Saturday, April 29, 2023

म!!!


मेहनत गरेर
धन कमाउन सक्छु
तिमीसङ मिल्ने
जात कमाउन सक्दिन।
म अझै पनि रात भर
तिम्रो एउटा म्यासेजको
प्रतीक्षा गरेर बस्न सक्छु
तर आश गर्न सक्दिन।
म घन्टौं सुनिदिन सक्छु
तिम्रा कसमहरु
तर
विश्वास गर्न सक्दिन।
म जिन्दगी भर
तिमिलाइ प्रेम गर्न सक्छु
तर अब
म तिम्रो हुन सक्दिन।

No comments:

Post a Comment

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...