Sunday, May 7, 2023

फूल!!

खाली खाली लाग्छ
तिमि बिना बाँचेको यो समय
मन्दिर पुग्नु अगाडि चुडिएछ है फूल
कस्तो विड्म्बना हाम्रो
ठोकिरहन्छ नजर
बोल्न सकिदैन
काटिरहन्छन वाटोहरु
रोक्न सकिदैन।

तिमीलाई सम्झेर 
तिमिलाई बिर्सन लेखेका कविताहरुले
जिस्क्याइरहन्छन मलाई
डायरीको पानाबाट 
जून उपहार दिएकि थियौ तिमिले
मेरो जन्मदिनमा।

तिमिलाइ लाग्दो हो म खुसी छु
तिमिले जति आँशु मैले पनि रोएको छु
तिमिले जति पीर मैले पनि बोकेको छु

मलाई अझै याद छ।
तिम्रा न्याना औलाहरुको स्पर्श
तिम्रो कपालको सुगन्ध
तिम्रो नेल पोलिसको रंग
म सिंगो आफू तिमिमा वाँचेको छु।

तिमीलाई लाग्दो हो, मलाई केहि याद छैन
स्वासले हावालाई विर्सन सक्छ र कहि?

कस्तो अच्चम छ है।
खुसी दिने कुराले पनि
पीडा कसरी दिन सक्छन ?
समय भन्दा ठूला हाम्रा सपनाहरु
हराएछन इन्द्रेणीको रङ्ग जस्तै
समुन्द्र जस्तै गहिरा भावनाहरु
उडे छन पानीको वाफ जस्तै

यो प्रेमको खुल्ला आकाशमा
म खोजीरहेछु तिमिलाई
त्यहि छुट्टिएको बाटोमा
म पर्खिरहेछु तिमिलाई
तिमि प्रेमको फूल लिएर आउनु है !!!!

तिमि र म !!!



सायद नभेटिनु पर्थ्यो कि
तिमि र म?
वा भेटिए पनि नबोलि हिड्नु पर्थ्यो कि?
ल बोली नि हाल्यौ अरे
मन नलगाउनु पर्थ्यो कि?
उत्खनन गर्दै जादा भेटिन सक्छन गल्तीहरु
उत्खनन गर्दै जादा मेटिन सक्छ्न चाहनाहरु
यसो गरौ न बरु
हामी आजलाइ बाचौ,
भोलिलाइ फेरि भोलि छ्दै छ नि, हुदैन?
म सपनाको राजकुमार होइन तिम्रो
म यथार्थको मदजुर हु।
म बाहना गरिरहौला तिमिसङ बोल्ने
म कोशिस गरिरहौला तिमिलाइ भेट्ने
तिमी हुदैन हुदैन भन्दै बोलिदेउ
तिमी एकदमै व्यस्त छु भनेर पनि भेटिदेउ।
म अँध्यारो रातीमा हेरिरहुला तिम्रो घर तिर
तिमी यता तिर फर्केर बत्ती बालिदेउ
म पठाउला तिम्रो घर माथि निस्केको जुनको फोटो
अनि भनुला 'हेर त आज तिमिलाइ हेर्न जुन तिम्रै घर माथी निस्किएछ'
तिमी लजाए झै गरिदेउ।
हो म सफल छैन तिमी जति
तर डर लाग्दैन असफलता देखेर
जिन्दगीको मापन केले गरिन्छ र?
मलाइ त जिन्दगी बाच्न मात्र आउँछ।
जिन्दगी बित्ने रहरले त हो, होइन र
तिमी मेरो रहर बनिदेउ
नभेटिनु पर्थ्यो हामी भेटिहाल्यौ
नचिनिनु पर्थ्यो हामी चिनिहाल्यौ
म लिन आउला तिमिलाइ डोलि लिएर
तिमी हुन्छ भनिदेउ
तर भने नि
म तिम्रो सपनाको राजकुमार होइन
म यथार्थको मजदुर हु।

