Saturday, November 3, 2018

कबिता

मरेर जानेहरु
कहा जान्छ्न होला
यी मरेर जानेहरु?
कुन दुनिया छ त्यस्तो
जो सुन्दर छ यो जिन्दगी भन्दा पनि।
कुन संसार हो कुन्नी
जहाँ गए पछि कोहि फर्कदैन कहिल्य।
आफन्तका चीत्कार भन्दा पनि गह्रौ
के हुदो हो त्यहा?
पृयसिको सिउदो भन्दा पनि रङिन
कुन चिज होला त्यहा?
कुन साहसले होला
यसरि सजिलै तोडेर जान्छ्न
सातै जुनि सङै जिउला भन्ने बाचा कसम पनि।
के मोह छ होला त्यहा
जिन्दगी भन्दा पनि ठुलो
कुन सङित हो त्यस्तो
कुन सुर, कुन तालले होला?
सजिलै भुलाइदिन्छ
मुटुले धडकदा निकाल्ने मधुर गीतको भाका।
हामिले बुढेसकाल सम्ममा
- खिचिने सेल्फिहरु
- गाइने गीतहरु
- हासिने हासोहरु
- गरिने झगडाहरु
- जिउने यो जिन्दगी
सब सव अधुरा रहने भए अब त।
ए मरेर जाने मान्छे
जसरि छोडेका थियौ यो जिन्दगी
त्यसरी नै छोडेर त्यो दुनिया पनि
एक पटक त फर्केर आइदेउ तिमी
तिमी बिना यो जिन्दगी
मलाइ ऐले नै एक्लो लाग्न थालिसकेको छ।
                 -दैलेख।

कबिता

जून लागेको रात
आज जून लागेको छ।
आकाश उज्यालो छ।
तिम्रो सिउदो त झन धेरै चम्किएको होला?
म
अध्यारोमा बसेर
तिमिलाइ सम्झेर।
खोइ के के पो लेखिरहेको छु।
आज तिम्रो बिहेको पहिलो रात
तिमी र तिम्रो श्रीमान सङै बसेर
मोतिको उज्यालो कोठा भित्र
सायद ऐले आफ्नो सुन्दर भबिष्य लेख्दै हौला।

                          -दैलेख

कबिता

रुखको कथा
अब त जोडिन मनै छैन मलाइ
जोडिदा के के हुन्छ मलाइ थाहा छैन र ?
पोहोर सालमात्र
मलाई पलङ बनाइदिन्छु भनेर
मेरो जिन्दगी सिध्याएथ्यो एउटा मान्छेले।
हाम्रो आकार मिलेन भनेर
मेरो हागा नै काटिदियो
कट! कट! कट! कट!
मलाई कति असह्य दुखेथ्यो।
फेरि खोइ के मिलेन भनेर हो
मलाई दुई टुक्रा पारिदियो पापिले।
ऐले,
मेरो आधा मुट पलङको एउटा भागमा छ।
अर्को आधा मुटु पलङको अर्कै तिर छ।
तिमी सङ्लो मुटु भएको मान्छे
आएर थिचिदिन्छौ मेरो आधा मुटु पनि
मलाइ कति धेरै दुख्छ तिमिलाई के थाहा।
धारिलो सम्बन्धको आरिमा रेटिनु पर्छ।
ठुला वचनको हतौडाले
आफ्नै मनमा गाड्नु पर्छ फलामे काटी
र तिमी रुन पनि पाउदैनौ।
अब त मलाइ जोडिन मनै छैन।
मलाइ थाहा छैन र
जोडिन के के सहनु पर्छ भनेर।

