खाली खाली लाग्छ
तिमि बिना बाँचेको यो समय
मन्दिर पुग्नु अगाडि चुडिएछ है फूल
तिमि बिना बाँचेको यो समय
मन्दिर पुग्नु अगाडि चुडिएछ है फूल
कस्तो विड्म्बना हाम्रो
ठोकिरहन्छ नजर
बोल्न सकिदैन
काटिरहन्छन वाटोहरु
रोक्न सकिदैन।
तिमीलाई सम्झेर
तिमिलाई बिर्सन लेखेका कविताहरुले
जिस्क्याइरहन्छन मलाई
डायरीको पानाबाट
जून उपहार दिएकि थियौ तिमिले
मेरो जन्मदिनमा।
तिमिलाइ लाग्दो हो म खुसी छु
तिमिले जति आँशु मैले पनि रोएको छु
तिमिले जति पीर मैले पनि बोकेको छु
मलाई अझै याद छ।
तिम्रा न्याना औलाहरुको स्पर्श
तिम्रो कपालको सुगन्ध
तिम्रो नेल पोलिसको रंग
म सिंगो आफू तिमिमा वाँचेको छु।
तिमीलाई लाग्दो हो, मलाई केहि याद छैन
स्वासले हावालाई विर्सन सक्छ र कहि?
कस्तो अच्चम छ है।
खुसी दिने कुराले पनि
पीडा कसरी दिन सक्छन ?
समय भन्दा ठूला हाम्रा सपनाहरु
हराएछन इन्द्रेणीको रङ्ग जस्तै
समुन्द्र जस्तै गहिरा भावनाहरु
उडे छन पानीको वाफ जस्तै
यो प्रेमको खुल्ला आकाशमा
म खोजीरहेछु तिमिलाई
त्यहि छुट्टिएको बाटोमा
म पर्खिरहेछु तिमिलाई
तिमि प्रेमको फूल लिएर आउनु है !!!!
No comments:
Post a Comment