Saturday, April 29, 2023

मौनता

मेरो मौनतालाइ
खोइ के भनेर बुझ्यौ तिमिले
म जान्दिन।

मैले म्यासेज नगर्दा
तिमिले बिर्सेछ भन्ने ठान्यौ कि?
त्यस पछि हाम्रो बोल्चाल भएको छैन।
कहिले काहीँ म व्यस्त हुँदा
तिम्रो फोन नउठाउदा
तिमिले अर्कै भेटेछ भन्ने सोच्यौ कि
त्यस पछि हाम्रो कुराकानी भएको छैन।
तिमिले मलाइ जहिल्यै बिदा गर्न आउने
माछा पोखरीको त्यो क्याफेमा
अस्ति तिमिसङ भेट भएन
मन खिन्न भयो तर एउटा मनले भन्यो
ठिकै छ
जुन हातले अर्कैको चुरी लाउने छ एकदिन
आज त्यो हातको लागी किन दुखी हुन्छ्स?
तर के मान्नु पागल मन मान्दै मानेन
थाहा थियो तिमी आउदिनौ भन्ने
र पनि यी आखाले हेरिरहे क्याफेको ढोका तिर
त्यो बाटो भएर
कती आए कति गए
हाम्रो पुराना यादहरु पनि कती आए कति गए
तर आएनौ तिमी
न आयो तिम्रो फोन
म एकोहोरो हेरिरहे
मेरै छेउको टेवलमा बसेका छन एउटा जोडि
र केटोले खिचिरहेको छ एउटा फोटो
केटिले कफि पिउदै गरेको।
मैले मन मनै कामना गरेको छु
उनीहरु भेटिरहुन
सधै भरि
यसै गरि

No comments:

Post a Comment

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...