Saturday, April 29, 2023

तिमि!

को हौ तिमि ?
कहाँ छौ तिमि ?
हराएर भेटिएको जस्तो
फेरि भेटिएर हराए जस्तो
मेरो जिन्दगीको धरहरा तिमी
भत्किएर फेरि उभिए जस्तो।
पहिले तिमिलाई धेरै चिने जस्तो लाग्थ्यो
आजकल लाग्छ हरेक दिन
अलि कम कम चिने जस्तो
त्यो मनको कुन समुन्द्रमा लुकाएकी थियौ र
तिम्रा अनौठा रुपहरु?
हामी कसरी टाढियौ यसरी?
नजानेको प्रश्नको उत्तर जसरी।
हामी खोला भएर बग्नु पर्ने हैन र?
फेरि कसरी हामी
खोला र किनार भएका छौ?
तिमी किन यस्तो तिमी किन उस्तो
मेरो जिन्दगीको
अस्ताउन लागेको घाम हौ कि
उदाउन लागेको चिसो जुन?
तिमी फेरि उभिएको बसन्तपुरको दरबार हौ कि
भत्किन लागेको मेरो जिन्दगी?

No comments:

Post a Comment

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...