जे होस मनको भावना मन भित्रै राख्ने सफल भए। तर तिमिलाइ पनि खुब सम्झिए नि मैले, तिमिलाइ बाडुल्की लाग्यो होला कि नाइ तिमिले भनिनौ।
बिहे क्या अनौठो सम्बन्ध हुदो हो जस्तै लाग्ने है, जिन्दगीमा एक पटकको अनुभव होला है यो त? तिन-चार पटक बिहे गर्नेहरुले पहिलो पटक झै महशुस हरेक पटक गर्छन होला कि नाइ खोइ कहिले कहिले यस्तै कुरा सोचिबस्छु म।
आमाका आजकल केही चेक लिस्टहरु छन। जस्तो कि एकपटक बा-सङ कासी धाम दर्शन गरेर गङ्गा नदिमा नुहाउने, एक पटक प्लेन चढेर काठमाडौ गइ पशुपति दर्शन गर्ने र चिडियाखाना घुम्ने, एकपटक पोखराको फेवातालमा ढुङ्गामा चढ्ने आदि आदि अब आमाको एउटा अर्को सपना थपिएको छ, जेठी बुहारी सङै फोटो खिचेर त्यसको फ्रेमिङ गरेर आफ्नो फोटो नजिकै भित्तामा झुम्ड्याउने, अब आमाका यी सपनाहरू पूरा गर्न मेरै काधमा छ।
भन अब आमासङै फोटो खिच्न कैले आउने हो तिमी?
Saturday, July 31, 2021
खोइ के जिन्दगी
कुन चै मुड चलेर हो मैले यति लेखेको थिए, अनि खोइ यो भन्दा अगाडि लेख्न मन लागेन वा मेरो मुड के भयो। फेरि कुनै दिन मुड चलेछ भने फेरि लेखौला मेरो जिन्दगी। अहिलेलाई
ईति
Monday, January 11, 2021
कविता
म जुन हु तिम्रो
सङ्सारको कुनै कुनामा जाउ तिमीम पछ्याउँदै आउला तिमिलाइ
आफ्नो बरण्डा देखि हेर तिमी
वा रातिको लामो दुरिमा
गाडिको झ्यालबाट हेर
म त्यही हुने छु तिम्रो माथी
बनेर सितको थोपा
बर्षिरहेको हुनेछु।
तिमि सोधौले अरे!
म रातिमा मात्र किने देखिन्छु भनेर
अँध्यारो रात, तिम्रा नराम्रो दिनहरु हुन
असफलता मिलेको बेला
जिन्दगीले पिरोलेको बेला
म त्यही हुनेछु तिमिलाइ वाटो देखाउन
म शीत वनेर तिम्रो आँसु रोइरहेको हुनेछ।
- २०७७/९/२२
Tuesday, September 29, 2020
Saturday, August 15, 2020
मन
मन
को हो ?
कस्ले दिन्छ
Wednesday, August 12, 2020
मेरा बा!
मैले
अझै बलवान् कोहि यो ब्रह्माण्डमा होला भनेर,
मैले कहिल्य सोचेको थिइन
मेरा बा आमाले बगाएको पसिना भन्दा पनि
धेरै यो संसारमा केही होला भनेर।
ओ हो
मेरो घर त छाताको करङ जस्तै रैछ।
कैले पहिरोले बङ्गायो।
कैले बाढी आएर।
Sunday, August 9, 2020
बाटो!
चुनौतिका अप्ठेरा बाटोहरु!
हिड्न कहिल्य नडराउनु तिमी।
यो कुरा याद राख्नु कि तिम्रा पाइला मुन्तिर
मेरै पैतलाका डोबहरु हुने छ्न।
Tuesday, August 4, 2020
बकवास!!!!
कैले काहीँ म नचाहने भन्दा बढता पनि बोल्छु। यसो भनिरहदा - मेरो केहि बोले पछि मात्र के बोलेछु भनेर सोच्ने बानिलाइ छुटाउन सक्दिन।
हो मेरो सोचेर नबोल्ने बानी छ। कैले काहीँ अलि बढि सार्कास्टिक हुने चक्करमा म अर्को मान्छेको मनलाइ दुखाइदिन पुग्छु।
मलाइ फेरि मेरो शान्त भावको सम्झना आउँछ।
मैले क्याजुअल गफमा प्रयोग गरेका शब्दहरु र तिनका अर्थहरु एकछिनको रमाइलो र बोल्दा बोल्दै के बोलौ के बोलौ हुने स्थितिमा सिर्जना हुने कुरा हुन।
जिन्दगीमा धेरै थोक हारेको मान्छेलाई पनि कमसेकम कुराको बादबिवादमा नहारौ भन्ने लाग्दो रैछ।
वादबिवाद जित्ने मान्छेले पनि मित्रता हारेको देखेको छु।
नदिको बेगमा बगेको पलास्टिकको थौली किनारामा अडके जस्तो।
आजकल भेटघाट हुन्छ। देखा देख हुन्छ। बोल्चाल हुदैन।
पुग्नु कहि थियो कहि पुगेछौ हामी।
गल्तिहरु हुन्छ्न जानी नजानी पनि।
सानो छदा एउटा गीत रेडियो नेपालले खुब बजायो,
'रुन्छ नि मन किन रुदैन
रुखो बोली नबोल निरमाया बचनको घाउ निको हुदैन।'
मेरो बोली रुखो होला पनि म मान्दछु तर रुखो बोली सबै मनमा लिएर चित सानो पार्ने काम नगरिदिनु होला।
म कोइली त होइन र पनि मीठो बोल्छु होला कहिले काहीँ। यदि याद नै गर्नु छ भने मेरो असल काम र असल पक्षलाई याद गरिदिनुहोस।
तपाईको मन दुखेर/ तपाईको मन दुखाइ दिएर - न तपाईंको न मेरो ब्याङ्क कसैको ब्याङ्क ब्यालेन्स बढ्दैन।
र मलाइ थाहा छ, तपाईं तिजमा बाहेक अरु बेला लोकगित सुन्नु हुदैन।
तपाईं जस्टिन बिबरको ' सरि' भन्ने गीत सुन्ने पुस्ता हो।
त्यसैले 'आइ अम सरि'।
सन्देश
साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...
-
If you truly Love someone Distance, Age, height, cast, Money doesn't matter. कुनै समय कुनै धनी या त कुनै काल्पनिक मान्छेले कुनै फिल्मका...
-
उन ताका ऊ मेरि सबै भन्दा ठूलि क्रस थिइ। मेरो सासमा सास मिलाइदिने। मेरो आशमा आश मिलाइदिने। बर्खा सिंह र मोस्ट्ली सेन उति खास थिएनन उ बेला जत...
-
हाम्री आमाको अनुसार फोटो खिच्दा हासेको राम्रो फोटो हैन रे, फोटो खिच्दा गमक्क भएर बस्नु पर्छ रे, त्यसैले आमाले हासेका १/२ वटा क्यान्डिड फोट...