प्यारी आमा

तिम्रा चाहनाहरु

किन कसैले पनि सोधेन आमा?
न तिम्रा बा ले सोधे
न मेरो बा ले सोधे।
तिमिलाइ के के खान मन पर्छ?
तिमिलाइ कस्तो कपडा मन पर्छ?
तिमिलाइ पढ्न मन लाग्छ कि लाग्दैन?
किन कसैले सोधेन तिमिलाइ?
पहिले आफ्ना भाइ, बैनी हुर्काएर
सिध्यायौ तिम्रो बालापन
अनि मेरो भाइ बैनी हुर्काएर
सिध्यायौ तिम्रो जवानी
तिमिलाइ कसैले किन सोधेन
बच्चा बच्ची जन्माउन मन छ कि छैन
केटाकेटि हुर्काउन मन छ कि छैन।
कसैले किन सोधेन तिमिलाइ
तिम्रो सपनाको घर
तिम्रो सपनाको शहर
तिमिलाइ जागिर गर्न मन छ कि छैन?
तिमिलाइ घुम्न मन पर्छ कि पर्दैन?
तिमी आज्ञाकारी छोरी बनेर
कहिल्य आज्ञाकारी श्रीमती बनेर
कहिल्य आज्ञाकारी आमा बनेर
यसै कटायौ तिम्रो जिन्दगी।
तर, आज सोध्दै छु आमा तिमिलाइ
भन के छ्न तिम्रा सपनाहरु
कहाँ कहाँ घुम्न मन छ तिमिलाइ
के के लगाउन मन छ भन न!
मलाइ यो संसार देखाउने मान्छे तिमिलाइ
म यो संसार नै उपहार दिन चाहन्छु
आमा!!❤️

Comments

Popular posts from this blog

पुनु तिमिलाई शुभकामना!

कबिता- चिया प्रेम

सिन्दुर नलगाउ है