Saturday, April 29, 2023

च्युतेन मा!

हरेक च्युतेनमा
 
फूलपाती चडाएर
हरेक मन्दिरमा
धजा चडाएर
मागेको थिए तिमिलाइ,
सायद लेख्नु पर्थ्यो कि
तिम्रो नाम
वा
कोर्नु पर्थ्यो तिम्रो चित्र
तिमि अरु कसैकि भयौ
मैले चडाएको फूलपाती
ओइलिएर कुरिरहेको छ
तिम्रो आगमन।

No comments:

Post a Comment

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...