Saturday, November 3, 2018

कबिता

रहर
सजिलो थिएन आउनलाइ
केही थोपा आँसु, केही ओठ हासो
केही पाना अक्षर साहुलाइ बुझाएर
बदलामा मात्र एउटा सपना बोकेर आएको हु।
केही भारी बा आमाका आशिर्वाद बोकेर
सानी छोरिको केहि मुस्कान बोकेर
सानिकि आमाका केही भारी आँखा बोकेर
केही, साथी भाइका न्यास्रा अनुहार देखेर
म मात्र एउटा झोला बोकेर आएको हु।
यहाँ ठुला घरहरु छ्न।
चिल्ला मोटरहरु छ्न।
खाने मिठा परिकारहरु छ्न।
ठुला अस्पताल पनि छ्न।
सङै छ्न
दुई पाउ पैतलाहरु
केही आफ्ना अधुरा सपनाहरु
कहिले नभरिने रित्ता गोजिहरु
एउटा भोको पेट पनि छ क्यारे
केही रित्ता हातहरु रहेछ्न।
मलाइ रहर त पक्कै थिएन होला
यो शहरको
बरु थियो रहर आफ्नै घरको।
एउटा हात आफुले समाएर
भर्खर हिड्न थालेकि छोरिलाइ हिड्न सिकाउ।
उ थाक्दा आफ्नै काधमा राखेर गाउँ डुलाउ।
भर्खर उम्रदै गरेका उसका साना दातले
जाउलो ख्वाउदै गर्दा उसलाइ आफ्ना बुढा औलाहरु पनि टोकाउ।
रहर त मेरो पनि थियो होला?
उसलाइ ताते ताते भन्दै बोल्न सिकाउ।
उ लुकोस कतै म उसलाइ खोज्न जाउ।
उ रोइदेओस अनि म फकाउन जाउ।
सधै बजारबाट उसलाइ नया नया कपडा र खेलौना ल्याउ।
सङै वसेर बुढि आमाको दुधको गुण तिरौ।
बुढा बा को कम्जोर ढाडमा जैले मालिस गरिदिउ।
आमाका गाली सुनिरहौ।
बा को गर्जनमा डराइ रहु।
रहर त मलाइ पनि थियो होला?
यहाँ बा ले भन्दा पनि धेरै समयले डरायो।
आमाले भन्दा पनि धेरै साहुले करायो।
कैले घरबाट खुसी हरायो
कैले सुख हरायो, अनि हरायो गैरी खेत पनि ।
मलाइ जैले सताइरह्यो सपनाले पनि
आफ्नो ठानेनन मलाइ कहिल्य आफ्नाले पनि 
त्यसैले त म आएको हु यहाँ
केही सपना बोकेको छु
केही रहर पनि बोकेको छु।
केही पसिना बोकेको छु।
थोरै जवानी बोकेको छु।
छोरी
आज तिम्रो पहिलो जन्मदिन
तिमिलाइ संसारकै सुन्दर उपहार किनेर राखेको छु।
           २०७५-०६-११

No comments:

Post a Comment

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...