Thursday, July 4, 2024

फुट्कर कुरा

भेट हुँदा सधै मुस्कुराउने मान्छे! एक दिन मुस्कुराएन भने।

के गरि बाच्ने होला यदि कालै आएन भने।

हुन्छ छोरा दुइ चार बोरा चामल पठाइदिउला
यो बर्खाले गैरी खेत बगाएन भने।

यो युद्ध रोक्न सक्ने पनि कृष्णले नै हो,
फेरि यो युद्ध सुरु हुदैन कृष्ण भएन भने।

**
को हौ? को थियौ? को को हुन सक्ने थियौ?
सहयोग त गरेनौ, कमसेकम मेरो दुखमा रुन सक्ने थियौ।

म, मेरो, मलाई

घर छोडेकाहरुलाइ घर फर्किन मन छ!
घर बसेकाहरुलाइ यो घर छोड्न मन छ।
यो देश
छोडेकाहरुलाइ फेरि यो देश फर्किन मन छ
अनि
यो देश बुझेकाहरुलाइ
यो देश छोड्न मन छ।

तिमिलाइ त खोइ क-कसको हुन मन छ
मलाइ त तिम्रो अनि यो देशको प्रेम छ।

मागे यो देशले रगत म दिन सक्दिन होला कि
बरु पसिना दिएर गुरासको फूल फुलाउला कि
यो शरीर यो जीवन मेरी आमाको हो।
यो मन अलिकती मेरो छोरीकी आमाको हो।

सके हात समाउदै छोरीको चिनाउला यो देश
नसके, यो धर्ती पनि हाम्रै हो खोजौला कुनै देश
ओहो कुन शहिदको रगतले कोरेछ यो सिमा रेखा
यसकै लागि अब अझै कति रगत बग्न बाकी छ?

जागिर गरेकालाइ यहाँ व्यापार गर्न मन छ
व्यापारीले मलाई जागिर दिए हुन्थ्यो भन्छ।
तिमीलाइ त यो जिन्दगी बाच्न मन छ होला
मलाइ त हरेक पल बाच्न मन छ।

तिमीलाइ खोइ क-कससङ हास्न मन छ
मलाइ तिम्रै साथमा रुन, हास्न मन छ।

एउटा मान्छे

प्रेमले होकि डरले हो

एउटा मान्छे

हरेक मन्दिर अगाडी

हरेक मुर्ति अगाडी

जिन्दगीभर झुकिरहन्छ।

Wednesday, January 31, 2024

यथार्थ

 लखेटिरहेछ,

खोइ, केले पो हो?
सपनाले हो कि?
यथार्थले?
धनले हो कि गरिबीले?
समयले हो कि बचनले?

म भागिरहेछु यसरी
भष्माशुरले लखेटे जसरी
मेरो अस्तित्व जोगाउन
तिमीलाई सिन्दुर लगाउन
म भागिरहेछु यसरी
आफैले आफैलाई नभेटन जसरी।

सानोमा आमा\बा ले भने
तिमीले घर छोड्न पर्छ
दुख बुझ्नु पर्छ
धेरै पढ्नु पर्छ
मेरो बाल्यकाल कसरी वित्यो
त्यो मलाई थाहा छ।
अहिले जवानीले भनिरहेछ
धन कमाउनु पर्छ
सफल बन्नु पर्छ
तैले यो देश छोडनु पर्छ
मेरो भविष्यले भनिरहेछ।

अब एक दिन यस्तो नआओस
जब तिमिले भन्नु परोस
अब तिमिले मलाई पनि छोड्नु पर्छ।

Wednesday, January 10, 2024

मुनु!!!!

प्यारी मुनु

लिएर आउने भए अर्को जूनी

गुराँस नमाग है तिमि 

बरु माग

यहि माया गर्ने मन

यहि तिमिलाई चाहने मन

सङै केहि थुप्रो सम्पति

किनकी

मलाई थाहा छ।

गुराँस दिएर यो जूनीमा नपग्नेको तिम्रो मन

अर्को जूनीमा पनि पग्लने छैन।

औठी

तिमिले

सुनको  औठि लगाइ दिएर

मेरो स्वतन्त्रता

मेरो मुस्कान

मेरो जिन्दगी

मागेको हौर बदलामा?

मैले त

तिम्रो हात माथि

मेरो हात राखिदिएर

साट्न खोजेको हो

तिम्रा सवै सुख दुःख

साना ठूला उतार चडाव

तिम्रा असुरक्षित सोचहरु

सवै सवै।


दौडिरहेछु म।

मेरो जिन्दगी देखि
तिमि भागे झै गरी
भागिरहेछु म
आफ्नै भाग्य देखि।

मान्छेसङ भागे झै 
सजिलो नरहेछ
यो समयसङ भाग्नलाई
भए पनि किनारा  तिम्रो
सकिन नदि झै भागे जान।

जात

 म

मेहन गरेर

धन कमाउन सक्छु

तिमिसङ मिल्ने 

जात कमाउन सक्दिन।

म पर्खिदिन सक्छु

तिमिलाई जिन्दगी भर

तर म अब तिम्रो हुन सक्दिन।

चुनाव

तिम्रो दिलको चुनाव

१७ औ पटक हारेर 

फेरी

१८ औ पटकमा

तिम्रो मनको

'राष्ट्रपति' बन्न मन छ मलाई।

च्युतेनमा

हरेक च्युतेनमा

फूलपाति चडाएर

हरेक मन्दिरमा

धजा चडाएर

मागेको थिए तिमिलाई

सायद लेख्नु पर्थ्योकि तिम्रो नाम

वा

कोर्नु पर्थ्योकि तिम्रो चित्र

तिमि अरु कसैकि भयौ

मैले चडाएको फूलपाति

ओइलिएर कुरेको छ

तिम्रो आगमन।

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...