को हौ तिमि ?
कहाँ छौ तिमि ?
हराएर भेटिएको जस्तो
फेरि भेटिएर हराए जस्तो
मेरो जिन्दगीको धरहरा तिमी
भत्किएर फेरि उभिए जस्तो।
पहिले तिमिलाई धेरै चिने जस्तो लाग्थ्यो
आजकल लाग्छ हरेक दिन
अलि कम कम चिने जस्तो
त्यो मनको कुन समुन्द्रमा लुकाएकी थियौ र
तिम्रा अनौठा रुपहरु?
हामी कसरी टाढियौ यसरी?
नजानेको प्रश्नको उत्तर जसरी।
हामी खोला भएर बग्नु पर्ने हैन र?
फेरि कसरी हामी
खोला र किनार भएका छौ?
तिमी किन यस्तो तिमी किन उस्तो
मेरो जिन्दगीको
अस्ताउन लागेको घाम हौ कि
उदाउन लागेको चिसो जुन?
तिमी फेरि उभिएको बसन्तपुरको दरबार हौ कि
भत्किन लागेको मेरो जिन्दगी?
Saturday, April 29, 2023
Subscribe to:
Post Comments (Atom)
सन्देश
साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...
-
If you truly Love someone Distance, Age, height, cast, Money doesn't matter. कुनै समय कुनै धनी या त कुनै काल्पनिक मान्छेले कुनै फिल्मका...
-
उन ताका ऊ मेरि सबै भन्दा ठूलि क्रस थिइ। मेरो सासमा सास मिलाइदिने। मेरो आशमा आश मिलाइदिने। बर्खा सिंह र मोस्ट्ली सेन उति खास थिएनन उ बेला जत...
-
कुनै दिन तिमी र म एउटै टेबलको २ कुनामा वसेर चिया पिउदै आँखा जुधाउदै गर्दा। यो सोच्नु पर्थ्यो कि यी आँखाहरु पनि थाक्छन यी कपहरु पनि ...
No comments:
Post a Comment