Posts

Showing posts from April, 2023

अपुग म

  धर्मले छुट्याएको हामीलाइ भगवानले जोड्न सक्ला र? भुगोलले उछिट्याएको हामीलाइ यो देशले जोड्न सक्ला र? धन सम्पतिले तल माथि पारेको हामीलाइ यो मनले जोड्न सक्ला र? हो! सायद जोडन सक्ला बाध्यताहरुले, जन्महरुले मृत्युको पहिलो दिन वा अन्तिम दिनहरुले हामीलाइ जोड्न सक्छ फेसबुकका सम्बेदनाहरुले या या त ती यादहरुले जसले हरेक दिन बाच्ने साहारा दिएका छन। एक दिन म निदाए भने फेरि कहिल्यै बिउझने छैन त्यो दिन यी यादहरुलाइ कस्ले याद गरिदिन्छ होला? यदि याद गरेर म अहिले सम्म निदाउन सकेको छैन।

सिन्दुर नलगाउ है

Image
  सिन्दुरको धर्काले तिम्रो भाग्य छोपिदिने हो कि? सिन्दुर नलाए हुन्छ। चुराको छिन छिनले तिम्रो मनको शान्ती विथोलिदिन्छ कि? बाहुन बाजेले बाधेको हातको डोरीले तिमिलाइ जन्जिर बेरे जस्तै पो लाग्छ कि? रातो सारी लगाएर बस्दा क्रान्ती गर्न हिडेको योद्धा देख्छौ कि आफ्नो स्वतन्त्रता खोसिएको कैदी थाहा छैन। साहिली औलाको औठीले मेरो आफ्नो जिन्दगी सकियो भन्ने पो लाग्छ कि? भो नलगाउ त्यो औँठी पनि। यो जिन्दगी तिम्रो आफ्नो पनि त हो। छोडेर भान्सा कोठा हिड जाउ तिमी र म समानतको युद्ध लड्न। आज मलाइ अल्छी लागेको छ बाइक चलाउन तिमी तिम्रो स्कुटिमा मलाइ पछाडी राखेर लैजाउन है अफिस सम्म। दिन भरको कामले थाकेको होला तिम्रो शरिर आज खाना मैले पकाउछु, भन के खान मन छ? भो छोडिदेउ हाम्रा लुगाहरु आज मैले पखाली दिन्छु नि हुदैन? मलाई घर चलाउन पैसा चलाउन उति राम्रो आउदैन। कसलाइ के कति दिने, पैसाको लगानी कता गर्ने? नयाँ के के सामान किन्ने यस्ता साना तिना निर्णयहरु तिमी लेउ न है।

मृत्यु शैया

Image
      कुनै दिन यो शहरको भिडभाड छ्ल्नलाइ यी मान्छेका कोलाहल देखि कतै टाढा भाग्नलाइ। वा हुन सक्छ तिमिले बिर्सिएको चराचुरुङ्गीको गीत सुन्नलाइ यस्तो होला गुराँसको फूल चुडेर तिम्रो ओठमा लाली पोत्नलाई कुनै दिन आउ है हाम्रो घरमा। कुनै दिन आउ है हाम्रो पुरानो गाउँमा हाम्रा अधुरा सपनाको संसार हेर्नलाइ हामीले देख्न नसकेको सपना देख्नलाइ म घुमाउला तिमिलाइ ती नदिनालाहरु ती पहाड घुम्तीहरु मैले हिडेका गोरेटाहरु मैले भारि बिसाउने चौतारीहरु कुनै दिन मेलीको ठूलो चौरमा पल्टेर त्यो खुल्ला आकाश नियाल्दै बादलका टुक्रामा तिम्रो आकृती कोर्दै जवानी सङै बाच्न नपाए पनि केही पल तिमिसङै बाच्न मन छ मलाइ मेरो वालापन! All reactions: 12 Amrit Tamrakar, Dhrubaraj Joshi Upamanyu and 10 others