पशुपतिको मृत्यु उत्सवमा!!🍁

फेरि लेखौ कि एउटा कविता
हाम्रो त्यो भेटको
पशुपतिको आरती, त्य मृत्यु उत्सवको पल
खोइ किन नियालेर हेरेकी थियौ तिमिले मलाइ
मेरा नजर पनि ठोकिए तिमिमा
मेरो मन अल्झिएछ क्यारे
बादल जस्तै बेरीएको तिम्रो कर्ली कपालमा।
भक्तजहरुको धुन गुन्जीयो 'जय होस'
हामी झसङ भएका थियौ
सम्हालेर आफैलाइ फेरि मग्न भयौ आरतीमा।
मलाइ थाहा छैन
तिमिले लुकेर हेर्यौ कि हेरिनौ मलाई
तर छलेर तिम्रो नजर फर्की फर्की हेरिरहे तिमिलाइ
मलाई तिमि त्यो पल
सुन्दर लागेको थियो त्यो साझ भन्दा पनि
मधुर लागेको थियो शिवको भजन भन्दा पनि
मलाइ सुन्दर लागेको थियो त्यो मृत्यु उत्सव पनि।
म झस्किएर हेर्दा
सबै लागेका थिए आफ्नो बाटो
मैले खोजेको थिए तिमिलाइ वरिपरि
मेरा नजरले भेटे सम्म
त्यो मृत्यु उत्सवको कोलाहलमा ए सोल्टिनी
खोइ कुन भिडमा हरायौ तिमी।
तर छैनौ हराएको तिमी मेरो सम्झनाबाट
फेरि कुनै दिन
म आउला तिमिलाइ खोज्दै खोज्दै
मृत्युु उत्सव मनाउने बाहनामा
त्यो दिन तिमी ए सोल्टिनी
मलाइ पर्खिरहनु है
गौशालाको त्यो माइक्रो स्टायन्डमा।

Saturday, April 29, 2023

अपुग म

धर्मले छुट्याएको हामीलाइ
भगवानले जोड्न सक्ला र?
भुगोलले उछिट्याएको हामीलाइ
यो देशले जोड्न सक्ला र?
धन सम्पतिले तल माथि पारेको हामीलाइ
यो मनले जोड्न सक्ला र?
हो! सायद जोडन सक्ला
बाध्यताहरुले,
जन्महरुले
मृत्युको पहिलो दिन वा अन्तिम दिनहरुले
हामीलाइ जोड्न सक्छ
फेसबुकका सम्बेदनाहरुले
या
या त ती यादहरुले
जसले हरेक दिन बाच्ने साहारा दिएका छन।
एक दिन म निदाए भने
फेरि कहिल्यै बिउझने छैन
त्यो दिन यी यादहरुलाइ
कस्ले याद गरिदिन्छ होला?
यदि याद गरेर
म अहिले सम्म निदाउन सकेको छैन।

सिन्दुर नलगाउ है

सिन्दुरको धर्काले
तिम्रो भाग्य छोपिदिने हो कि?
सिन्दुर नलाए हुन्छ।
चुराको छिन छिनले
तिम्रो मनको शान्ती विथोलिदिन्छ कि?
बाहुन बाजेले बाधेको हातको डोरीले
तिमिलाइ जन्जिर बेरे जस्तै पो लाग्छ कि?
रातो सारी लगाएर बस्दा
क्रान्ती गर्न हिडेको योद्धा देख्छौ कि
आफ्नो स्वतन्त्रता खोसिएको कैदी
थाहा छैन।
साहिली औलाको औठीले
मेरो आफ्नो जिन्दगी सकियो भन्ने पो लाग्छ कि?
भो नलगाउ त्यो औँठी पनि।
यो जिन्दगी तिम्रो आफ्नो पनि त हो।
छोडेर भान्सा कोठा
हिड जाउ तिमी र म समानतको युद्ध लड्न।
आज मलाइ अल्छी लागेको छ बाइक चलाउन
तिमी तिम्रो स्कुटिमा
मलाइ पछाडी राखेर लैजाउन है अफिस सम्म।
दिन भरको कामले थाकेको होला तिम्रो शरिर
आज खाना मैले पकाउछु, भन के खान मन छ?
भो छोडिदेउ हाम्रा लुगाहरु
आज मैले पखाली दिन्छु नि हुदैन?
मलाई घर चलाउन
पैसा चलाउन उति राम्रो आउदैन।
कसलाइ के कति दिने,
पैसाको लगानी कता गर्ने?
नयाँ के के सामान किन्ने
यस्ता साना तिना निर्णयहरु तिमी लेउ न है।

