Saturday, August 15, 2020

को हो ?



कस्ले दिन्छ 
आकाशमाघुम्ने फिरन्ते बादलका टुक्राहरुलाइ 
आकार। 
कस्ले दिन्छ धमिलिएर बग्ने पानीलाइ 
लचकता। 
कस्ले दिन्छ होला चम्किलो जुनलाई उज्यालो 
यदि कोहि छ भने 
सबैलाइ सबै कुरा दिनलाइ 
किन दिदैन उसले भोको पेटलाइ खाना, 
अस्वस्थ शरीरलाई आराम 
र खाली पैतलालाइ सहायता? 
किन दिदैन होला 
७० काटेकी मेरि हजुरआमालाइ दौड्ने प्रेरणा 
किन दिदैन मेरि आमालाइ 
आफ्ना जिन्दगीका असङ्ख रहरहरु
के उसलाइ पनि कसैले बिट क्वाइनमा किने को हो र?

No comments:

Post a Comment

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...