Sunday, February 1, 2026

ओ कवि

 ओ कवि

कती लेख्छौ कबिता
आशुका
कती लेख्छौ गित
दुखका।
यी गीत कविता लेख्दा लेख्दै
खुइलियो तिम्रो कपाल
सेता भए दाह्री जुङ्गा
अब त आँखा खोल
हेर आफुलाइ ऐनामा
यो समाजको दुख
कहिले सम्म बोकेर हिड्छौ
तिम्रो चाउरीएको छातीमा ?
एक्से गरेर हेर छाती
फोक्सोमा दाग छ कि त
फेरि नभन्नु यो दाग प्रेमले दिएको हो।
यो शहरको हावा के कम थियो र
फेरि सल्कायौ तिमिले अर्को चुरोट।
ओ कवि
अब त नलेख प्रेमको कबिता
तिमीले प्रेम गर्ने मान्छेको
२ बर्सको भैसक्यो बच्चा पनि
अब त खोज आफुलाइ
अब त भेटाउ आफुलाइ
सधै खोजेर हिड्छौ सपना
लगाए टीका पुतलीको
अब त भएन र लगनको टिको लगाउने समय?
ओ कवि
कलम मात्र बोकेर भएन अब
बोक जिम्मेवारी बा-आमाको पनि
अब त खोज जागिर
पकाउ भात
चलाउ पाखुरा
तिमिलाइ पर्खी बसिरहेको छ
एउटा नयाँ युगको क्रान्तिले।

No comments:

Post a Comment

शुभकामना पुनु

 प्यारी पुनु फेसबुक भरी छरिएका छन तिम्रो मेहन्दीका फोटोहरु तिम्रो खुसीका पलहरु कुनै पल आफैले चुमेका ती हातरुमा अरु कसैको नामको मेहन्दी लागेक...