प्रिय फूल
मेरो माया तिमिलाइ मेरो हेराइ तिमिलाइ मेरा यी आँखा तिमिलाइ यो पर-देशमा बसेर तिम्रो स्पर्श गर्न सक्दिन तर मेरा यी हत्केला मेरा यी औला तिमिलाइ मेरो मानसपटलको सबै शान्ति तिमिलाइ यो ओठ यो हासो, यो मुस्कान सबै सबै तिमिलाइ मेरो प्रिय फूल म जहाज चडेर समुन्द्र तरेर तिम्रो काखमा मेरो शिर राख्न नआउदा सम्म तिमी अरुको आखामा नवस्नु है तिमी ओइलाएर नझर्नु है प्रिय् फूल।Monday, May 11, 2026
एकदिन
एकदिन
कुनै कविता लेख्दा लेख्दै मैले अन्जानमै लेखेको थिए यो जिन्दगी एउटा सम्झौता हो। कस्तो सम्झौता? कस्तो जिन्दगी? म अनुत्तरित छु तर लेखेको थिए प्रेम पनि सम्झौता हो। मलाइ आकाशसङ र फूलहरुसङ गर्नु छ एउटा सम्झौता ए फूल, पन्छाइदिनु उसले हिडने बाटोका काडाहरु बिझ्याइदिनु उसका पाउमा फूलहरु! उसले चप्पल लगाउन जानेकी छैन ए आकाश नरुझाइदिनु उसलाइ छाता नबोकेको दिन उसले ओत बस्न जानेकी छैन ए मान्छे नछुनु मेरो कलिलो छोरीलाइ उसले मान्छे चिन्न जानेकी छैन।एउटा
लेखौ कि
सोचेको थिए एउटा कविता आज पनि र आउन बिर्सियो याद तिम्रो आज पनि तिम्रो याद बिना कविता, कविता रहदैन गीतहरुले भाव पाउदैन सुन्दर फूलहरुमा सुगन्ध आउदैन पुतलीले खुसुक्क गीत पनि गाउदैन तिम्रो याद बिना मलाइ आफ्नै याद आउदैन तिम्रो याद बिना!कथा
भन न
के हो तिम्रो कथा तिम्रो यात्रा यो जिन्दगीको यो प्रेमको कसरी निस्कियौ तिमी रावणको वाटिका बाट? काटिएका थिए हैन र तिम्रा पखेटाहरु हत्कडी पनि थियो क्यार हेर त अहिले उड्ने भएछौ फेरि नयाँ पखेटा पलाएछ्न पालुवा पलाए जस्तो मैले भनेको थिए तिमी दौडिने छौ फेरि समय दौडिए जसरी ओहो कस्तो खुसी लाग्यो आज तिमी आयौ मेरी आमा नै आए जसरी सायद मेरा पर्खाइका दिनहरु सकिएछन अब।जङ्गली फूल
ए
जंगली फूल मनपराउने मान्छे तिम्रै आगनमा फूलेको छ एउटा चमेली।कति भयो तिमिले पानी नहालेको गोडमेल नगरेको रेखदेख नगरेको हेरेक दिन तिमी भित्र बाहिर गर्दा बाहिर भित्र गर्दा कति पटक आँखा जुधेको छ कहिल्यै चमेलीको फूललाइ हेरेर तिमी मुसुक्क हासेका छौ? ए जंगली फूल मनपराउने मान्छे कस्तो बहुरुपी तिमी त तिम्रै आगनमा फूलेको छ एउटा चमेलीको फूल।Tuesday, April 14, 2026
शुभकामना पुनु
प्यारी पुनु
फेसबुक भरी छरिएका छनतिम्रो मेहन्दीका फोटोहरु
तिम्रो खुसीका पलहरु
कुनै पल आफैले चुमेका ती हातरुमा
अरु कसैको नामको मेहन्दी लागेको हेरिरहदा
बहुत मन दुख्दो रहेछ।
म सोचिरछु
आखिर कस्तो हुनु पर्थ्यो म
के के कुरा नपुगेर हो म मा
यसरी टाढिएका छौ हामी।
यदि यो जिन्दगी सिनेमा भैदिए
फरक हुन सक्थ्यो कि परिस्थिति
हामी त बास्तबिकतामा बाचेको मान्छे
अब बदलिन सक्दैन हाम्रो भाग्य।
चियाघरको मटकामा लेखेको तिम्रो नामको
फुट्योकी माटोको भाडो
उस्तै गरि फुटेको छ भाग्य मेरो।
प्यारी पुनु
यो अन्तिम हो
आज देखि लेख्ने छैन
तिम्रो लागि कविता
किनकी तिम्रो भाग्य
अरु कसैसङ लेखिसकेको छ।
गाउने छैन तिमिलाइ मन पर्ने गीत
तिमिलाइ मन पर्ने आवाज अब फेरिसकेको छ।
जलाइदेउ है
हामीले साटेका उपहारहरु
यसै ठूलो जिम्मेवारीको भारी छ तिमिसङ
कसरी सकौले यादको भारी बोकेर
डोलि चडेर बिदाइ हुन तिमी
मेटाइदेउ हामीले साटेका यादहरु पनि
यो संसारमा सबै भन्दा गरुङ्गो याद त रहेछ।
पुनु यति कुरा याद गर ल!
