कुनै दिन
यो शहरको भिडभाड छ्ल्नलाइ
यी मान्छेका कोलाहल देखि
कतै टाढा भाग्नलाइ।
तिमिले बिर्सिएको चराचुरुङ्गीको गीत सुन्नलाइ
यस्तो होला
गुराँसको फूल चुडेर
तिम्रो ओठमा लाली पोत्नलाई
कुनै दिन आउ है हाम्रो घरमा।
कुनै दिन आउ है हाम्रो पुरानो गाउँमा
हाम्रा अधुरा सपनाको संसार हेर्नलाइ
हामीले देख्न नसकेको सपना देख्नलाइ
म घुमाउला तिमिलाइ
ती नदिनालाहरु
ती पहाड घुम्तीहरु
मैले हिडेका गोरेटाहरु
मैले भारि बिसाउने चौतारीहरु
कुनै दिन
मेलीको ठूलो चौरमा पल्टेर
त्यो खुल्ला आकाश नियाल्दै
बादलका टुक्रामा तिम्रो आकृती कोर्दै
जवानी सङै बाच्न नपाए पनि
केही पल
तिमिसङै बाच्न मन छ
मलाइ मेरो वालापन!
No comments:
Post a Comment