Wednesday, July 3, 2024

म, मेरो, मलाई

घर छोडेकाहरुलाइ घर फर्किन मन छ!
घर बसेकाहरुलाइ यो घर छोड्न मन छ।
यो देश
छोडेकाहरुलाइ फेरि यो देश फर्किन मन छ
अनि
यो देश बुझेकाहरुलाइ
यो देश छोड्न मन छ।

तिमिलाइ त खोइ क-कसको हुन मन छ
मलाइ त तिम्रो अनि यो देशको प्रेम छ।

मागे यो देशले रगत म दिन सक्दिन होला कि
बरु पसिना दिएर गुरासको फूल फुलाउला कि
यो शरीर यो जीवन मेरी आमाको हो।
यो मन अलिकती मेरो छोरीकी आमाको हो।

सके हात समाउदै छोरीको चिनाउला यो देश
नसके, यो धर्ती पनि हाम्रै हो खोजौला कुनै देश
ओहो कुन शहिदको रगतले कोरेछ यो सिमा रेखा
यसकै लागि अब अझै कति रगत बग्न बाकी छ?

जागिर गरेकालाइ यहाँ व्यापार गर्न मन छ
व्यापारीले मलाई जागिर दिए हुन्थ्यो भन्छ।
तिमीलाइ त यो जिन्दगी बाच्न मन छ होला
मलाइ त हरेक पल बाच्न मन छ।

तिमीलाइ खोइ क-कससङ हास्न मन छ
मलाइ तिम्रै साथमा रुन, हास्न मन छ।

No comments:

Post a Comment

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...