Saturday, May 10, 2025

घर

 घर भन्नू के रहेछ आमा?

ढुङ्गा माटोको जोड
कि परिवारको माया?
आफ्नो पन भन्नू के रहेछ?
पराइको अङ्गालो कि
आफ्नतको गाली?
घर छोडेर
घर बनाउन
परिवार छोडेर
परिवार बनाउन
हिडेको बर्षौ भएछ।
अब त बिर्से होला कि
मैले हिडेको गोरेटो
मेटिए होला मेरा पौतलाको
डोबहरु
अब मलाइ चिन्छ कि चिन्दैन होला
आमा मेरो गाउँको माटोले
मलाइ बिर्सियो होला है
मलाई हिड्न सिकाउने बाटोले?
कस्तो डर लाग्दो रहेछ आमा
अब म घर जादा
मलाइ हाम्रै घरको कुकुरले
नचिनेर भुक्यो भने?
मलाइ हाम्रै घरको गोरुले
सिङ देखाउदै हान्न आयो भने
हाम्रो घरको बिरालो
टाढा टाढा भाग्यो भने
पल्ला घरको फुच्चेले
मलाइ नचिन्न लाग्यो भने?
घर भनेको के रहेछ आमा?
ढुङ्गा माटोको जोड
कि बा आमाको काख?

ओ कवि

 ओ कवि

कती लेख्छौ कबिता
आशुका
कती लेख्छौ गित
दुखका।
यी गीत कविता लेख्दा लेख्दै
खुइलियो तिम्रो कपाल
सेता भए दाह्री जुङ्गा
अब त आँखा खोल
हेर आफुलाइ ऐनामा
यो समाजको दुख
कहिले सम्म बोकेर हिड्छौ
तिम्रो चाउरीएको छातीमा ?
एक्से गरेर हेर छाती
फोक्सोमा दाग छ कि त
फेरि नभन्नु यो दाग प्रेमले दिएको हो।
यो शहरको हावा के कम थियो र
फेरि सल्कायौ तिमिले अर्को चुरोट।
ओ कवि
अब त नलेख प्रेमको कबिता
तिमीले प्रेम गर्ने मान्छेको
२ बर्सको भैसक्यो बच्चा पनि
अब त खोज आफुलाइ
अब त भेटाउ आफुलाइ
सधै खोजेर हिड्छौ सपना
लगाए टीका पुतलीको
अब त भएन र लगनको टिको लगाउने समय?
ओ कवि
कलम मात्र बोकेर भएन अब
बोक जिम्मेवारी बा-आमाको पनि
अब त खोज जागिर
पकाउ भात
चलाउ पाखुरा
तिमिलाइ पर्खी बसिरहेको छ
एउटा नयाँ युगको क्रान्तिले।
२०८१-११-२० 📍

जन्मदिन

 घाम उदाए जस्तै

जून सुस्ताए जस्तै
ए उदयमान मान्छे,
आज तिम्रो जन्मदिन रहेछ।
टिपेर केही फूलका थुङा
बनाइदिउ कि भनेर सोचे तिमिलाई माला।
फेरी सझिए
तिम्रो घाटिमा त मङ्गल सुत्र पो रहेछ
ओइली जाने फूलको दाजो
कसरी हुन सक्छ र सुनसङ।
फेरि सोचे टिपेर तारा
सिउरी दिउकी तिम्रो कपालमा
तिम्रो फोटो खोजेर हेरे
रङ्गिन रहेछ तिम्रो सिउदो-- रातो सिन्दुरले
छेउमा देखे सुनकै सिरफुली
मैले लगाइदिएको प्याउलीको फूल
ओइलीएर झरी सकेछ।
यस्तै एक दिन
कुनै वर्षको जन्मदिनमा
तिमी खुब रिसायथ्यौ
मलाइ भनेकी थियौ
'मेरो जन्मदिनमा पनि
मलाइ भेट्न आउन नसक्ने कति निर्दयी तिमी'?
हेर आज
म तिमिलाइ
भेट्न आउन सक्ने भएको छु।
हेर यो समय
अब हामी एक अर्कासङ भेट्न नमिल्ने भएका छौ।
इति !!
Like
Comment

एक जूनीमा

 मनले चहाना राख्दा राख्दै

कामको बहाना नमिलेर
उभो जानु पर्ने म
नदि उल्टो नबगिदिएर।
फूललाई चुमेको भमरा ए!
उसलाई छोएर आउने बतास ए!
के तिमिले दिएनौ र मेरो खबर
चिठी बोकेर जाने
हुलाकी दाइ।
जुनले रात पर्खे झै
रातले उज्यालो खोजे झै
उसले खोजेन कि मलाइ
उसले रोजेन कि मलाइ
पर्दैन बहाना खोज्न
यो जूनी एस्तै भएछ
अब भेटौ न तिमी र म
अर्को जूनीमा। 💐

