अलि धेरै बोल्ने बानी छ मेरो। विशेषत नयाँ मान्छेसङ। यसको मतलब पुरानासङ कम नबोल्ने भनेको होइन। पुरानाहरु युज टु भैसकेका छन।
कैले काहीँ म नचाहने भन्दा बढता पनि बोल्छु। यसो भनिरहदा - मेरो केहि बोले पछि मात्र के बोलेछु भनेर सोच्ने बानिलाइ छुटाउन सक्दिन।
हो मेरो सोचेर नबोल्ने बानी छ। कैले काहीँ अलि बढि सार्कास्टिक हुने चक्करमा म अर्को मान्छेको मनलाइ दुखाइदिन पुग्छु।
मलाइ फेरि मेरो शान्त भावको सम्झना आउँछ।
मैले क्याजुअल गफमा प्रयोग गरेका शब्दहरु र तिनका अर्थहरु एकछिनको रमाइलो र बोल्दा बोल्दै के बोलौ के बोलौ हुने स्थितिमा सिर्जना हुने कुरा हुन।
जिन्दगीमा धेरै थोक हारेको मान्छेलाई पनि कमसेकम कुराको बादबिवादमा नहारौ भन्ने लाग्दो रैछ।
वादबिवाद जित्ने मान्छेले पनि मित्रता हारेको देखेको छु।
नदिको बेगमा बगेको पलास्टिकको थौली किनारामा अडके जस्तो।
आजकल भेटघाट हुन्छ। देखा देख हुन्छ। बोल्चाल हुदैन।
पुग्नु कहि थियो कहि पुगेछौ हामी।
गल्तिहरु हुन्छ्न जानी नजानी पनि।
सानो छदा एउटा गीत रेडियो नेपालले खुब बजायो,
'रुन्छ नि मन किन रुदैन
रुखो बोली नबोल निरमाया बचनको घाउ निको हुदैन।'
मेरो बोली रुखो होला पनि म मान्दछु तर रुखो बोली सबै मनमा लिएर चित सानो पार्ने काम नगरिदिनु होला।
म कोइली त होइन र पनि मीठो बोल्छु होला कहिले काहीँ। यदि याद नै गर्नु छ भने मेरो असल काम र असल पक्षलाई याद गरिदिनुहोस।
तपाईको मन दुखेर/ तपाईको मन दुखाइ दिएर - न तपाईंको न मेरो ब्याङ्क कसैको ब्याङ्क ब्यालेन्स बढ्दैन।
र मलाइ थाहा छ, तपाईं तिजमा बाहेक अरु बेला लोकगित सुन्नु हुदैन।
तपाईं जस्टिन बिबरको ' सरि' भन्ने गीत सुन्ने पुस्ता हो।
त्यसैले 'आइ अम सरि'।
Tuesday, August 4, 2020
Tuesday, June 30, 2020
यो के हो?
भर्खरै ब्रेकअप भएको प्रेमिका आँखा जस्तो आजकल आकाश बर्सिरहन्छ।
मानौ कुनै ठुलो पिडाले मनमा बारम्बार पिरोलिरहेछ। पीडा पखाल्ने आँखा भन्दा राम्रो माध्यम अरु केही हुन सक्दैन- यस्तो मेरो मनले भन्छ। हाम्रो घर तिन तल्लाको छ। सब भन्दा तल हाम्रो घरका विशेष पाहुनाहरु बस्छ्न।
हाम्रो भैंसी अस्ति भर्खर ब्याएको छ, उसले उ जस्तै राम्रो पाडी पाएको छ। गाउँमा प्राय राङो जन्मियो भने सानैमा बेचिदिने चलन हुन्छ किनेर लाने मान्छेले काटेर खान्छ्न अरे, त्यति सानो वच्चा कसरी काटन सक्छ्न होला लौ मलाइ त सम्झिदै जिउ सिरिङ भएर आउँछ।
नोट: यो लेख जनावरको हक अधिकारका लागि लड्नेहरुका लागि हैन।
तर हाम्रो भैंसी क्या लक्की छ उसले त पाडि जन्मायो, आफू जस्तै हल्का काली छ पाडी तर फरक पर्दैन मान्छे भए पो काली छु भन्दै पिर गर्थी होला। म मन मनै धन्यवाद दिन्छु भैसिलाइ धन्न तिमिले काली नै छोरी जन्मायौ नत्र कालो अक्षर भैंसी बराबर भन्ने उखान बर्थ जादो हो है। आमा पानिले भिजेर आउनु भाछ बाहिर बाट।
आमाको यसै बर्बराउने बानी छ। आफू काममा गाको बेला पानी पर्यो भने आकाशलाई गाली गर्दै फतफताउनु हुन्छ। आमाको यो वानी क्या खत्रा लाग्छ मलाइ दिन भरिका त्यत्रा योजना चौपट हुदा आफ्नो फ्रस्टेशन पोख्ने यो भन्दा राम्रो माध्यम केहि हुनै सक्दैन। हामी मान्छे प्रजाती चाहिँ घरको मद्यम तल्लामा वस्छौ।
