Saturday, April 29, 2023

अपुग म

धर्मले छुट्याएको हामीलाइ
भगवानले जोड्न सक्ला र?
भुगोलले उछिट्याएको हामीलाइ
यो देशले जोड्न सक्ला र?
धन सम्पतिले तल माथि पारेको हामीलाइ
यो मनले जोड्न सक्ला र?
हो! सायद जोडन सक्ला
बाध्यताहरुले,
जन्महरुले
मृत्युको पहिलो दिन वा अन्तिम दिनहरुले
हामीलाइ जोड्न सक्छ
फेसबुकका सम्बेदनाहरुले
या
या त ती यादहरुले
जसले हरेक दिन बाच्ने साहारा दिएका छन।
एक दिन म निदाए भने
फेरि कहिल्यै बिउझने छैन
त्यो दिन यी यादहरुलाइ
कस्ले याद गरिदिन्छ होला?
यदि याद गरेर
म अहिले सम्म निदाउन सकेको छैन।

No comments:

Post a Comment

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...