मृत्यु शैया

     कुनै दिन

यो शहरको भिडभाड छ्ल्नलाइ
यी मान्छेका कोलाहल देखि
कतै टाढा भाग्नलाइ।
वा हुन सक्छ
तिमिले बिर्सिएको चराचुरुङ्गीको गीत सुन्नलाइ
यस्तो होला
गुराँसको फूल चुडेर
तिम्रो ओठमा लाली पोत्नलाई
कुनै दिन आउ है हाम्रो घरमा।
कुनै दिन आउ है हाम्रो पुरानो गाउँमा
हाम्रा अधुरा सपनाको संसार हेर्नलाइ
हामीले देख्न नसकेको सपना देख्नलाइ
म घुमाउला तिमिलाइ
ती नदिनालाहरु
ती पहाड घुम्तीहरु
मैले हिडेका गोरेटाहरु
मैले भारि बिसाउने चौतारीहरु
कुनै दिन
मेलीको ठूलो चौरमा पल्टेर
त्यो खुल्ला आकाश नियाल्दै
बादलका टुक्रामा तिम्रो आकृती कोर्दै
जवानी सङै बाच्न नपाए पनि
केही पल
तिमिसङै बाच्न मन छ
मलाइ मेरो वालापन!🤞❤️
All reactions:
Amrit Tamrakar, Dhrubaraj Joshi Upamanyu and 10 others

प्यारी आमा

तिम्रा चाहनाहरु
किन कसैले पनि सोधेन आमा?
न तिम्रा बा ले सोधे
न मेरो बा ले सोधे।
तिमिलाइ के के खान मन पर्छ?
तिमिलाइ कस्तो कपडा मन पर्छ?
तिमिलाइ पढ्न मन लाग्छ कि लाग्दैन?
किन कसैले सोधेन तिमिलाइ?
पहिले आफ्ना भाइ, बैनी हुर्काएर
सिध्यायौ तिम्रो बालापन
अनि मेरो भाइ बैनी हुर्काएर
सिध्यायौ तिम्रो जवानी
तिमिलाइ कसैले किन सोधेन
बच्चा बच्ची जन्माउन मन छ कि छैन
केटाकेटि हुर्काउन मन छ कि छैन।
कसैले किन सोधेन तिमिलाइ
तिम्रो सपनाको घर
तिम्रो सपनाको शहर
तिमिलाइ जागिर गर्न मन छ कि छैन?
तिमिलाइ घुम्न मन पर्छ कि पर्दैन?
तिमी आज्ञाकारी छोरी बनेर
कहिल्य आज्ञाकारी श्रीमती बनेर
कहिल्य आज्ञाकारी आमा बनेर
यसै कटायौ तिम्रो जिन्दगी।
तर, आज सोध्दै छु आमा तिमिलाइ
भन के छ्न तिम्रा सपनाहरु
कहाँ कहाँ घुम्न मन छ तिमिलाइ
के के लगाउन मन छ भन न!
मलाइ यो संसार देखाउने मान्छे तिमिलाइ
म यो संसार नै उपहार दिन चाहन्छु
आमा!!

मुनू!!

