Sunday, February 1, 2026

यो कविता होइन!


तिमिले हेर्ने फूल, तिमिले हेर्ने जुन
यो तिम्रो मात्र होइन।
तिमिले हेर्ने यो आँखा पनि तिम्रो होइन
तिमिले फेरेको यो श्वास पनि उधारोको त हो।
फेरि यो मेरो मेरो भन्दै
किन ध्वनी प्रदुषण गर्छौ??
किन इमान वेचेर
झुटको खेती गर्छौ?
उसले म तिम्रो होइन भनेको छ
तिमी उसकै लागि मर्छु भन्छौ।
हेर त
यो तिमी उभिएको धर्ती पनि भाडामा लिएको हो।
आउ यो जिन्दगी हासेर बिताउ
प्रेमको गीतमा नाचेर बसौ
भोलि त के छ र?
त्रीशुलीमा डुबिन्छ कि
कोटेश्वरमा जलिन्छ
कससेकम आज त यो जिन्दगी बाचौ
आउ हामी प्रेम गरौ
प्रेमको कविता लेखौ।
सुन न!
यो प्रेमको कविता
मैले तिम्रो लागि लेखेको हो।
अ तिम्रै लागि के
किन यता उता गर्छौ
हो तिमी यो कबिता पढ्ने मान्छे
यो कबिता मैले तिम्रै लागि लेखेको हुम
मैले तिमीलाइ प्रेम गर्छु
ओ! कविता पढ्ने मान्छे
मैले तिमीलाइ प्रेम गर्छु।

विश्वास

 विश्वास गर भन्छौ

कस्को गरौ?
प्रेम गर भन्छौ
कसलाइ गरौ?
अनेक बाहनामा घातीहरु छ्न
कति त आफ्न्त ज्याजती छ्न।
फूललाइ आफ्नो मानौ
खोइ कस्ले पो टिपेर लाने हो
यो जिन्दगी पनि त सक्किएर जाने हो।
बादलको घुम्टो ओडेर
ग्रहको गहना जोडेर
तारा झै मुस्काउने ए फूल
भन म कसलाइ बिश्वास गरौ?

बानी

 बानी परेको हो कि?

बानी पारिएको हो ।
यो प्रेम
अहिलेको झरी जस्तै गरि
बर्षिरहेको छ।
तिम्रा
स-साना अफिसका किस्साहरु
तिम्रा मुडस्वीङका हर्कतहरु
तिम्रा कहिल्यै नसकिने कुराहरु
सब-सब मन पर्न थालेका छन।
तिम्रो कपालको वासना
तिम्रो नङको पालिसको रङ्ग
तिमिलाइ मन पर्ने खाना
तिमिले बोल्न बनाउने बाहना
सब-सब मन पर्ने थालेका छ्न
बानी परेको हो कि तिम्रो
बानी पारिएको हो।
प्रेम बर्षात हो
रुझाउछ कहिले खुसीका आशुले
कहिले बिछोडका आशुले
प्रेम वर्षात हो
अस्तित्व मेटाइदिन्छ
प्रेम वर्षात हो
स्वतन्त्र बनाइ दिन्छ।
प्रेम आगो हो
न्यानो वनाइदिन्छ
कहि जिन्दगी जलाइ दिन्छ।
तिम्रो बानी परेको हो
कि बानी पारिएको हो?
यो प्रेमले हामीलाइ
निथ्रुक्क रुझाएको छ।

के मन पर्छ?

 हरितालिका तिज मन पर्छ?

कि रातो सारी?
कि सारीमा सजिएको उनी?
भन के मन पर्छ।
दशै मन पर्छ कि?
रातो टीका र जमरी
कि मन पर्छ
आफ्नहरुको जमघट
र आकाशमा उडेको चङ्गा ?
तिहार मन पर्छ कि
भाइटिकाको धर्को
वा त मन पर्छ तिमिलाइ
त्तो देउसी भैलीको रमाइलो?
मान्छेलाइ गाउँ मन पर्छ कि शहर
घर मन पर्छ कि
घर भित्रका बा आमा हजुरबा आमा अनि भाइ बैनी काका काकी?
देश मन पर्छ कि यहि देशको नागरिकता
बिदेश मन पर्ने हो कि
ठुला घर चिल्ला सडक र गाडी
मान्छे स्वार्थी हो कि निस्वार्थी
दयालु छ कि क्रुर
नागरिकता मन पर्छ होला कि राहदानी
मान्छे मन पर्छ कि आनी बानी?
जन्म मात्र हो र यो जिन्दगानी?

भेट

 भेटनलाई हतार किन गर्छौ?

चाहिने समय लेउ
एक छिन सोच
माइक्रो वसको सहचालक जस्तो
तिमी हतार किन गर्छौ?
भेटनलाइ हतार नगर
छिट्टै भेटिए,
छिट्टै छुट्टिन पर्छ।
भेटनलाइ हतार नगर।

घर

 घर भन्नू के रहेछ आमा?

