अलि धेरै बोल्ने बानी छ मेरो। विशेषत नयाँ मान्छेसङ। यसको मतलब पुरानासङ कम नबोल्ने भनेको होइन। पुरानाहरु युज टु भैसकेका छन।
कैले काहीँ म नचाहने भन्दा बढता पनि बोल्छु। यसो भनिरहदा - मेरो केहि बोले पछि मात्र के बोलेछु भनेर सोच्ने बानिलाइ छुटाउन सक्दिन।
हो मेरो सोचेर नबोल्ने बानी छ। कैले काहीँ अलि बढि सार्कास्टिक हुने चक्करमा म अर्को मान्छेको मनलाइ दुखाइदिन पुग्छु।
मलाइ फेरि मेरो शान्त भावको सम्झना आउँछ।
मैले क्याजुअल गफमा प्रयोग गरेका शब्दहरु र तिनका अर्थहरु एकछिनको रमाइलो र बोल्दा बोल्दै के बोलौ के बोलौ हुने स्थितिमा सिर्जना हुने कुरा हुन।
जिन्दगीमा धेरै थोक हारेको मान्छेलाई पनि कमसेकम कुराको बादबिवादमा नहारौ भन्ने लाग्दो रैछ।
वादबिवाद जित्ने मान्छेले पनि मित्रता हारेको देखेको छु।
नदिको बेगमा बगेको पलास्टिकको थौली किनारामा अडके जस्तो।
आजकल भेटघाट हुन्छ। देखा देख हुन्छ। बोल्चाल हुदैन।
पुग्नु कहि थियो कहि पुगेछौ हामी।
गल्तिहरु हुन्छ्न जानी नजानी पनि।
सानो छदा एउटा गीत रेडियो नेपालले खुब बजायो,
'रुन्छ नि मन किन रुदैन
रुखो बोली नबोल निरमाया बचनको घाउ निको हुदैन।'
मेरो बोली रुखो होला पनि म मान्दछु तर रुखो बोली सबै मनमा लिएर चित सानो पार्ने काम नगरिदिनु होला।
म कोइली त होइन र पनि मीठो बोल्छु होला कहिले काहीँ। यदि याद नै गर्नु छ भने मेरो असल काम र असल पक्षलाई याद गरिदिनुहोस।
तपाईको मन दुखेर/ तपाईको मन दुखाइ दिएर - न तपाईंको न मेरो ब्याङ्क कसैको ब्याङ्क ब्यालेन्स बढ्दैन।
र मलाइ थाहा छ, तपाईं तिजमा बाहेक अरु बेला लोकगित सुन्नु हुदैन।
तपाईं जस्टिन बिबरको ' सरि' भन्ने गीत सुन्ने पुस्ता हो।
त्यसैले 'आइ अम सरि'।
Tuesday, August 4, 2020
Subscribe to:
Post Comments (Atom)
सपना
एउटा फूल फुलेको छ अग्लो पर्खाल भित्रको फराकिलो घरको फराकिलो बगैंचामा एक झल्को हेर्न मात्र भए पनि बनाउनु छ एउटा धरहरा त्यो पर्खाल भन्दा अग...
-
कुनै दिन तिमी र म एउटै टेबलको २ कुनामा वसेर चिया पिउदै आँखा जुधाउदै गर्दा। यो सोच्नु पर्थ्यो कि यी आँखाहरु पनि थाक्छन यी कपहरु पनि ...
-
If you truly Love someone Distance, Age, height, cast, Money doesn't matter. कुनै समय कुनै धनी या त कुनै काल्पनिक मान्छेले कुनै फिल्मका...
-
रुख र चरी। हजारौ बर्ष पुरानो एउटा बूढो रुख थियो। एक दिन एउटा सुन्दर चरि आएर रुख भन्दा पनि बूढो हागामा बसि त्यही आफ्नो गुड बन...
No comments:
Post a Comment