प्यारी आमा

Image
तिम्रा चाहनाहरु किन कसैले पनि सोधेन आमा? न तिम्रा बा ले सोधे न मेरो बा ले सोधे। तिमिलाइ के के खान मन पर्छ? तिमिलाइ कस्तो कपडा मन पर्छ? तिमिलाइ पढ्न मन लाग्छ कि लाग्दैन? किन कसैले सोधेन तिमिलाइ? पहिले आफ्ना भाइ, बैनी हुर्काएर सिध्यायौ तिम्रो बालापन अनि मेरो भाइ बैनी हुर्काएर सिध्यायौ तिम्रो जवानी तिमिलाइ कसैले किन सोधेन बच्चा बच्ची जन्माउन मन छ कि छैन केटाकेटि हुर्काउन मन छ कि छैन। कसैले किन सोधेन तिमिलाइ तिम्रो सपनाको घर तिम्रो सपनाको शहर तिमिलाइ जागिर गर्न मन छ कि छैन? तिमिलाइ घुम्न मन पर्छ कि पर्दैन? तिमी आज्ञाकारी छोरी बनेर कहिल्य आज्ञाकारी श्रीमती बनेर कहिल्य आज्ञाकारी आमा बनेर यसै कटायौ तिम्रो जिन्दगी। तर, आज सोध्दै छु आमा तिमिलाइ भन के छ्न तिम्रा सपनाहरु कहाँ कहाँ घुम्न मन छ तिमिलाइ के के लगाउन मन छ भन न! मलाइ यो संसार देखाउने मान्छे तिमिलाइ म यो संसार नै उपहार दिन चाहन्छु आमा!!

मुनू!!

Image
  नआउ है मनु हाम्रो सम्बन्ध भन्दा पनि पुरानो समय भन्दा पनि बूढो गाउँ हेर्नलाइ। तिमिलाइ ढकमक्क फूलेका गुराँस किन हेर्नु पर्यो र? तिमी आफै पनि त बैसले भरिएकी गुलाफ जस्ती छौ, हेर्दिनौ र आफैलाइ ऐनामा? हाम्रो गाउँ माथिको टाकुरोमा बसेर गहुँ पाक्दै गरेका वारि हेरेर तिमि सोच्छौ कि? धन्न बिहे गरेर आइन यो गाउँमा नत्र कसरी बोक्थे होला गोबरको डोको कसरी बोक्थे होला घाँसको भारी कसरी हिड्थ्यौ यी उकाली ओराली तिमिलाइ लाग्न सक्छ तिमी अर्कैकि हुनु तिम्रो जिन्दगीको सबै भन्दा सहि निर्यण थियो म मेरो प्रेमलाइ यसरी हारेको हेर्न सक्दिन। हो तिमिले माग्दा म दिन सकुला बादलको सिरानी ताराहरुको आकाश तर दिन सक्थिन तिमिलाइ महङ्गो उपहारहरु त्यसैले तिमिलाई लाग्न सक्छ मलाइ प्रेमको बाटोमा अल्झाएर तिमी अर्कै बाटोमा हिड्नु तिम्रो जिन्दगीको सहि निर्यण जस्तो म मेरो प्रेमलाइ यसरी हारेको हेर्न सक्दिन। थाहा छ तिम्रा बाध्यताहरु छ्न। थाहा छ तिम्रा व्यस्तताहरु छ्न। त्यो कोलाहलबाट भाग्नलाइ तिमी नआउ है हाम्रो गाउँ यदि तिमी आयौ भने तिमी हिडेका बाटोहरुले तिमिले छोएका गुराँसका रुखहरु तिमीले थकाइ मारेका पखेराहरुले तिमिले गुनगुनाएका गीतहर

अर्को जूनी

अर्को जुनी लिएर आउने भए गुराँस नमाग तिमी माग बरु यहि माया गर्ने मन यहि तिमिलाइ चाहने मन सङै टन्न सम्पतिको थुप्रो एउटा माथिल्लो जात किनकी मलाइ थाहा छ गुराँसले दिएर यो जुनीमा नपग्लेको तिम्रो मन त्यही गुराँसले मात्र अर्को जुनीमा पनि पग्लिने छैन।

तिमि!