नआउ है मनु
हाम्रो सम्बन्ध भन्दा पनि पुरानो
समय भन्दा पनि बूढो गाउँ हेर्नलाइ।
तिमिलाइ ढकमक्क फूलेका
गुराँस किन हेर्नु पर्यो र?
तिमी आफै पनि त बैसले भरिएकी
गुलाफ जस्ती छौ,
हेर्दिनौ र आफैलाइ ऐनामा?
हाम्रो गाउँ माथिको टाकुरोमा बसेर
गहुँ पाक्दै गरेका वारि हेरेर
तिमि सोच्छौ कि?
धन्न बिहे गरेर आइन यो गाउँमा
नत्र कसरी बोक्थे होला
गोबरको डोको
कसरी बोक्थे होला घाँसको भारी
कसरी हिड्थ्यौ
यी उकाली ओराली
तिमिलाइ लाग्न सक्छ
तिमी अर्कैकि हुनु तिम्रो जिन्दगीको
सबै भन्दा सहि निर्यण थियो
म मेरो प्रेमलाइ
यसरी हारेको हेर्न सक्दिन।
हो तिमिले माग्दा
म दिन सकुला बादलको सिरानी
ताराहरुको आकाश
तर दिन सक्थिन तिमिलाइ
महङ्गो उपहारहरु
त्यसैले तिमिलाई लाग्न सक्छ
मलाइ प्रेमको बाटोमा अल्झाएर
तिमी अर्कै बाटोमा हिड्नु
तिम्रो जिन्दगीको सहि निर्यण जस्तो
म मेरो प्रेमलाइ यसरी हारेको हेर्न सक्दिन।
थाहा छ
तिम्रा बाध्यताहरु छ्न।
थाहा छ
तिम्रा व्यस्तताहरु छ्न।
त्यो कोलाहलबाट भाग्नलाइ
तिमी नआउ है हाम्रो गाउँ
यदि तिमी आयौ भने
तिमी हिडेका बाटोहरुले
तिमिले छोएका गुराँसका रुखहरु
तिमीले थकाइ मारेका पखेराहरुले
तिमिले गुनगुनाएका गीतहरुले
मलाइ पिरोली रहनेछ्न
जिन्दगी भरी।
त्यसैले पृय मनु
तिमी नआउ है हाम्रो गाउँ ।

अर्को जूनी

अर्को जुनी लिएर आउने भए
गुराँस नमाग तिमी
माग बरु
यहि माया गर्ने मन
यहि तिमिलाइ चाहने मन
सङै
टन्न सम्पतिको थुप्रो
एउटा माथिल्लो जात
किनकी
मलाइ थाहा छ
गुराँसले दिएर यो जुनीमा नपग्लेको तिम्रो मन
त्यही गुराँसले मात्र
अर्को जुनीमा पनि पग्लिने छैन।

तिमि!

को हौ तिमि ?
कहाँ छौ तिमि ?
हराएर भेटिएको जस्तो
फेरि भेटिएर हराए जस्तो
मेरो जिन्दगीको धरहरा तिमी
भत्किएर फेरि उभिए जस्तो।
पहिले तिमिलाई धेरै चिने जस्तो लाग्थ्यो
आजकल लाग्छ हरेक दिन
अलि कम कम चिने जस्तो
त्यो मनको कुन समुन्द्रमा लुकाएकी थियौ र
तिम्रा अनौठा रुपहरु?
हामी कसरी टाढियौ यसरी?
नजानेको प्रश्नको उत्तर जसरी।
हामी खोला भएर बग्नु पर्ने हैन र?
फेरि कसरी हामी
खोला र किनार भएका छौ?
तिमी किन यस्तो तिमी किन उस्तो
मेरो जिन्दगीको
अस्ताउन लागेको घाम हौ कि
उदाउन लागेको चिसो जुन?
तिमी फेरि उभिएको बसन्तपुरको दरबार हौ कि
भत्किन लागेको मेरो जिन्दगी?

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...