प्यारी पुनु फेसबुक भरी छरिएका छन तिम्रो मेहन्दीका फोटोहरु तिम्रो खुसीका पलहरु कुनै पल आफैले चुमेका ती हातरुमा अरु कसैको नामको मेहन्दी लागेको हेरिरहदा बहुत मन दुख्दो रहेछ। म सोचिरछु आखिर कस्तो हुनु पर्थ्यो म के के कुरा नपुगेर हो म मा यसरी टाढिएका छौ हामी। यदि यो जिन्दगी सिनेमा भैदिए फरक हुन सक्थ्यो कि परिस्थिति हामी त बास्तबिकतामा बाचेको मान्छे अब बदलिन सक्दैन हाम्रो भाग्य। चियाघरको मटकामा लेखेको तिम्रो नामको फुट्योकी माटोको भाडो उस्तै गरि फुटेको छ भाग्य मेरो। प्यारी पुनु यो अन्तिम हो आज देखि लेख्ने छैन तिम्रो लागि कविता किनकी तिम्रो भाग्य अरु कसैसङ लेखिसकेको छ। गाउने छैन तिमिलाइ मन पर्ने गीत तिमिलाइ मन पर्ने आवाज अब फेरिसकेको छ। जलाइदेउ है हामीले साटेका उपहारहरु यसै ठूलो जिम्मेवारीको भारी छ तिमिसङ कसरी सकौले यादको भारी बोकेर डोलि चडेर बिदाइ हुन तिमी मेटाइदेउ हामीले साटेका यादहरु पनि यो संसारमा सबै भन्दा गरुङ्गो याद त रहेछ। म हुने छैन अब यादमा अब म हुने छैन तिम्रो बातमा अब म हुने छैन तिम्रो मुस्कानमा अब हुन्छ कि भेट हाम्रो चिहानमा अब पुनु यति कुरा याद गर ल! भोलि तिमी अन्मिएर बिदाइ हुँदै
कुनै दिन तिमी र म एउटै टेबलको २ कुनामा वसेर चिया पिउदै आँखा जुधाउदै गर्दा। यो सोच्नु पर्थ्यो कि यी आँखाहरु पनि थाक्छन यी कपहरु पनि रितिन्छ्न। दूध, पानी र चिया पत्तिमा चिनी अडिए जसरी कहाँ जोडिन्छन चियामा मनहरु अचेलका मनहरु त क्यापोचिनो र एक्सप्रेसो हुन। मानौ तिम्रो रुप झै तिम्रो मन दूध चिया हो। मेरो मन फिक्का चिया। एका बिहानै दुध बेच्न आउने रामुदाइको साइकलमा अडिएको दुधको भाडो जस्तो कहाँ अन्डिन्छ र यो माया अचेल यो माया त मोटर बाइकको पछाडी अडिनलाइ बनेको हो। २०७५/९/२०
सिन्दुरको धर्काले तिम्रो भाग्य छोपिदिने हो कि? सिन्दुर नलाए हुन्छ। चुराको छिन छिनले तिम्रो मनको शान्ती विथोलिदिन्छ कि? बाहुन बाजेले बाधेको हातको डोरीले तिमिलाइ जन्जिर बेरे जस्तै पो लाग्छ कि? रातो सारी लगाएर बस्दा क्रान्ती गर्न हिडेको योद्धा देख्छौ कि आफ्नो स्वतन्त्रता खोसिएको कैदी थाहा छैन। साहिली औलाको औठीले मेरो आफ्नो जिन्दगी सकियो भन्ने पो लाग्छ कि? भो नलगाउ त्यो औँठी पनि। यो जिन्दगी तिम्रो आफ्नो पनि त हो। छोडेर भान्सा कोठा हिड जाउ तिमी र म समानतको युद्ध लड्न। आज मलाइ अल्छी लागेको छ बाइक चलाउन तिमी तिम्रो स्कुटिमा मलाइ पछाडी राखेर लैजाउन है अफिस सम्म। दिन भरको कामले थाकेको होला तिम्रो शरिर आज खाना मैले पकाउछु, भन के खान मन छ? भो छोडिदेउ हाम्रा लुगाहरु आज मैले पखाली दिन्छु नि हुदैन? मलाई घर चलाउन पैसा चलाउन उति राम्रो आउदैन। कसलाइ के कति दिने, पैसाको लगानी कता गर्ने? नयाँ के के सामान किन्ने यस्ता साना तिना निर्णयहरु तिमी लेउ न है।
Comments
Post a Comment