कबिता

रहर
सजिलो थिएन आउनलाइ
केही थोपा आँसु, केही ओठ हासो
केही पाना अक्षर साहुलाइ बुझाएर
बदलामा मात्र एउटा सपना बोकेर आएको हु।
केही भारी बा आमाका आशिर्वाद बोकेर
सानी छोरिको केहि मुस्कान बोकेर
सानिकि आमाका केही भारी आँखा बोकेर
केही, साथी भाइका न्यास्रा अनुहार देखेर
म मात्र एउटा झोला बोकेर आएको हु।
यहाँ ठुला घरहरु छ्न।
चिल्ला मोटरहरु छ्न।
खाने मिठा परिकारहरु छ्न।
ठुला अस्पताल पनि छ्न।
सङै छ्न
दुई पाउ पैतलाहरु
केही आफ्ना अधुरा सपनाहरु
कहिले नभरिने रित्ता गोजिहरु
एउटा भोको पेट पनि छ क्यारे
केही रित्ता हातहरु रहेछ्न।
मलाइ रहर त पक्कै थिएन होला
यो शहरको
बरु थियो रहर आफ्नै घरको।
एउटा हात आफुले समाएर
भर्खर हिड्न थालेकि छोरिलाइ हिड्न सिकाउ।
उ थाक्दा आफ्नै काधमा राखेर गाउँ डुलाउ।
भर्खर उम्रदै गरेका उसका साना दातले
जाउलो ख्वाउदै गर्दा उसलाइ आफ्ना बुढा औलाहरु पनि टोकाउ।
रहर त मेरो पनि थियो होला?
उसलाइ ताते ताते भन्दै बोल्न सिकाउ।
उ लुकोस कतै म उसलाइ खोज्न जाउ।
उ रोइदेओस अनि म फकाउन जाउ।
सधै बजारबाट उसलाइ नया नया कपडा र खेलौना ल्याउ।
सङै वसेर बुढि आमाको दुधको गुण तिरौ।
बुढा बा को कम्जोर ढाडमा जैले मालिस गरिदिउ।
आमाका गाली सुनिरहौ।
बा को गर्जनमा डराइ रहु।
रहर त मलाइ पनि थियो होला?
यहाँ बा ले भन्दा पनि धेरै समयले डरायो।
आमाले भन्दा पनि धेरै साहुले करायो।
कैले घरबाट खुसी हरायो
कैले सुख हरायो, अनि हरायो गैरी खेत पनि ।
मलाइ जैले सताइरह्यो सपनाले पनि
आफ्नो ठानेनन मलाइ कहिल्य आफ्नाले पनि 
त्यसैले त म आएको हु यहाँ
केही सपना बोकेको छु
केही रहर पनि बोकेको छु।
केही पसिना बोकेको छु।
थोरै जवानी बोकेको छु।
छोरी
आज तिम्रो पहिलो जन्मदिन
तिमिलाइ संसारकै सुन्दर उपहार किनेर राखेको छु।
           २०७५-०६-११

Thursday, October 18, 2018

कबिता

लाहुर
उसको नाम रामकृपाल रे!
सुर्खेतबाट गाडिमा जादा भेटेको उसलाइ।
पातलो थियो उसको शरीर
सायद गरिबिले रगत चुसेको होला!
उसको पातलो शरिरमा थियो
काखि देखि तलसम्म च्यातिएको एउटा रातो सर्ट
मैले झन्डा सम्झिए मेरो देशको - रातो झन्डा
एउटा मैलो, थोत्रो झोला
काखि च्यापेको थियो उसले
सायद यो दशैलाइ खुसी बोकेर ल्याएको होला।
उसको नाम- रामकृपाल
उमेर - १९ वर्ष
घर - जाजरकोटको खोइ कुन ठाउँ भनेको थियो बिर्सिए।
बिबाहित उ
पढाइ - ७ क्लास सम्म पढेको।
उ तीन महिना अघि लाहुर गएको रे
धन कमाउनलाइ, दशै मनाउनलाइ
भन्थ्यो नेपालगन्जबाट घरका सबैलाइ कपडा किनेर ल्याएको छु।
यो दशैमा सबले नया लुगा लाउने अब।
उसले किन्यो होला सायद रातो साडी
आफ्नी श्रीमतिको लागि
बरु, केहि किन्यो किनेन उसले आफ्नो लागि?
साह्रै पढ्न थियो दाइ
घरमा वा आमालाइ हेर्ने कोहि नभएर बिहे गरेको
ऐले परिवार पाल्न इन्डिया गएर पैसा कमाउछु
उसले भावुक भएर भनेको थियो।
श्रीमतिको उमेर १७ वर्ष।
यो उमेरमा कतिपय केटाकेटीले आफुलाइ धान्न सक्दैनन
उसले ५ जनाको परिवार धानेकी छ।
उसले मख्ख पर्दै भनेको थियो
लब म्यारिज गरेको दाइ
मलाइ रामरी थाहा छ- उसको 'लव' शब्दको अर्थ के हो भनेर
उसले स्याउका भारी बोकेर
घासका भारी काटेर
यो दशै तिहार मनाउने पैसा ल्याएर आएको छ।
दशैमा एकछाक मासु खाने छ
तिहारमा दिदी बैनिलाइ दक्षिणा दिने छ
रोगी वा'लाई केही ट्याबलेट किन्ने छ।
अनि
तिहारको अर्को दिन
उ फेरि लाहुर हिड्ने छ।
फेरि उचाल्ने छ स्याउका भारी
अनि उचाल्ने छ जिम्मेवारीको भारी
उसलाई घासको भारिले भन्दा धेरै
जिम्मेवारीको भारिले थिचेको छ।
उ प्याज काटदा बरु कहिले रुदैन!
हरेक रात उ घर सम्झेर रुन्छ।
बरु हरेक दशै तिहारमा
रामकृपाल आफ्नो गाउँ फर्कन्छ।
तर हाम्रो आशा किनेर काठमाडौ गएका नेताले
कहिल्य आफ्नो गाउँ फर्कन जानेन।
                    - दैलेख
(यो कबिता होइन, यो बास्तबिकता हो। जून हरेक  मान्छेले बोकेको छ, कुनै दिन नेपालगन्ज देखि कर्णाली, भेरी तिरका ठाउँमा गाडिमा जादा कुनै उज्यालो अनुहारलाई सोधेर हेर्नू। यो कथा हरेक नेपालिको हो केबल ती मान्छेको होइन जसले समृद्धि दिने नाउमा हाम्रा सपनाहरु किनेका छ्न।)

