Saturday, November 3, 2018

कबिता

रुखको कथा
अब त जोडिन मनै छैन मलाइ
जोडिदा के के हुन्छ मलाइ थाहा छैन र ?
पोहोर सालमात्र
मलाई पलङ बनाइदिन्छु भनेर
मेरो जिन्दगी सिध्याएथ्यो एउटा मान्छेले।
हाम्रो आकार मिलेन भनेर
मेरो हागा नै काटिदियो
कट! कट! कट! कट!
मलाई कति असह्य दुखेथ्यो।
फेरि खोइ के मिलेन भनेर हो
मलाई दुई टुक्रा पारिदियो पापिले।
ऐले,
मेरो आधा मुट पलङको एउटा भागमा छ।
अर्को आधा मुटु पलङको अर्कै तिर छ।
तिमी सङ्लो मुटु भएको मान्छे
आएर थिचिदिन्छौ मेरो आधा मुटु पनि
मलाइ कति धेरै दुख्छ तिमिलाई के थाहा।
धारिलो सम्बन्धको आरिमा रेटिनु पर्छ।
ठुला वचनको हतौडाले
आफ्नै मनमा गाड्नु पर्छ फलामे काटी
र तिमी रुन पनि पाउदैनौ।
अब त मलाइ जोडिन मनै छैन।
मलाइ थाहा छैन र
जोडिन के के सहनु पर्छ भनेर।

No comments:

Post a Comment

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...