हाम्रो घरको टप फ्लोरमा चै हाम्रो देउता बस्नु हुन्छ। धान, मकै, गहु र अन्य खाने कुराहरु, मलाइ हजुरबाले सानै देखि सिकाउनु हुन्थ्यो खाने कुरा भनेको भगवान हुन खाने कुरालाइ कहिल्यै खेर फाल्नु हुदैन। यसरी हाम्रो घरमा सब भन्दा माथी भगवान बस्छ्न जहाँ स्वर्ग छ, बिचमा हामी मान्छे बस्छौ त्यो पृथ्वी हो अनि हामी भन्दा तल हाम्रा जनावर बस्छन। जुन नर्क हो।( जनावरका लागि) पानी पर्ना साथ ढुङ्गाले छाएको हाम्रो घर केही ठाउँबाट चुहुन थाल्छ।
अनि म घरमा भएका बाटा, थाल र बाल्टिन बोकेर चुहुने ठाउँको मुनि राख्दै राख्दै जान्छु। कैले यता राख्यो उता चुहुन्छ उता राख्यो यता चुहुन्छ। हाम्रो घर मान्छेको मन जस्तै छ जति सम्हाले पनि कहि न कहिबाट चुहिरहन्छ। मैले तिम्रो म्यासेज ढिला हेरे भनेर रिसाइरहन्छ्यौ नि हेर फेरि पानी पर्यो अब मलाइ भाडा थाप्न जानू पर्छ।
Monday, April 27, 2020
मैनबत्ती
एउटा मैनबत्तिलाइ
-कसैले बलिरहेको देख्छ.
-कसैले जलिरहेको देख्छ
-कसैले गलिरहेको देख्छ।
त्यो मैनबत्ती र दिल उस्तै उस्तै हो,
ऊ क्रस हुदा दिल बल्छ!
गलफ्रेन्डले भैसके पछी दिल गल्छ
अनि
भुपु भैसके पछी दिल जल्छ।
-कसैले बलिरहेको देख्छ.
-कसैले जलिरहेको देख्छ
-कसैले गलिरहेको देख्छ।
त्यो मैनबत्ती र दिल उस्तै उस्तै हो,
ऊ क्रस हुदा दिल बल्छ!
गलफ्रेन्डले भैसके पछी दिल गल्छ
अनि
भुपु भैसके पछी दिल जल्छ।
Friday, April 24, 2020
स्वीकार
जति सजिलो छ
ब्लक गर्नलाइ
कास त्यति नै सजिलो हुदो हो
तिमि अर्कै कि भइ सक्याै भनेर स्विकार गर्नलाइ।
Constellations
They say,
The patterns of those Constellations
Decide our common future.
We will be 'WE' or Just 'You and Me'.
I wonder if,
Our Constellations were made for each other.
जन्मदिन
कुनै दिन हामि
एक अर्काको जन्मदिनमा
शुभकामना दिनलाइ
मध्यरात कुरेर बस्थ्याै।
आज हामिलाइ
एक अर्काको जन्मदिन समेत याद छैन।
समयले यसरि पनि त फन्को मार्दो रहेछ।
Saturday, April 11, 2020
याद
मलाइ सबै याद छ।
जस्तो कि
तिम्रो अङ्गालोको न्यानोपना
तिम्रा आँशुहरुको चिसोपना
तिम्रो हाँसोको कहानि
तिम्रा कसमहरुको ओजन।
जस्तो कि
तिम्रो कपालको सुगन्ध
तिम्रा ओठको कलर
तिम्रो स्याम्पुको ब्राण्ड
तिम्रो जिवन शैलिको ताैल पनि
कैले त लाग्छ कास
मलाइ याद नहुहो हो यी सबै कुराहरु
आजकल
जता ततै तिमि देख्न थालेको छु।
जता ततै तिमि खोज्न थालेको छु।
जस्तो कि
तिम्रो अङ्गालोको न्यानोपना
तिम्रा आँशुहरुको चिसोपना
तिम्रो हाँसोको कहानि
तिम्रा कसमहरुको ओजन।
जस्तो कि
तिम्रो कपालको सुगन्ध
तिम्रा ओठको कलर
तिम्रो स्याम्पुको ब्राण्ड
तिम्रो जिवन शैलिको ताैल पनि
कैले त लाग्छ कास
मलाइ याद नहुहो हो यी सबै कुराहरु
आजकल
जता ततै तिमि देख्न थालेको छु।
जता ततै तिमि खोज्न थालेको छु।
Monday, December 2, 2019
बहुलठ्ठि मन!!!