Wednesday, October 10, 2018

कबिता

हराएको घर
छोडेर ह्वाङै कोठाको ढोका
तिमी त खबरै नगरि गएछौ।
म सिधै भित्र छिरे, कोठा खाली रहेछ।
लाग्यो यो मन पनि खाली छ।
फेरि छ्तमा उक्लिएर हेरे
पहेलो घर झनै खाली थियो।
मनमा यसै यसै नरमाइलो लाग्यो।
आज आउदैनन कोहि पुराना मान्छेहरु
वाइफाइको पासवोर्ड माग्नलाइ।
अनि म सुतिरहेको खाटमा टुसुक्क वसेर
मलाइ कसैले सोध्ने छैन
'ओइ घर कैले जाने हो' भनेर पनि।
केही खिल्ली चुरोटहरु जल्ने छैनन
बरु जल्ने छ्न केही मनहरु ।
प्रत्येक मिनेटमा ढोका ढकढ्क्याउन कोहि आउदैन आज त।
ढोका ढ्कढक्याउने हातहरु खोइ कहाँ सम्म पो पुगे होलान?
आज
केही थान अनुहारहरु हराएछ्न।
केही थान मुस्कानहरु हराएछ्न।
धेरै याद छोडेर।
ऐले नमज्जा लागि रहेछ मलाइ।
बेडिङका सामान।
किचेनका समान।
कपडा, किताब सव सव हराछ्न कोठाबाट।
कहिले सफा नगर्ने कोठा पनि
आज त उज्यालो भएछ- सायद कोठालाइ पनि दशै आएछ।
सचिबको इयर्फोन हराएछ।
ब्रहमाको आइफोन हराएछ।
सङमको ल्याबटप पनि भेटिन आज त।
सन्दिपको त अनुहारै हराएछ।
मलाइ अब एक पल पनि बस्न मन छैन यहाँ।
आज हामि वस्ने घर
एकदम एक्लो भएको छ
साह्रै सुनसान भएको छ।

Monday, October 8, 2018

कबिता

नचिनेकी बटुवा
कुन शहर होला?
कुन गाउँ होला?
कुन बाटो हिडेर कुन नदि तरेर
तिमी कुन आगनमा टेक्छौ होला?
मैले तिमिलाइ देखे जस्तै आज
तिमिले खोइ कस्लाइ पो देख्छौ होला?
सपनिहरुमा! आखाहरुमा।
गाजलको साटोमा खोइ को पो आउँछ होला
यसै यसै काउकुती लगाउन तिमिलाइ?
कहाँ पुगेर रोकिन्छ होला, तिमी चढेको गाडी
कहाँ पुगेर रोकिन्छ होला मेरो यो कबिता
कुन बस स्टेसनमा झरेर
कुन गल्लीहरु तरेर, पुग्छौ होला तिमी आफ्नो घर।
ए! नचिनेकी बटुवा
हिड्न लागेको गाडिको झ्यालबाट
त्यसरी टाउको निकालेर
तिमी नमुस्कुराइदिनु पर्ने!!!!!!

Tuesday, October 2, 2018

कबिता

अपबाद
उहिले जवानिमा थिए।
भर्खर IAAS छिरेको।
कालो चस्मा थियो आखामा
झोला छट्के भिरेको।
त्यहि दिन त हो
उसङको पहिलो भेट
कलेजको ठूलो गेट
आँखा गाजलु
मुस्कान लजालु
घुम्रेको कर्ली थियो कपाल
पहिलो नजरमै भयो प्यार
अनि मेरो हाल बेहाल।
पर पुगेर मुसुक्क हासेर
फर्केर थिइ हेरेकि उसले
म घायल भएर
त्यहि छेउमै उभिएर हेरिरहे
उ सानी सानी हुँदै गइ
उ पर पर टाढिदै गइ।
अनि हराएर गइ - बाटोको मोडबाट।
अर्को दिन फेरि देखे उसलाई
क्लास रुममा, पहिलो बेन्च।
आँखा ठुला, काला मृग झै।
बायो केमिस्ट्रीको क्लास
खोइ! के के रियाक्सन भए म भित्र?
सधै सधै उहीँ चाउचाउ कपाल बोकेर
मन्दिर वरिपरि, कलेज भरी
बाटो भरी, क्लास भरी, आँखा भरि,
यो मन भरि
कहाँ कहाँ देखिइन र उ?
तर हरेक भेटमा
उ कलि कम राम्री, अलि कम सुन्दर हुँदै गइ।
खोइ के कारण थियो, केही भ्रम भयो कि?
एक दिन
इकोनोमिक्सको क्लासमा
म्यामले Law of Diminishing marginal utility पढाउनु भयो।

