Wednesday, August 12, 2020

मेरा बा!



मैले 
कहिल्य सोचेको थिइन
मेरा बा को पाखुरा भन्दा पनि
अझै बलवान् कोहि यो ब्रह्माण्डमा होला भनेर,
मैले कहिल्य सोचेको थिइन
मेरा बा आमाले बगाएको पसिना भन्दा पनि
धेरै यो संसारमा केही होला भनेर।
ओ हो
मेरो घर त छाताको करङ जस्तै रैछ।
कैले पहिरोले बङ्गायो।
कैले बाढी आएर।

No comments:

Post a Comment

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...