दुई बर्ष भयो। मोबाइलको प्याटर्न फेरेको छैन।
आज एउटा घटना भयो, म भाइहरु सङ बसेर केही बेथुक गफ गर्दै थिए।
बिचमा मोबाइल खोल्न मन लाग्यो, तर मरि गए पनि प्याटर्न याद आएन। दुई चार पटक कोसिस गरे मिलेन। फेरि तीस सेकेन्ड पछि प्याटर्न हाने अह मिल्दै मिलेन। अन्तमा मोबाइल रिसेट गर्नु पर्यो।
मैले जिन्दगीमा यती मीठो बिर्सनुको अनुभव आज सम्म गरेको थिइन। आहा हामिले चाहेका कुरा यति सजिलै बिर्सन सकिने भए कति रमाइलो हुदो हो जिन्दगी।
साच्चै ती मान्छेहरु लक्कि हुन जसले सजिलै बिर्सन सक्छ्न ती।
दुई दिन अघि फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आएको थियो। हिजो बिहान हेरु कि नहेरुको दोधारमा हेरेरै छोडे।
सारी र चुरा पोते लगाएको फोटोमा उ हद भन्दा पनि राम्री देखिकी थिइ।
प्रोफाइलमा अझै खोतलि हेरे, पाँच बटा फोटो उसको श्रीमान सङको पनि रहेछ।
ती फोटोहरुमा ऊ निक्कै खुसी देखिएकी थिइ।
बिहे हुनु केही दिन अघि मैले सोधेको थिए - खुसी त छौ नि?
उसले अनुहार बिगार्दै भनेकी थिइ - अहँ।
खैर, खुसि हुनु वा दुखी हुनु भनेको समय अनुसार परिबर्तन हुन सक्ने कुरा हो तर म भने खुसी र दुखि एकै समयमा हुनु सक्छु। यो कुरा थाहा पाए पछि
आमाले एउटा हातले चुलोमा पोते घुमाउदै भन्थिन 'त अस्ता मान्छे कहिल्य खुसी हुन सक्दैनन'
अ भन्न बिर्सेछु त्यो फ्रेन्ड रिक्वेस्ट पठाउने मान्छे मेरो जिन्दगीको पहिलो क्रस हो।
उसलाइ मेरो जिन्दगी ज्रेबाक्रस बनाउछु भनेर सोचेको थिए दुइ साल पहिले उसले रेडक्रसमा काम गर्ने सङ भागेर बिहे गरि।
त्यस पछि मेरो जीवन जेब्राक्रस बिनाको सडक झै भयो। जसलाइ जता मन लाग्यो कुल्चेर गए। गह्रौ ट्रकहरु पनि गुडे सडक भरी खाल्डा खुल्डी बने।
जिन्दगीले खुब झ्याक्न थाल्यो।
घाउ परेको मेरो जिन्दगीलाई मल्हम पट्टि बाधन जरुरी थियो।
डाक्टर खोज्दै जादा बाटोमा नर्स भेटियो।
उसलाइ भेटे पछी धेरै हिड्ने चाहाना पनि भएन र जागर पनि थिएन।
सडकका घाउहरु बिस्तारै भरिन थाले। उसले औषधिले राम्रै काम गरेको थियो।
दिन भरि क्लास हुन्थ्यो उसको। साझ रुम फर्किने बित्तिकै भिडियो कल गरेर दिन भरिका बृतान्त सुनाउथी म सङ।
कहिल्य काहीँ म अन नभए भने एउटा लामो मेसेज छोडेर जान्थी।
जेठी छोरी भएकाले साझ घरको काम गर्नु पर्ने उसलाई। यसो कामवाट फुर्सद मिल्यो भने कल गरिहाल्थी।
मलाइ उसको दैनिकी लगभग कण्ठस्त थियो।
उसको लाइक्स डिस्लाइक्स, उसको मिल्ने साथिहरु सबको बारेमा जानकारी थियो।
जस्तो कि उसको मन पर्ने रङ पहेलो, मन पर्ने खाजा म:म। मन पर्ने ठाउँ पोखरा। आइसक्रीम र पानी पुरी प्राय जसो उसको स्टकमा हुन्थे। म सङ बोल्दा खाने गर्थी।
म प्राय माइ डे मा खाने कुराको फोटो राखी रहन्थे। उ जैले भन्थि 'मलाई खोइ' मेरो रेडिमेट जवाफ हुन्थ्यो 'अब भेट' हुदा।
उसको नाइट ड्युटी पर्दा कति धेरै रात म अनिदो बसेको छु। उसको त मानौ लत लागेको थियो मलाई ।
एकछिन नबोल्दा छ्टपटि हुने स्तिथी थियो। त्यस सालको दशैमा केहि हप्ता म सम्पर्क बिहिन थिए।
एकदिन फेसबुक खोलेर हेर्दा उसको इङेजमेन्टको फोटो उसको प्रोफाइलमा देखे। मन खिन्न भयो।
केटो एम बि बि एस डक्टर रहेछ।
त्यो साल मङ्सिरमा उसको बिहे भयो। एकदिन फेसबुकमा मैले चक्लेटको फोटो राखेको थिए। उसले कमेन्ट गरेकि रहिछे 'मलाइ खोइ' ?
