Sunday, February 1, 2026

घर

 घर भन्नू के रहेछ आमा?

ढुङ्गा माटोको जोड
कि परिवारको माया?
आफ्नो पन भन्नू के रहेछ?
पराइको अङ्गालो कि
आफ्नतको गाली?
घर छोडेर
घर बनाउन
परिवार छोडेर
परिवार बनाउन
हिडेको बर्षौ भएछ।
अब त बिर्से होला कि
मैले हिडेको गोरेटो
मेटिए होला मेरा पौतलाको
डोबहरु
अब मलाइ चिन्छ कि चिन्दैन होला
आमा मेरो गाउँको माटोले
मलाइ बिर्सियो होला है
मलाई हिड्न सिकाउने बाटोले?
कस्तो डर लाग्दो रहेछ आमा
अब म घर जादा
मलाइ हाम्रै घरको कुकुरले
नचिनेर भुक्यो भने?
मलाइ हाम्रै घरको गोरुले
सिङ देखाउदै हान्न आयो भने
हाम्रो घरको बिरालो
टाढा टाढा भाग्यो भने
पल्ला घरको फुच्चेले
मलाइ नचिन्न लाग्यो भने?
घर भनेको के रहेछ आमा?
ढुङ्गा माटोको जोड
कि बा आमाको काख?

No comments:

Post a Comment

सपना

 एउटा फूल फुलेको छ अग्लो पर्खाल भित्रको फराकिलो घरको फराकिलो बगैंचामा एक झल्को  हेर्न मात्र भए पनि बनाउनु छ एउटा धरहरा  त्यो पर्खाल भन्दा अग...