ढुङ्गा माटोको जोड
कि परिवारको माया?
आफ्नो पन भन्नू के रहेछ?
पराइको अङ्गालो कि
आफ्नतको गाली?
घर छोडेर
घर बनाउन
परिवार छोडेर
परिवार बनाउन
हिडेको बर्षौ भएछ।
अब त बिर्से होला कि
मैले हिडेको गोरेटो
मेटिए होला मेरा पौतलाको
डोबहरु
अब मलाइ चिन्छ कि चिन्दैन होला
आमा मेरो गाउँको माटोले
मलाइ बिर्सियो होला है
मलाई हिड्न सिकाउने बाटोले?
कस्तो डर लाग्दो रहेछ आमा
अब म घर जादा
मलाइ हाम्रै घरको कुकुरले
नचिनेर भुक्यो भने?
मलाइ हाम्रै घरको गोरुले
सिङ देखाउदै हान्न आयो भने
हाम्रो घरको बिरालो
टाढा टाढा भाग्यो भने
पल्ला घरको फुच्चेले
मलाइ नचिन्न लाग्यो भने?
घर भनेको के रहेछ आमा?
ढुङ्गा माटोको जोड
कि बा आमाको काख?

ओ कवि

 ओ कवि

कती लेख्छौ कबिता
आशुका
कती लेख्छौ गित
दुखका।
यी गीत कविता लेख्दा लेख्दै
खुइलियो तिम्रो कपाल
सेता भए दाह्री जुङ्गा
अब त आँखा खोल
हेर आफुलाइ ऐनामा
यो समाजको दुख
कहिले सम्म बोकेर हिड्छौ
तिम्रो चाउरीएको छातीमा ?
एक्से गरेर हेर छाती
फोक्सोमा दाग छ कि त
फेरि नभन्नु यो दाग प्रेमले दिएको हो।
यो शहरको हावा के कम थियो र
फेरि सल्कायौ तिमिले अर्को चुरोट।
ओ कवि
अब त नलेख प्रेमको कबिता
तिमीले प्रेम गर्ने मान्छेको
२ बर्सको भैसक्यो बच्चा पनि
अब त खोज आफुलाइ
अब त भेटाउ आफुलाइ
सधै खोजेर हिड्छौ सपना
लगाए टीका पुतलीको
अब त भएन र लगनको टिको लगाउने समय?
ओ कवि
कलम मात्र बोकेर भएन अब
बोक जिम्मेवारी बा-आमाको पनि
अब त खोज जागिर
पकाउ भात
चलाउ पाखुरा
तिमिलाइ पर्खी बसिरहेको छ
एउटा नयाँ युगको क्रान्तिले।

हामी

 घाम उदाए जस्तै

जून सुस्ताए जस्तै
ए उदयमान मान्छे,
आज तिम्रो जन्मदिन रहेछ।
टिपेर केही फूलका थुङा
बनाइदिउ कि भनेर सोचे तिमिलाई माला।
फेरी सझिए
तिम्रो घाटिमा त मङ्गल सुत्र पो रहेछ
ओइली जाने फूलको दाजो
कसरी हुन सक्छ र सुनसङ।
फेरि सोचे टिपेर तारा
सिउरी दिउकी तिम्रो कपालमा
तिम्रो फोटो खोजेर हेरे
रङ्गिन रहेछ तिम्रो सिउदो-- रातो सिन्दुरले
छेउमा देखे सुनकै सिरफुली
मैले लगाइदिएको प्याउलीको फूल
ओइलीएर झरी सकेछ।
यस्तै एक दिन
कुनै वर्षको जन्मदिनमा
तिमी खुब रिसायथ्यौ
मलाइ भनेकी थियौ
'मेरो जन्मदिनमा पनि
मलाइ भेट्न आउन नसक्ने कति निर्दयी तिमी'?
हेर आज
म तिमिलाइ
भेट्न आउन सक्ने भएको छु।
हेर यो समय
अब हामी एक अर्कासङ भेट्न नमिल्ने भएका छौ।
इति !!

शिर्षक छैन

 म व्यस्त छु कि

अभ्यस्त छु
म बुझ्दिन।
यसै यसै हराएको छु
यो जमाना देखि डराएको छु।
म मौन छु तिमिले हेर्दा
तर मनमा
बेजोडले कराएको छु।
ए बतास है
उडाएर लौजाउ
तिमि जाने बाटोमा मलाइ
ए पानीको बगाएर लैजाउ
तिमि बग्ने घाटमा मलाइ
म व्यस्त छु कि
अभ्यस्त छु
म रोएको छु
म रुष्ट छु।

म पनि एउटा मान्छे

 चित्त शुद्द पनि छैन

मेरो बोली बुद्द पनि होइन

म बाचेको मान्छे
रिस पनि छ, प्रेम पनि छ
इर्ष्या पनि छ र सङै छ सदभावना पनि।
दुखमा डाको छोडेर रोएको पनि छु
खुसीमा मन खोलेर हाँसेको छु
म त रहरले बाँचेको मान्छे।
पैतलाले किरा मात्र होइन
सपना रहर सबै मारेको छु।
यो मन सङ जित भन्दा पनि
म अक्सर हारेको छु।
अह मलाइ बुद्द बन्नु छैन
मलाई मान्छे बन्न देउ
मलाइ रहर बुन्न देउ
मलाइ आफु बन्न देउ।
मृत्युु पछिको मोक्ष
मलाइ के काम
यो जिवन मलाइ बाच्न देउ
म दौडिन्छु
मेरो पखेटा खोलिदेउ
म रुन्छु मेरो आँसु नपखाली देउ।
मैले भने त तिमिलाइ
मेरो चित्त पनि शुद्द छैन
मेरो बोलिमा कुनै बुद्द छैन
मेरो आँखा लोभी छ्न
मेरो मन पनि पापी छ
र त मलाइ मान्छे बन्न देउ
मलाइ मृत्यु पछिको
मोक्ष प्यारो लाग्दैन।

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...