हाम्रो सम्बन्ध भन्दा पनि पुरानो
समय भन्दा पनि बूढो गाउँ हेर्नलाइ।
तिमिलाइ ढकमक्क फूलेका
गुराँस किन हेर्नु पर्यो र?
तिमी आफै पनि त बैसले भरिएकी
गुलाफ जस्ती छौ,
हेर्दिनौ र आफैलाइ ऐनामा?
हाम्रो गाउँ माथिको टाकुरोमा बसेर
गहुँ पाक्दै गरेका वारि हेरेर
तिमि सोच्छौ कि?
धन्न बिहे गरेर आइन यो गाउँमा
नत्र कसरी बोक्थे होला
गोबरको डोको
कसरी बोक्थे होला घाँसको भारी
कसरी हिड्थ्यौ
यी उकाली ओराली
तिमिलाइ लाग्न सक्छ
तिमी अर्कैकि हुनु तिम्रो जिन्दगीको
सबै भन्दा सहि निर्यण थियो
म मेरो प्रेमलाइ
यसरी हारेको हेर्न सक्दिन।
हो तिमिले माग्दा
म दिन सकुला बादलको सिरानी
ताराहरुको आकाश
तर दिन सक्थिन तिमिलाइ
महङ्गो उपहारहरु
त्यसैले तिमिलाई लाग्न सक्छ
मलाइ प्रेमको बाटोमा अल्झाएर
तिमी अर्कै बाटोमा हिड्नु
तिम्रो जिन्दगीको सहि निर्यण जस्तो
म मेरो प्रेमलाइ यसरी हारेको हेर्न सक्दिन।
थाहा छ
तिम्रा बाध्यताहरु छ्न।
थाहा छ
तिम्रा व्यस्तताहरु छ्न।
त्यो कोलाहलबाट भाग्नलाइ
तिमी नआउ है हाम्रो गाउँ
यदि तिमी आयौ भने
तिमी हिडेका बाटोहरुले
तिमिले छोएका गुराँसका रुखहरु
तिमीले थकाइ मारेका पखेराहरुले
तिमिले गुनगुनाएका गीतहरुले
मलाइ पिरोली रहनेछ्न
जिन्दगी भरी।
त्यसैले पृय मनु
तिमी नआउ है हाम्रो गाउँ ।


No comments:
Post a Comment