Saturday, April 29, 2023

अर्को जूनी

अर्को जुनी लिएर आउने भए
गुराँस नमाग तिमी
माग बरु
यहि माया गर्ने मन
यहि तिमिलाइ चाहने मन
सङै
टन्न सम्पतिको थुप्रो
एउटा माथिल्लो जात
किनकी
मलाइ थाहा छ
गुराँसले दिएर यो जुनीमा नपग्लेको तिम्रो मन
त्यही गुराँसले मात्र
अर्को जुनीमा पनि पग्लिने छैन।

No comments:

Post a Comment

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...