मैले ' उसैसङ माग जो सङ तिमि छौ' यति भनेर उसलाइ अनफ्रेन्ड गरिदिए।
मेरो बिग्रेको नसिब, इन्सटामा आज बिहानै उसको बिहेको भिडियो देखे।
ऊ मेरो जिन्दगीको दोस्रो क्रस थिइ। मैले चाहेको थिए उ मेरो जिन्दगीको रेडक्रस होस भनेर।
मेरा घाउहरुमा मलहम लगाइदिने मान्छे। म दुखी हुदा पनि मुस्कान दिने मान्छे।
मेरा खुसीहरुमा हासिदिने मान्छे। मेरो नौरास्यतामा हौसला दिने मान्छे।
हो मैले चाहेको थिए।
बिर्सन सक्नु एउटा कुरा बिर्सन खोज्नु अर्को कुरा। मान्छे यि दुइ बिच्चको प्राणि हो। नबिर्सनु हुने कुरा अक्सर बिर्सन्छ। बिर्सन खोजेको कुरा बिर्सन सक्दैन।

जस्तो कि मैले बिर्सन सकेको छैन माथि भनेका धेरै कुराहरु।
Monday, October 14, 2019
तिमि
मेरा दुखहरुको
घटाउ गरिदिने मान्छे।
मेरा खुसिहरुको
गुणान गरिदिने मान्छे।
मेरो हासोहरुमा
हासो थपिदिने मान्छे।
मेरो आशुहरुको
भाग लगाइदिने मान्छे।
मैले खाए नखाएको
टिपोट गरिदिने मान्छे।
मेरो सन्चो बिसन्चोको
रिपोर्ट हेरिदिने मान्छे।
मेरा उतार चडावहरुमा
सङै उभिदिने मान्छे।
मेरो हर्षहरुमा
हर्षित भैदिने मान्छे।
मेरो दशैको टीका जमरा तिमी।
मेरो तिहारको मखमली माला तिमी।
मेरो भबिष्यको बर्तमान तिमी।
एक तिमी र मात्र तिमी।💕
घटाउ गरिदिने मान्छे।
मेरा खुसिहरुको
गुणान गरिदिने मान्छे।
मेरो हासोहरुमा
हासो थपिदिने मान्छे।
मेरो आशुहरुको
भाग लगाइदिने मान्छे।
मैले खाए नखाएको
टिपोट गरिदिने मान्छे।
मेरो सन्चो बिसन्चोको
रिपोर्ट हेरिदिने मान्छे।
मेरा उतार चडावहरुमा
सङै उभिदिने मान्छे।
मेरो हर्षहरुमा
हर्षित भैदिने मान्छे।
मेरो दशैको टीका जमरा तिमी।
मेरो तिहारको मखमली माला तिमी।
मेरो भबिष्यको बर्तमान तिमी।
एक तिमी र मात्र तिमी।💕
Tuesday, September 24, 2019
मन
मन अल्झिन
महाजाल नै चाहिदैन सधै।
कैले काहि,
बल्छी मै पनि अल्झिन्छ यो मन।
कसैको एक मुस्कानमा
कसैको एक हेराइमा
कसैको एक बोलिमा मात्र
बर्षौ सम्हालेर राखेको यो मन
अल्झिदिन्छ बस अल्झिदिन्छ।
Subscribe to:
Posts (Atom)
सन्देश
साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...
-
If you truly Love someone Distance, Age, height, cast, Money doesn't matter. कुनै समय कुनै धनी या त कुनै काल्पनिक मान्छेले कुनै फिल्मका...
-
उन ताका ऊ मेरि सबै भन्दा ठूलि क्रस थिइ। मेरो सासमा सास मिलाइदिने। मेरो आशमा आश मिलाइदिने। बर्खा सिंह र मोस्ट्ली सेन उति खास थिएनन उ बेला जत...
-
हाम्री आमाको अनुसार फोटो खिच्दा हासेको राम्रो फोटो हैन रे, फोटो खिच्दा गमक्क भएर बस्नु पर्छ रे, त्यसैले आमाले हासेका १/२ वटा क्यान्डिड फोट...