को हौ तिमि ? कहाँ छौ तिमि ? हराएर भेटिएको जस्तो फेरि भेटिएर हराए जस्तो मेरो जिन्दगीको धरहरा तिमी भत्किएर फेरि उभिए जस्तो। पहिले तिमिलाई धेरै चिने जस्तो लाग्थ्यो आजकल लाग्छ हरेक दिन अलि कम कम चिने जस्तो त्यो मनको कुन समुन्द्रमा लुकाएकी थियौ र तिम्रा अनौठा रुपहरु? हामी कसरी टाढियौ यसरी? नजानेको प्रश्नको उत्तर जसरी। हामी खोला भएर बग्नु पर्ने हैन र? फेरि कसरी हामी खोला र किनार भएका छौ? तिमी किन यस्तो तिमी किन उस्तो मेरो जिन्दगीको अस्ताउन लागेको घाम हौ कि उदाउन लागेको चिसो जुन? तिमी फेरि उभिएको बसन्तपुरको दरबार हौ कि भत्किन लागेको मेरो जिन्दगी?

म!!!

Image
  म मेहनत गरेर धन कमाउन सक्छु तिमीसङ मिल्ने जात कमाउन सक्दिन। म अझै पनि रात भर तिम्रो एउटा म्यासेजको प्रतीक्षा गरेर बस्न सक्छु तर आश गर्न सक्दिन। म घन्टौं सुनिदिन सक्छु तिम्रा कसमहरु तर विश्वास गर्न सक्दिन। म जिन्दगी भर तिमिलाइ प्रेम गर्न सक्छु तर अब म तिम्रो हुन सक्दिन।

हे नारी!

  मैले सोधेको थिए हामी उड्न जाउ न खुल्ला आकाशमा संघर्ष गर्दै हावाको बेगसङ लड्दै यो समाजको भेदसङ मैले सुनिश्चित गरेको थिए तिम्रो स्वतन्त्रता। तर तिमिले भन्यौ मलाइ ठिक छ यहि सुनको पिजडा!

मौनता

  मेरो मौनतालाइ खोइ के भनेर बुझ्यौ तिमिले म जान्दिन। मैले म्यासेज नगर्दा तिमिले बिर्सेछ भन्ने ठान्यौ कि? त्यस पछि हाम्रो बोल्चाल भएको छैन। कहिले काहीँ म व्यस्त हुँदा तिम्रो फोन नउठाउदा तिमिले अर्कै भेटेछ भन्ने सोच्यौ कि त्यस पछि हाम्रो कुराकानी भएको छैन। तिमिले मलाइ जहिल्यै बिदा गर्न आउने माछा पोखरीको त्यो क्याफेमा अस्ति तिमिसङ भेट भएन मन खिन्न भयो तर एउटा मनले भन्यो ठिकै छ जुन हातले अर्कैको चुरी लाउने छ एकदिन आज त्यो हातको लागी किन दुखी हुन्छ्स? तर के मान्नु पागल मन मान्दै मानेन थाहा थियो तिमी आउदिनौ भन्ने र पनि यी आखाले हेरिरहे क्याफेको ढोका तिर त्यो बाटो भएर कती आए कति गए हाम्रो पुराना यादहरु पनि कती आए कति गए तर आएनौ तिमी न आयो तिम्रो फोन म एकोहोरो हेरिरहे मेरै छेउको टेवलमा बसेका छन एउटा जोडि र केटोले खिचिरहेको छ एउटा फोटो केटिले कफि पिउदै गरेको। मैले मन मनै कामना गरेको छु उनीहरु भेटिरहुन सधै भरि यसै गरि

च्युतेन मा!

Image
हरेक च्युतेनमा फूलपाती चडाएर हरेक मन्दिरमा धजा चडाएर मागेको थिए तिमिलाइ, सायद लेख्नु पर्थ्यो कि तिम्रो नाम वा कोर्नु पर्थ्यो तिम्रो चित्र तिमि अरु कसैकि भयौ मैले चडाएको फूलपाती ओइलिएर कुरिरहेको छ तिम्रो आगमन।