Saturday, September 29, 2018

कबिता

आलु
लेयज
आलु चिप्स
नाम सुनेरै मुख रसाउछ।
आलुको समोसा
आलु चप्स।
वहाँ! जिब्रो भरि पानी आउँछ।
देउराली
आलु पराठा र चिया
आलु चनाको तरकारि
आहा! कती मीठो
आलु बहुउपयोगी छ।
उलाइ पनि मन पर्छ।
मलाइ पनि मन पर्छ।
जता पनि फिट। जता पनि हिट।
आलु सवलाइ मन पर्छ।
आलुमा कार्बोहाइड्रेड छ।
शक्तिशाली।
आलुले बलियो बनाउछ।
आलुले हास्न सिकाउछ।
आजकल
सबैको फोनमा देख्छु।
आलुको फोन आइरहन्छ।
आलु हानिकारक पनि छ।
आलुले मुटु दुखाउछ।
आलुमा करिब ८०% पानी हुन्छ।
आलुले आखामा आँसु बढाइदिन्छ।

Friday, September 28, 2018

कबिता

रहर
सजिलो थिएन आउनलाइ
केही थोपा आँसु, केही ओठ हासो
केही पाना अक्षर साहुलाइ बुझाएर
बदलामा मात्र एउटा सपना बोकेर आएको हु।
केही भारी बा आमाका आशिर्वाद बोकेर
सानी छोरिको केहि मुस्कान बोकेर
सानिकि आमाका केही भारी आँखा बोकेर
केही, साथी भाइका न्यास्रा अनुहार देखेर
म मात्र एउटा झोला बोकेर आएको हु।
यहाँ ठुला घरहरु छ्न।
चिल्ला मोटरहरु छ्न।
खाने मिठा परिकारहरु छ्न।
ठुला अस्पताल पनि छ्न।
सङै छ्न
दुई पाउ पैतलाहरु
केही आफ्ना अधुरा सपनाहरु
कहिले नभरिने रित्ता गोजिहरु
एउटा भोको पेट पनि छ क्यारे
केही रित्ता हातहरु रहेछ्न।
मलाइ रहर त पक्कै थिएन होला
यो शहरको
बरु थियो रहर आफ्नै घरको।
एउटा हात आफुले समाएर
भर्खर हिड्न थालेकि छोरिलाइ हिड्न सिकाउ।
उ थाक्दा आफ्नै काधमा राखेर गाउँ डुलाउ।
भर्खर उम्रदै गरेका उसका साना दातले
जाउलो ख्वाउदै गर्दा उसलाइ आफ्ना बुढा औलाहरु पनि टोकाउ।
रहर त मेरो पनि थियो होला?
उसलाइ ताते ताते भन्दै बोल्न सिकाउ।
उ लुकोस कतै म उसलाइ खोज्न जाउ।
उ रोइदेओस अनि म फकाउन जाउ।
सधै बजारबाट उसलाइ नया नया कपडा र खेलौना ल्याउ।
सङै वसेर बुढि आमाको दुधको गुण तिरौ।
बुढा बा को कम्जोर ढाडमा जैले मालिस गरिदिउ।
आमाका गाली सुनिरहौ।
बा को गर्जनमा डराइ रहु।
रहर त मलाइ पनि थियो होला?
यहाँ बा ले भन्दा पनि धेरै समयले डरायो।
आमाले भन्दा पनि धेरै साहुले करायो।
कैले घरबाट खुसी हरायो
कैले सुख हरायो, अनि हरायो गैरी खेत पनि ।
मलाइ जैले सताइरह्यो सपनाले पनि
मलाइ पिरोलि रह्यो पृयका आशुले पनि।
त्यसैले त म आएको हु यहाँ
केही सपना बोकेको छु
केही रहर पनि बोकेको छु।
केही पसिना बोकेको छु।
थोरै जवानी बोकेको छु।
छोरी
आज तिम्रो पहिलो जन्मदिन
तिमिलाइ संसारकै सुन्दर उपहार किनेर राखेको छु।
           २०७५-०६-११

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...