भोलि
तिमी अन्मिएर बिदाइ हुँदै
कारको ढोका खोलेरे हेर्दा
तिम्रो छेउको अर्को सिटमा
दुलाहको भेषमा वसेको मान्छे म होइन है।
तिमी दिन भरको कामले
थकित भएर साझ घर फर्किदा
तिम्रो निधाए चुमेर,
खुट्टामा तेल लगाइदिन्छु भन्ने मान्छे म होइन है।
तिम्रो खुसीमा हासिदिने
तिम्रो दुखमा सम्हाली दिने मान्छे म होइन है।
ए अल्छी कति सुतेको उठन अब त
भन्दै तिमिले कराउने मान्छे म होइन है
तिमिलाइ पिजडा देखि मुक्त पारेर
यो समाजको घेरा चिर्दै
खुल्ला आकाशमा उड्न सिकाउने मान्छे
म होइन है।
तिम्रो मेहन्दिको रङ
तिम्रो सिन्दुरको रङ
कहिल्यै नमेटियोस
मलाइ अर्को जूनीमा पनि
तिम्रो हुन मन छैन
तिमिलाइ वैबाहिक जिबनको
शुभकामना पुनु।
🍁🍁
Tuesday, February 3, 2026
सपना
एउटा फूल फुलेको छ
अग्लो पर्खाल भित्रको
फराकिलो घरको
फराकिलो बगैंचामा
एक झल्को
हेर्न मात्र भए पनि
बनाउनु छ
एउटा धरहरा
त्यो पर्खाल भन्दा अग्लो
अन्तिम जूनी
यसो आँखा झिम्कयाउदा
बिति जान्छ एक युग
यसो टोलाएर बस्दा
बगि जान्छ एक नदि
सूर्यको प्रचण्ड रापमा
सुकि जान्छ समुन्द्र
एउटा शासकको एक कालमा
रित्तो हुन्छन आमाका कोखहरु
ए फर्केर आउने मान्छे
यो उमेर नसकिदै आउनु है
मैले बुझेको छु
यहि अन्तिम जूनी हो हाम्रो!
Sunday, February 1, 2026
हात
तिम्रो हातमा
मेहन्दी लगाइ दिन मन थियो
डिजाइन नै मन परेन भन्ने हौ कि?
हरियो चुरा दिन मन थियो
हतकडी लगाइ दियो भन्ने हौ कि?
हरियौ साडी उपहार दिन मन थियो
कस्तो पुरुषप्रधान सोच तिम्रो, भन्ने हौ कि?
उपहार के के दिने हो?
सोच्नै अप्ठेरो, खोज्नै अप्ठेरो रोज्नै अप्ठ्यारो
आजकल उपहारको पनि अनेक अर्थ लाग्दो रहेछ
मैले त माया गरेर
आफ्नै सम्झेर, दिएको हु यो प्रेम तिमीलाइ
Subscribe to:
Posts (Atom)
सन्देश
साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...
-
If you truly Love someone Distance, Age, height, cast, Money doesn't matter. कुनै समय कुनै धनी या त कुनै काल्पनिक मान्छेले कुनै फिल्मका...
-
उन ताका ऊ मेरि सबै भन्दा ठूलि क्रस थिइ। मेरो सासमा सास मिलाइदिने। मेरो आशमा आश मिलाइदिने। बर्खा सिंह र मोस्ट्ली सेन उति खास थिएनन उ बेला जत...
-
हाम्री आमाको अनुसार फोटो खिच्दा हासेको राम्रो फोटो हैन रे, फोटो खिच्दा गमक्क भएर बस्नु पर्छ रे, त्यसैले आमाले हासेका १/२ वटा क्यान्डिड फोट...