Saturday, April 29, 2023

म!!!


मेहनत गरेर
धन कमाउन सक्छु
तिमीसङ मिल्ने
जात कमाउन सक्दिन।
म अझै पनि रात भर
तिम्रो एउटा म्यासेजको
प्रतीक्षा गरेर बस्न सक्छु
तर आश गर्न सक्दिन।
म घन्टौं सुनिदिन सक्छु
तिम्रा कसमहरु
तर
विश्वास गर्न सक्दिन।
म जिन्दगी भर
तिमिलाइ प्रेम गर्न सक्छु
तर अब
म तिम्रो हुन सक्दिन।

No comments:

Post a Comment

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...