 म व्यस्त छु कि

अभ्यस्त छु

म बुझ्दिन।

यसै यसै हराएको छु
यो जमाना देखि डराएको छु।
मौन छु तिमिले हेर्दा
तर मनमा
बेजोडले कराएको छु।
ए बतास है
उडाएर लौजाउ
तिमि जाने बाटोमा मलाइ
ए पानीको बगाएर लैजाउ
तिमि बग्ने घाटमा मलाइ
म व्यस्त छु कि
अभ्यस्त छु
म रोएको छु
म रुष्ट छु।

एकान्तमा

 तिमि छौ झै लाग्थ्यो

तिमि हुन्छौ  झै लाग्थ्यो

मेरो कोहि नहुदा।


निष्पट अन्धकार रातमा

पीडाले औडाहा हुदाँ मलाई

मुलायम हातमा प्रेम बोकेर

सान्त्वनाको मैनबत्ती बालेर

मेरो सिरानीमा 

तिमी हुन्छौ झै लाग्थ्यो।


अस्पतालको अध्यारो कोठामा

आशाको दिप वोकेर

मेरो निभेको अनुहार उज्यालो पार्न

रगत चडाइरहेको स्ट्यान्डको छेउमा

तिमी हुन्छौ झै लाग्थ्यो


मेरो आशा भरोषा तिमी

मेरो उज्यालो तिमी

खोइ कहाँ गयौ

मेरो जिन्दगी विरक्त हुदाँ

मलाई त म भन्दा पनि अगाडी

तिमी उभिन्छौ झै लाग्थ्यो।


२०८२-०१-२६

Wednesday, July 3, 2024

म भुलि जाने याद जस्तो,
म कस्तुरीको सुवास जस्तो।

डुल्दै डुल्दै म हराएको वाटो जस्तो
म चिप्लो रातो माटो जस्तो।
म भुलि जाने याद जस्तो,
म अभागिको निधार जस्तो।

म चैतमा फुलेको फूल जस्तो
म वर्षाको भकभके मुल जस्तो
म रङ्ग जस्तो, म हावा जस्तो
म धुलो जस्तो,म पानी जस्तो
म कसैको जिन्दगीको
विछोडको कहानी जस्तो

म भुलि जाने याद जस्तो
म जिब्रोले थाहा नपाउने स्वाद जस्तो।
म कुनै चित्रकारको क्यान्भास जस्तो
म मरिसकेको आश जस्तो
म कस्तुरीको सुवास जस्तो
म भुलिजाने याद जस्तो।

म कुनै नेताको भाषणको वक्सवास जस्तो
म मरिसकेको आस जस्तो
म फूल पलास जस्तो
म दुश्मनको खास जस्तो
मृत्यु शैयाको म लास जस्तो
म भुलिजाने याद जस्तो।

फुट्कर कुरा

भेट हुँदा सधै मुस्कुराउने मान्छे! एक दिन मुस्कुराएन भने।

के गरि बाच्ने होला यदि कालै आएन भने।

हुन्छ छोरा दुइ चार बोरा चामल पठाइदिउला
यो बर्खाले गैरी खेत बगाएन भने।

यो युद्ध रोक्न सक्ने पनि कृष्णले नै हो,
फेरि यो युद्ध सुरु हुदैन कृष्ण भएन भने।

**
को हौ? को थियौ? को को हुन सक्ने थियौ?
सहयोग त गरेनौ, कमसेकम मेरो दुखमा रुन सक्ने थियौ।

म, मेरो, मलाई

घर छोडेकाहरुलाइ घर फर्किन मन छ!
घर बसेकाहरुलाइ यो घर छोड्न मन छ।
यो देश
छोडेकाहरुलाइ फेरि यो देश फर्किन मन छ
अनि
यो देश बुझेकाहरुलाइ
यो देश छोड्न मन छ।

तिमिलाइ त खोइ क-कसको हुन मन छ
मलाइ त तिम्रो अनि यो देशको प्रेम छ।

मागे यो देशले रगत म दिन सक्दिन होला कि
बरु पसिना दिएर गुरासको फूल फुलाउला कि
यो शरीर यो जीवन मेरी आमाको हो।
यो मन अलिकती मेरो छोरीकी आमाको हो।

सके हात समाउदै छोरीको चिनाउला यो देश
नसके, यो धर्ती पनि हाम्रै हो खोजौला कुनै देश
ओहो कुन शहिदको रगतले कोरेछ यो सिमा रेखा
यसकै लागि अब अझै कति रगत बग्न बाकी छ?

जागिर गरेकालाइ यहाँ व्यापार गर्न मन छ
व्यापारीले मलाई जागिर दिए हुन्थ्यो भन्छ।
तिमीलाइ त यो जिन्दगी बाच्न मन छ होला
मलाइ त हरेक पल बाच्न मन छ।

तिमीलाइ खोइ क-कससङ हास्न मन छ
मलाइ तिम्रै साथमा रुन, हास्न मन छ।

एउटा मान्छे

प्रेमले होकि डरले हो

एउटा मान्छे

हरेक मन्दिर अगाडी

हरेक मुर्ति अगाडी

जिन्दगीभर झुकिरहन्छ।

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...